महिला सशक्तीकरणका लागि शिक्षा पहिलो प्राथमिकता

330

राज्यलक्ष्मी शाक्य
देशका प्रमुख राजनीतिक दलहरू सरकार परिवर्तनको खेलमा लागिरहेका बेला एकातिर स्वास्थ्य क्षेत्रको अनियमितताका विरुद्ध डा.गोविन्द केसीले अनशनलाई निरन्तरता दिइरहेका छन् भने लैङ्गिक समानता र महिला सशक्तीकरणको आवाज पनि त्यत्तिकै सशक्त ढंगले उठिरहेको छ । महिलाका आवाज र स्वास्थ्य क्षेत्रका बारेमा सुन्ने फुर्सद राजनीतिक दलका नेताहरूलाई भने नभएजस्तै देखिएको छ ।
लैङ्गिक समानता र महिला सशक्तीकरणका विषयमा आवाज उठ्न थालेको धेरै लामो समय बितिसकेको छ । समय बित्नेक्रममा महिलाहरूको विषय नेपालको परिप्रेक्ष्यमा उल्लेखनीय भएजस्तो लाग्छ । देशको राष्ट्रपति, सभामुख र प्रधानन्यायाधीशसमेत महिला नै भएको हाम्रो देशमा लैङ्गिक समानताको निम्ति कुनै कमी कमजोरी छ भन्ने लाग्दैन । योभन्दा महिला सशक्तीकरणको नमूना संसारको अन्य कुन देशमा पो होला र ? गत मंगलबार काठमाडौंको दरबारमार्गस्थित अन्नपूर्ण होटेलमा राष्ट्रिय सूचना आयोगले आयोजना गरेको ‘लैङ्गिक समानता तथा सशक्तीकरणका लागि सूचनाको हकको सुनिश्चितता’ विषयक विचार गोष्ठीमा यो पंक्तिकारलाई पनि सहभागी हुने मौका मिल्यो । लैङ्गिक समानताको सवालमा गम्भीर बहस उठेको सो विचार गोष्ठीमा व्यवस्थापिका–संसदका सभामुख ओनसरी घर्तीमगरको प्रमुख आतिथ्यता रहेको थियो । यो नै महिला सशक्तीकरणको नमूना हो भन्ने मलाई लाग्दछ । सभामुख ओनसरी घर्तीका अगाडि उपस्थित रहेका पुरुषहरूको संख्या पनि उल्लेख्य थियो । नेपाली सेनाका प्रवक्तादेखि नेपाल प्रहरी र सशस्त्र प्रहरीका उच्च पदस्थ अधिकृतहरूसहित मानवअधिकार र कानुन व्यवसायको क्षेत्रमा ख्याति आर्जन गरेका चर्चित महिला र पुरुषको पनि त्यहाा सहभागिता थियो । विचारगोष्ठीका अधिकांश वक्ताहरूले संयुक्त राष्ट्रसंघमा नेपालका तर्फबाट प्रतिनिधित्व गर्न पुगेकी बन्दना राणाको नाम उच्चारण गरेको सुन्न पाइयो । कुनै नेपाली महिलालाई यो अवसर प्राप्त हुनु भनेको आम नेपाली महिलाहरूकै लागि खुशीको कुरा हो । यो पनि महिला सशक्तीकरणको नमूना हो भन्ने मलाई लाग्छ ।
लैङ्गिक समानता र महिला सशक्तीकरणका लागि सूचनाको हक सुनिश्चित हुनुपर्छ भन्ने सवालमा वक्ताहरूमा एकरूपता रहेको पाइयो । तर यो पंक्तिकारलाई सूचनाको हकको सुनिश्चितताले मात्र लैङ्गिक समानता कायम हुनसक्छ र महिला सशक्तीकरण बन्छ भन्ने कुरामा विश्वास छैन । लैङ्गिक समानताका निम्ति सूचनाको हकभन्दा शिक्षाको अवसर महत्वपूर्ण हो भन्ने मलाई लाग्दछ । अशिक्षित पुरुष होस् अथवा