सत्यराजको गजल एल्बम ‘मधुशाला’

331

काठमाडौं/ बहुप्रतिभाशाली व्यक्तित्व गायक सत्यराज आचार्यको नयाा एल्बम ‘मधुशाला’ बजारमा आइपुगेको छ । एल्बमको शनिबार काठमाडौंको पााच तारे होटल ‘सोल्टी क्राउन प्लाजा’मा लोकार्पण गरिएको थियो । गायक भक्तराज आचार्य, स्वरूपराज आचार्य, सत्यराज आचार्यको साथमा आचार्य परिवारले एकसाथ एल्बमको विमोचन गरेका थिए ।
एल्बममा आठवटा गजलहरू समावेश गरिएका छन् । यो एल्बममा सत्यराजकै शब्द, संगीत र स्वर रहेको छ । यी तीनै विधामा एउटै व्यक्तिको संलग्नता रहेको गजलको इतिहासमा पहिलो पटक भएको जनाइएको छ । एल्बममा ‘मधुशाला, काली, आज एउटा, याद तिम्रो, आऊ तिमी, नचलाउ मलाई, जिन्दगीको र हामी पनि’ गरी ८ वटा गजल समावेश छन् । विमोचन कार्यक्रममा गायक सत्यराजले उपस्थित पत्रकार, संगीतकर्मीको अगाडि एल्बममा समावेश ८ वटै गीत प्रत्यक्ष गाएर सुनाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here