काठमाडौं/ नेपाल पत्रकार तथा लेखक समाजले गत शुक्रबार काठमाडौंमा ‘मुलुकको वर्तमान अवस्थाबारे वरिष्ठ पत्रकार तथा सम्पादकहरूसाग भेटघाट’ कार्यक्रम आयोजना गर्यो ।
कार्यक्रममा आङ्खनो धारणा राख्दै सो समाजका सल्लाहकार तथा वाम विश्लेषक डा. केवी रोकायाले शाहवंशीय राजसंस्था, नेपाली सेना र हिन्दू धर्मले नेपाललाई बचाएर राखेको धारणा राखे । गणतन्त्र प्राप्तिको पछिल्लो दशकमा उल्लिखित तीनवटै विषयबारे प्राय: नकारात्मक धारणा राख्दै आएको समययता आङ्खना पुराना अडानबाट ‘यु टर्न’ गर्न खोजेको हो कि भन्ने जिज्ञासा सहभागीहरूबाट राखियो । रोकायाले धर्मनिरपेक्षता हुन नहुने धारणा समेत राखे । ‘धर्मनिरपेक्ष रहादा मूल्य र मान्यतामा ह्रास आउाछ,’ डा.रोकायाले दाबी गरे । धर्म नै नमान्ने हो भने भविष्यमा हामीले अहिलेसम्म विकृति भन्दै र मान्दै आएका सबै कुरा जायज भनेर दाबी गरिने दाबी पनि रोकायाले गरे ।
कार्यक्रममा अतिथिको आसनबाट बोल्दै प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णबहादुर कार्कीले मुलुकका राष्ट्रिय शक्तिहरू एक भएको दिन मात्र संक्रमणकाल समाप्त हुने दाबी गरे । कार्कीले मुलुक एउटा खास लक्ष्य र दिशालाई अवलम्बन गरी अगाडि बढिसकेको अवस्थामा अब पछाडि फर्किने र मोडिने अवस्था छैन भन्दै गाडी कुनै मोडबाट अगाडि बढ्न नसकेर फर्किनुपर्ने जस्तो अवस्था आए मात्र अन्यथा सोच्नुपर्नेमा जोड दिए । नेपाली पत्रकारिताले राष्ट्रिय चिन्तन गरेर राष्ट्रलाई एकत्रित बनाउन भूमिका खेल्नुपर्नेमा यो भूमिकाको कमी रहेको उल्लेख गरे ।
कार्यक्रममा समाजका सल्लाहकार समेत रहेका अर्का लेखक तथा विश्लेषक डा.सुरेन्द्र केसीले हरेक क्षेत्रमा नेपाली नेपालीबीच विभाजन ल्याउन देशी विदेशी शक्ति सक्रिय रहेको तर्फ नेपाली पत्रकारहरू चनाखो हुनुपर्ने धारणा राखे ।
कार्यक्रममा बोल्दै वरिष्ठ पत्रकार प्रेम कैदीले अहिलेका नेताहरूमा राष्ट्रिय स्वार्थको अभाव रहेको भन्दै पार्टीका भजन गाउने र चाकडीमा लेख्नेहरूलाई मात्र नेताहरूले पत्रकार ठान्ने र मान्ने गरेकोप्रति चिन्ता व्यक्त गरे । त्यस्तै जनधारणा साप्ताहिकका सम्पादक निमकान्त पाण्डेले युद्धबाट आएका व्यक्तिहरूले राजनीतिक अडानबाट ‘यू टर्न’ गरेकाले डा.केवी रोकाया जस्ता वामपन्थी चिन्तकले समेत यू टर्न गरेर राजसंस्थाको वकालत गर्नुपरेको सन्दर्भ स्मरण गर्दै मुलुक गम्भीर दुर्घटनातर्फ उन्मुख रहेकोमा चिन्ता व्यक्त गरे । नेपाली पत्रकारहरूको कााधमा राष्ट्र जगाउने प्रमुख जिम्मेवारी आएको पाण्डेले उल्लेख गरे ।
कार्यक्रममा समाजका अध्यक्ष गोरखबहादुर बिसीले वरिष्ठ पत्रकारहरू र सम्पादकहरू एकै ठाउा बसेर मुलुकका जल्दाबल्दा समस्याबारे चिन्तनमनन गर्न कार्यक्रम आयोजना गरिएको जानकारी गराउादै समाज नेपालको विविध क्षेत्रमा भइरहेका समस्याहरूको उजागर गर्ने साझा मञ्च भएको उल्लेख गर्दै विशेष गरी राष्ट्र, राष्ट्रियता र राष्ट्रिय स्वाधीनताको बारेमा समाजले आफ्नो लेखन तथा सूचना प्रवाह गर्ने जानकारी गराए ।