महिला, सूचनाको हकको सुनिश्चितताले मात्र केही उपलब्धि हुन्छ जस्तो मलाई लाग्दैन । शिक्षित पुरुष होस् अथवा महिला नै किन नहोस् सूचनाको हकबाट उसलाई बञ्चित गर्न असम्भव हुन्छ । अशिक्षित छन् भने महिला वा पुरुष कसैलाई पनि सूचनाको चासो कमै हुन्छ । सूचनाको हकको चासोभन्दा सााझ बिहानको छाक कसरी टार्ने अथवा बच्चाबच्चीको शिक्षादीक्षा कसरी व्यवस्थापन गर्ने जस्ता गम्भीर विषयहरू प्रत्येक गृहिणी महिलाका लागि अत्यावश्यक दैनिकी बन्न पुग्दछन् । राष्ट्रिय सूचना आयोगले लैङ्गिक समानता र महिला सशक्तीकरणमा प्रत्येक महिलाको पढ्न पाउने अधिकारलाई कसरी सुनिश्चित गर्ने र गराउने भन्नेतर्फ चासो दिनुपर्छ कि ? यो मेरो सुझाव मात्र हो ।
सूचना आयुक्तको रूपमा महिला प्रतिनिधित्व गरिरहेकी यशोदादेवी तिम्सिनाले आफू स्वयं सूचनाको हकबाट बञ्चित भएको रहस्य खोल्दा सबैलाई आश्चर्य लागेको थियो । सूचना आयुक्त बन्नका निम्ति निश्चय पनि शैक्षिक योग्यता उहाासाग छैन भन्न सकिन्न । शैक्षिक योग्यता पूरा भइसकेकी महिलाका लागि पनि सूचनाको हक पर्याप्त छैन भन्ने विषय निश्चय पनि गम्भीर विषय हो । त्यसैले पनि हामी अनुमान गर्न सक्छौं अशिक्षितहरूको हालत सूचना हक प्राप्तिमा कति दयनीय होला ?
गोष्ठीको एउटा सकारात्मक पक्ष भनेको ‘महिलाका सुविधासम्बन्धी सूचना’ विषयक पुस्तिका सार्वजनिक गरिएको छ । सभामुख ओनसरी घर्तीमगरबाट विमोचन गरिएको उक्त पुस्तिका सानो आकारको भए पनि महिलाका हकमा राज्यले व्यवस्था गरेको सुविधाबारे जानकारी गराइएको छ । यो पुस्तिकामा उल्लेखित महिलाका अधिकारलाई ग्रामीण वस्तीहरूमा पुर्‍याउन आवश्यक देखिन्छ । महिलाले पाएका सुविधाको प्रयोग प्रभावकारी रूपमा गर्न गराउनका लागि पनि महिलालाई शिक्षाको आवश्यकता पर्दछ । अशिक्षित महिलाले राज्यको तर्फबाट पाउने सुविधा उपभोग असम्भव नै हुन्छ । राष्ट्रिय सूचना आयोगले पााचतारे होटेलमा विचारगोष्ठी गरेर मात्र लैङ्गिक समानता र महिला सशक्तीकरणको सवालमा उल्लेख्य काम गरियो भनेर आत्मसन्तुष्टि लिनु हुादैन भन्ने सुझाव राख्दा बढी होला जस्तो लाग्दैन ।
जेहोस् राष्ट्रिय सूचना आयोगले प्रारम्भ गरेको लैङ्गिक समानता र महिला सशक्तीकरणका लागि सूचनाको हकको सुनिश्चितताप्रतिको चासोलाई प्रशंसनीय नै मान्नु पर्दछ । तथापि राज्यले महिलालाई शिक्षा अनिवार्य र नि:शुल्क व्यवस्था गर्नु सूचनाको हकको सुनिश्चिताको लागि सबैभन्दा आवश्यक र प्रारम्भिक कदम ठहर्ने छभन्ने यो पंक्तिकारलाई लाग्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here