डा.केसीलाई “नन्दप्रसाद” बनाउने खेल

164

काठमाडौं/ चिकित्सा शिक्षा सुधारका लागि भन्दै पटक–पटक अनशन बस्दै आएका त्रिवि शिक्षण अस्पतालका डा. गोविन्द केसी आउादो आइतबारदेखि आठाौ पटक अनशन बस्दै छन् । विगतमा आफ्नो आन्दोलनका कारण चौतर्फी सहयोग पाएका केसीको आन्दोलनमा यसपटक भने विगतमा जस्तो समर्थन देखिादैन । कारण हो उनले कुनै व्यवस्थाको विरोधमा आन्दोलन गरेका थिए तर यसपटक भने प्रसंग केही फरक छ । केसीले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउनुपर्ने माग राख्दै अनशन बस्ने तयारीमा जुटेका छन् । काठमाडौं विश्वविद्यालयको परीक्षामा अख्तियारले हस्तक्षेप गरेको भन्दै उनले अख्तियार प्रमुखलाई कारबाहीको माग गरेका छन् । बाहिर हेर्दा डा. केसीले परीक्षाको विषयलाई लिएर अख्तियार प्रमुखसाग असन्तुष्टि व्यक्त गरेजस्तो देखिए पनि भित्र भने केसीले स्वत: आन्दोलन गर्न लागेको नभई उनलाई आन्दोलनका लागि उक्साइएको जनाइन्छ । स्रोतका अनुसार अख्तियार प्रमुखविरुद्ध रिसइवी साध्न कतिपय मानवअधिकारकर्मी तथा नागरिक समाजका अगुवाहरूले उनलाई उक्साइरहेका छन् । अख्तियारले अकूत सम्पत्ति आर्जन गरेको आरोपमा केही समय पहिले एक जना नागरिक समाजका अगुवालाई गिरफ्तार गरेको थियो । अदालतको आदेशपश्चात् छुटेका उनीलगायतका कतिपय डलरको खेती गर्नेहरूले केसीलाई कार्कीविरुद्ध आन्दोलन सुरु गर्न उक्साइरहेको बुझिएको छ ।

 
विगतमा गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्यारालाई कारबाहीको माग गर्दै उनका बाबु नन्दप्रसाद अधिकारी तथा आमा गंगामाया अधिकारीलाई अनशनमा बस्न उक्साउने समूह नै यसपटक डा. अधिकारीलाई अनशन सुरु गर्न उक्साइरहेको स्रोतको दाबी छ । स्रोतका अनुसार डा. केसीलाई अनशनका लागि सहमत गराएको उक्त समूहले पछिल्लो समय केसीको अनशनका पक्षमा व्यापक मिडियाबाजीमा उत्रिएको छ । केसीलाई मनोवैज्ञानिक रूपमा अनशनका लागि दबाब दिन उक्त समूह मिडिया प्रचारमा उत्रिएको जनाइएको छ ।

 
डा. केसीले अख्तियार प्रमुखका विरुद्ध अनशन बस्न लागे पनि तत्कालै कार्कीमाथि कारबाही अघि बढ्ने कुनै संकेत देखिादैन । तर केसीको प्रतिबद्धताअनुसार कार्कीलाई कारबाही नगरेसम्म केसीले नैतिकताका आधारमा अनशन गर्न मिल्दैन । यस्तो कुरालाई राम्रोसाग बुझेका केही डलरको खेती गर्ने नागरिक अगुवाहरूले केसीलाई पनि नन्दप्रसादकै अवस्थामा पुर्‍याउने तानाबाना बुनेको स्रोतको भनाइ छ । यसले एकातर्फ सरकारलाई दबाबमा राख्न सकिने र अर्काेतर्फ मानवअधिकारको कुरा उठाउादै डलरको खेती गर्न सहज हुने भएकाले डा. केसीलाई बलिको बोको बनाउन कतिपय नागरिक अगुवाहरू लागिपरेको स्रोतको दाबी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here