भारतीय राजदूतको पिछलग्गु बने उपप्रम रायमाझी

246

उपप्रधानमन्त्रीकै अगाडि नेपालको मानमर्दन, हैसियतमा पनि मन्त्रीभन्दा राजदूत अगाडि

 
काठमाडौं/ छिमेकी मुलुकका राजदूतहरू निकै नै हाबी हुन्छन् भन्ने कुरा नेपालको लागि नौलो विषय होइन । तर यो साता सुरुमा पश्चिम नेपालको अर्घाखााची जिल्लामा देखिएका केही सिलसिलेवर घटनाले भने यस्तो भनाइलाई थप बल पुग्यो । नयाा नेपाल निर्माण गर्ने र विदेशीको हस्तक्षेपलाई निधेष गर्ने भन्दै १० वर्ष जनयुद्ध लडेका पार्टीका शीर्ष नेता तथा सरकारका उपप्रधान तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझीको गृह जिल्लामा जे भयो त्यसले आम नेपालीलाई स्तब्ध बनाएको छ । कुरा गत आइतबारको हो । भारतीय सहयोगमा बनेका भवन उद्घाटनका लागि भारतीय राजदूत रञ्जित राय अर्घाखााचीको सदरमुकाम सन्धिखर्कमा रहेको जनज्योति उच्च मावि तथा बाागी गाविसमा रहेको शान्ति उच्चमाविमा पुगेका थिए । राजदूतको भ्रमणको चाल पाएका उपप्रधानमन्त्री रायमाझी उनकै पछि लागेर गृह जिल्ला गएका थिए । त्यतिबेला त्यहाा देखिएका दृश्य तथा गतिविधिले हद पार गरेको देखिएको छ ।

 
उपप्रधानमन्त्री रायमाझीले अध्ययन गरेको जनज्योति उच्च माविमा भारतीय राजदूतको स्वागतका लागि स्वागत गीतको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा राजदूत रायको स्वागतका लागि गाइएको गीतले मुलुककै स्वाभिमानमाथि आाच पुुर्‍याउने काम गरेको छ । राजदूतको स्वागतमा गाएका गीतका लाइनहरू यस्ता छन् :
खोई ज्योति तिमी त अन्त धाउादैनौ
भारत छोडी अन्त नाता कहीा पनि जोड्न पाउादैनौ
भारतसाग नाता जोडी केही पाउादैनौ जान
भारतले जे भने नि स्वीकार गरी मान
भारतले गर्दा पायौं हाम्ले यत्रो ज्ञान
यो भन्दा ठूलो अरु केही पाउादैनौं ज्यान ।’

 
अचम्मको विषय त के छ भने कुनै बेला भारतको चर्काे आलोचना गर्ने रायमाझी आफू उपस्थित कार्यक्रममा भारतको भक्तिभाव र नेपालको मानमर्दन गर्दा समेत चुपचाप सुनेर बसिरहे । पछि उक्त विषयको चौतर्फी आलोचना भएपछि रायमाझीले बच्चाबच्चीहरूले गाएछन् भन्ने सामान्य जवाफ दिएर तर्किन खोजेको पाइयो । उनको यस्तो जवाफले उनी नेपाल सरकारका उपप्रधानमन्त्री नभएर भारतीय राजदूतका सहयोगीका रूपमा मात्र उपस्थित भएको भन्दै कतिपयले उनको चर्काे आलोचना गरिरहेका छन् । उक्त दिनको घटनापछि रायमाझीको भूमिका शंकास्पद रहेको भन्दै सामाजिक सञ्जालहरूमा समेत उनको चर्काे विरोध भइरहेको छ ।

 
उपप्रधानमन्त्री रायमाझी उपस्थित कार्यक्रममा भारतीय राजदूतको आवश्यकभन्दा बढी चाकडी भएको र मुलुकको स्वाभिमानमाथि प्रहार भएको भन्दै रायमाझी राजदूतको पिछलग्गु भएको भन्दै आलोचना भइरहेको बेला उक्त कार्यक्रममा रायमाझीको मर्यादाक्रम समेत भारतीय राजदूतको भन्दा सानो भएको पाइएको छ । उक्त विद्यालय भवनमा राखिएको शिलालेखमा राजदूत रायलाई माथि र उपप्रधानमन्त्री रायमाझीलाई तल राखेर सम्बोधन गरिएको पाइएको छ । (हे. तस्बिर) शिलालेखमा समेत राजदूतको भन्दा कमजोर हैसियतमा रायमाझीलाई राखिएको भन्दै स्थानीय विद्यार्थी संगठनहरूले विरोध गरिरहेका छन् । तर रायमाझीले भने यसमा कुनै प्रतिक्रिया जनाएका छैनन् ।

 
जिल्लामा विकासवादी छवि बनाएका रायमाझीको पछिल्लो गतिविधिप्रति जिल्लावासीहरूले समेत असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल सरकारको उपप्रधान तथा ऊर्जामन्त्री भइसकेको व्यक्ति आफ्नो हैसियत बिर्सिएर एउटा मुलुकको सहसचिव तहको कर्मचारीको पिछलग्गु बन्न, आफ्नो हैसियत सहसचिव तहको व्यक्तिभन्दा तल राख्दा र आफ्नै अगाडि मुलुकको अपमान हुने गतिविधि भइरहादा प्रतिक्रिया नजनाउनुले उनको भारतप्रतिको आशक्तिलाई पुष्टि गरेको जिल्लाबासीहरूको आरोप छ । तर टोपबहादुर रायमाझी भने आफूलाई भारतीय राजदूतसागै हिडाउन पाउादा दंग देखिएको जिल्लाका एक राजनीतिक दलका नेताले जनाए । नाम नबताउने शर्तमा ती नेताले भने, ‘मन्त्रीज्यूको भन्दा महामहिमको सान ठूलो थियो । मन्त्रीज्यू त महामहिमसागै हिाड्न पाएकोमा गमक्क परेको जस्तै देख्न सकिन्थ्यो ।’ उपप्रधानमन्त्री रायमाझीको यस्तो गतिविधिप्रति सत्तारुढदल तथा पार्टीभित्र पनि चर्काे विरोध भइरहेको छ । विशेष गरी भारतले केही समयअघि पााच महिनासम्म लगाएको नाकाबन्दीका कारण सम्पूर्ण नेपालीहरू नै रुष्ट बनिरहेका बेला सरकारकै उपप्रधानमन्त्री तथा तेस्रो ठूलो दलका उच्च नेताको भारतभक्तिलाई सबैले चासोका साथ हेरिरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here