विमानस्थलको सुरक्षामा सेनाको चासो

143

काठमाडौं/ नेपाली सेनाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षामा चासो देखाएको छ । हाल विमानस्थलको बाहिरी सुरक्षाको जिम्मेवारी सम्हाल्दै आएको सेनाले आतंकवादको जोखिमलाई मध्यनजर राख्दै आन्तरिक सुरक्षामा पनि चासो देखाएको हो । सेनाले विश्वका शक्तिशाली मुलुकहरूमा समेत आतंकवादी हमला बढिरहेको र विभिन्न मुलुकका विमानस्थलहरूसमेत निशानामा परेको भन्दै विमानस्थलको सुरक्षाका लागि चासो देखाएको जनाइएको छ । सेनाले विमानस्थलमा हुनसक्ने आक्रमण तथा विमान अपहरणमा परेमा अपनाउनु पर्ने सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै ‘एन्टीटेरोरिस्ट युनिट’लाई सक्रिय बनाएको छ । त्यसका लागि विमानस्थलमा अभ्याससमेत भइरहेको छ ।
सेनाले विमानस्थलसागै भारतसाग जोडिएका खुल्ला नाकामा समेत आफ्नो निगरानी बढाएको छ । नेपाल प्रहरीको विशेष व्यूरोको सहयोगमा सेनाले निगरानी बढाएको हो । मित्रराष्ट्र तथा छिमेकी मुलुकहरूले समेत नेपालको समग्र सुरक्षा व्यवस्था तथा विमानस्थलको सुरक्षाका बारेमा चासो र चिन्ता व्यक्त गरेपछि सरकारले विमानस्थलको सुरक्षाका लागि व्यवस्थित बनाउने जनाउादै आएको छ । सेनाले विमानस्थल र सीमा नाकामा निगरानी बढाउनुलाई पनि यसैसाग जोडेर हेरिएको छ ।
पछिल्लो समय आतंकवादी संगठन आइएसको व्यापक विस्तार र उनीहरूले प्रकाशित गरेको पुस्तकमा समेत नेपालको छिमेकी मुलुक भारतलाई निशाना बनाउने उल्लेख गरिएको छ । त्यस्तै हालैमात्र बंगलादेशमा आतंकवादी हमला हुनु र आइएसलगायतका आतंकवादी संगठनले दक्षिण एसियालाई समेत उच्च निशानामा बनाइरहेको भन्ने विभिन्न मुलुकका खुफिया संयन्त्रहरूको अध्ययनले देखाइरहेको छ । यस्तो अवस्थामा नेपालको कमजोर सुरक्षा व्यवस्था तथा खुला सिमानालाई आतंकवादीले उपयोग गर्न सक्ने अनुमान हुादै आएका छन् । यस्ता अनुमान भइरहेका बेला नेपाली सेनाले सुरक्षा व्यवस्थालाई विश्वसनीय बनाउनका लागि संवेदनशील क्षेत्रमा निगरानी बढाएको तर्क सेनाले दिंदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here