प्रम ओलीविरुद्ध हाम्रो मत निश्चित छ

242

 उपेन्द्र यादव अध्यक्ष– संघीय समाजवादी फोरम नेपाल
प्रचण्डको नेतृत्वमा बन्ने सरकारलाई तपाईंहरुको सहयोग रहन्छ कि रहादैन ?
ओली नेतृत्वको सरकारको नैतिक पतन हुनु स्वाभाविकै थियो । त्यो त हामीले पहिलादेखि नै भन्दै आएका थियौं । देशलाई डुबाउने अनि कुनै काम गर्न नसक्ने अक्षम र असफल भएको सरकारको पतन हुन जरुरी थियो र यो भयो पनि ।

 
तर अबको विकल्प के हो ?
यो सरकारको अन्त्यसागै नयाा सरकार बनोस् भन्ने हाम्रो चाहना हो । नयाा सरकार गठन गर्न हामी पनि निश्चित रुपमा समर्थन गर्छौं । तर हाम्रो संघीय गठबन्धनले उठाएका २६ बुादे मागहरु जो छन्, त्यसबारेमा अब बन्ने सरकारले कस्तो धारणा ल्याउाछ त्यहीअनुसार हामी निर्णय गर्छौं ।

 
कााग्रेस र माओवादीबीच त ७ बुादे सहमति भइसकेको छ नि त, यसलाई यहााहरुले कसरी लिनुभएको छ ?
उहााहरुको बीचमा जति बुादे सहमति भए पनि त्यो सरकार बन्ने प्रक्रिया हो । यसरी सम्झौता गरेर अघि बढेको बारेमा हामीलाई भन्नु केही छैन । जतिसक्दो चााडो सरकार बनोस् । तर सरकारको नेतृत्व गर्ने व्यक्तिले संविधानको संशोधन गरेर विभेदकारी प्रावधानलाई हटाएर जनताका मागहरुलाई सम्बोधन गर्ने र विगतमा भएका गरिएका सबैखाले सम्झौतालाई कार्यान्वयन गर्ने नीतिप्रति उनले लिने नीति कस्तो हुन्छ ? सोहीअनुरुप हाम्रा निर्णयहरु, गतिविधि अनि दृष्टिकोणहरु सार्वजनिक हुन्छन् ।

 
उसो भए अब बन्ने सरकारमा तपाईंहरु पनि सहभागी हुनुहुन्छ होइन र ?
जबसम्म हाम्रा मागहरु सम्बोधन हुादैनन्, तबसम्म हाम्रो सहभागिताको प्रश्नै उठ्दैन ।

 
संघीय गठबन्धन त सरकारमा जाला नि त ?
जाादैन । हाम्रो मोर्चा वा गठबन्धनले उठाएका मुद्दाहरु जबसम्म कार्यान्वयन हुने दिशातर्फ जाादैन, तबसम्म हामी सरकारमा जानेबारेमा सोच्न पनि सक्दैनौं ।

 
उसो भए देउवा र प्रचण्डले तपाईंहरुले उठाएका मुद्दामा सम्बोधन गर्ने प्रतिबद्धता जाहेर गरे तपाईं सरकारमा जानुहुन्छ होइन त ?
होइन, प्रतिबद्धता मात्रै भएर हुादैन । उहााहरुले त्यस्तो खालको प्रक्रियाहरु अगाडि बढाउनुभयो अनि हामीलाई जब हाम्रा मागहरु अबचाहिा सम्बोधन हुन्छ है भन्ने विश्वास हुन्छ अनि त्यसपछि मात्रै यसबारेमा विचार गर्ने कुरा हुन् ।
प्रधानमन्त्रीले राजीनामा दिन्न, म अविश्वासको प्रस्ताव फेस गर्छु भन्नुभएको छ अब तपाईंहरु उहााको पक्षमा उभिनुहुन्छ कि विपक्षमा ?
निश्चित रुपमा हामी यो सरकारको पतनको पक्षमा हुन्छौं । अविश्वासको प्रस्ताव पारित गर्न हामी मद्दत गर्छौं । हामीले ओलीको विपक्षमा मतदान गर्दै आएका छौं, यो कुनै नयाा कुरा होइन । यसपटक पनि हामी ओलीको विपक्षमा नै मतदान गर्छौं ।

 
तर तपाईंहरुलाई सरकारमा जानको लागि दबाब पनि छ अरे नि ?
अब हेर्नुहोस्, हामीले सरकार र मुद्दा छान्नुपर्‍यो भने हामी निश्चित रुपमा मुद्दालाई छान्छौं अनि हाम्रा मागहरुलाई रोज्छौं । तर यो बीचमा सरकारले कसरी आफ्ना कदमहरु चाल्छ त्योचाहिा हेर्न बााकी छ । हाम्रो चाहना भनेको नै ओली नेतृत्वको सरकारको पतन थियो, त्यो भयो ।

 
उसो भए प्रचण्ड प्रधानमन्त्री बनून् भन्ने तपाईंको पनि चाहना हो ?
होइन, चाहनाभन्दा पनि यो अनैतिक सरकारको पतन हुनु जरुरी थियो । अब कााग्रेस र माओवादी केन्द्रले मिलेर बनाउने सरकारले हाम्रा मागहरुबारे कस्तो धारणा लिन्छ अनि हामी कुन हदसम्म सरकारमा जान तयार हुने हो त्यो सरकारकै नीतिअनुसार हुने हो ।

 

– प्रस्तुति ऋषि धमला

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here