परनिर्भरता नै सामन्ती राष्ट्रवाद हो

437

–निमकान्त पाण्डे–

 
प्रगतिशील राष्ट्रवाद र सामन्ती राष्ट्रवादबारे निकै चर्को बहस सुरु भएको छ । खासगरी प्रधानमन्त्रीको पदबट केपी ओलीले राजीनामा घोषणा गर्ने क्रममा सामन्ती राष्ट्रवादको परिभाषा खोजी गरेपछि यो विषयले बहसको स्थान लिएको छ । नेपालमा नयाा संविधान जारी भएदेखि नै छिमेकी राष्ट्र भारतले नेपालको संविधानप्रति असन्तुष्टि प्रकट गर्दै आएको छ । भारतले नेपालको संविधानप्रति अनावश्यक चासो देखाउादैे अन्तर्राष्ट्रिय रूपमा नै नेपाल विरुद्ध मोर्चाबन्दी सुरु गरेको छ । भारतीय प्रधानमन्त्री मोदीले आफ्नो बेलायत भ्रमणमा समेत बेलायती प्रधानमन्त्रीसाग मिलेर जारी गरेको संयुक्त विज्ञप्तिमा नेपालको संविधान अपूर्ण छ भन्ने विषय उठाएका थिए । मोदीले जापानी प्रधानमन्त्रीको भारत भ्रमणमा पनि नेपालको संविधानमा टीकाटिप्पणी गर्न प्रस्ताव राखेका थिए । तर जापानी प्रधानमन्त्रीले यो कुरा नेपालको आन्तरिक विषय भएकाले टिप्पणी गर्न अस्वीकार गरेपछि मोदीको जापानलाई प्रयोग गर्ने योजना असफल भएको थियो । नेपाल र भारतबीचको सम्बन्ध सदियौादेखि पेचिलो बन्दै आएको छ । यी दुई देशबीचको सम्बन्धका आधारमा नेपाली राष्ट्रवादको परिभाषा नै ध्रुवीकरण हुन पुगेको छ । पछिल्लोपटक इयू–इण्डिया सम्मिलित बेल्जियमको ब्रसेल्समा आयोजित सम्मेलनद्वारा जारी गरिएको संयुक्त विज्ञप्तिमा पनि नेपालको संविधान असमावेशी भएको बुादा समावेश गराउन भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सफल भएका छन् । मोदीको यो सफलतासागै नेपालमा सत्ता परिवर्तनको खेल भएको छ । सत्ता परिवर्तनकै खेलबीच सुरु भएको सामन्ती राष्ट्रवाद र प्रगतिशील राष्ट्रवादको बहस पनि सतहमा आएको हो ।

 
हामी नेपालीहरूका निम्ति राष्ट्रवाद ज्यादै महत्वपूर्ण विषय बन्न पुगेको छ । खासगरी दक्षिणतिरको खुला सिमानाका कारणबाट नेपालको राष्ट्रवाद संकटमा पर्दै आएको छ । पछिल्लोपटक सुरु भएको राष्ट्रवादबारेको बहसमा प्रवेश गर्नुभन्दा पहिले हामी नेपाली सार्वभौमसम्पन्न मुलुकका नागरिक हौं वा होइनौं भन्ने विषयबारे स्पष्ट हुन जरुरी देखिन्छ । हुन त नेपाल सधैं स्वतन्त्र मुलुक रहादै आएको छ भने भारत बृटिशको उपनिवेश भएको देश हो । त्यसकारण पनि भारतले बृटिशको दासकालीन मानसिकता त्याग्न सकेको छैन । त्यसैले नै भारतले नेपालको स्वतन्त्रतामाथि पटक–पटक धावा बोल्ने गरेको छ । भारतले जहिले पनि छिमेकी राष्ट्रमा अस्थिरता र गृहयुद्ध निम्त्याएर आफू सुरक्षित हुन चाहेको देखिन्छ । अर्काको देशलाई टुक्रयाउनेसम्मको योजनामा भारत निर्लज्ज ढंगले लाग्ने गरेको छ । यो कुरा नेपालको संविधानसभाबाट ९० प्रतिशत बहुमतले निर्माण गरेको संविधानप्रति असहमति जनाएर तराई बिखण्डनको आधार बनाउने प्रयासमा भारतीय सत्तापक्षको चाहना प्रकट भएपछि स्पष्ट भएको छ । भारत नेपाललाई एकीकृत भएको देख्न चाहादैन भन्ने व्यवहार उसले देखाइरहेको छ । भारतीय शासकहरूले आफ्नै देशमा अधिकारको सट्टा निरंंकुशता लाद्ने गरिरहेका छन् । आङ्खनै देशका नागरिकलाई स्वतन्त्रता दिन नचाहने भारतीय शासकहरूले नेपालको मधेस क्षेत्रलाई छुट्टै देश बनाउन चलखेल गरिरहेका छन् । यो स्थितिले नेपाललाई भारतले सार्वभौम बन्न दिइरहेको छैन भन्ने स्पष्ट गर्दछ ।

 
नेपालमा राष्ट्रवादको ध्रुवीकरण गराएर आफू अनुकूलको निर्णय गराउने भारतीय खेलमा नेपालका राजनीतिक दलका नेताहरू नराम्रोसाग दुरूपयोग भइरहेका छन् । आगामी दिनहरूमा यो तस्बिर अत्यन्त नाङ्गो रूपमा सार्वजनिक हुनेछ । प्रगतिशील राष्ट्रवादको आवरणमा राजनीतिक दलका नेताहरूले नेपाललाई भुटानीकरण गर्ने भारतीय योजनालाई सहयोग पुर्‍याइरहेका छन् । विगतकालमा राजाहरूले आङ्खनो राजगद्दी टिकाउनका लागि भारतसाग भारतीय चाहनाबमोजिमका सन्धिसम्झौताहरू गर्दै आएका थिए । सन् १९५० को सन्धि, कोशी र गण्डक सम्झौता, सन् १९६५ मा तत्कालीन राजा महेन्द्रले भारतसाग गरेको गोप्य सम्झौता, पटक–पटक हुने गरेका व्यापार तथा पारवाहन सम्झौता, टनकपुर सम्झौता र महाकाली सन्धि हुादै अरुण तेस्रो र माथिल्लो कर्णाली सम्झौतालगायत नेपाल र भारतबीच भएका सबै सामन्ती राष्ट्रवादका निकृष्ट उदाहरणहरू हुन् । तत्कालीन नेपालका शासकहरू चाहे राजाको रूपमा रहेका हुन् वा प्रधानमन्त्रीका रूपमा रहेका हुन्, उनीहरूले आङ्खनो शासन लम्ब्याउनका लागि भारतीय शासकहरूको समर्थन प्राप्त गर्न भारतीय स्वार्थमा त्यस्ता सन्धिसम्झौताहरू गर्दै आएका छन् ।

 
प्रगतिशील राष्ट्रवादले सत्ता बचाउनका लागि छिमेकी देशसाग सम्झौता गर्नु हुादैन । सामन्ती राष्ट्रवादले सत्ता टिकाउनका लागि जस्तोसुकै राष्ट्रघाती सन्धिसम्झौताहरू गर्दै आएको छ । त्यस्ता राष्ट्रघाती सन्धिसम्झौताहरूलाई उल्टाउादै र खारेज गर्दै राष्ट्रहितलाई ध्यानमा राखेर छिमेकी देशहरूसाग सन्धिसम्झौता गर्न सकिन्छ भने निश्चय पनि त्यस्तो कार्यलाई प्रगतिशील राष्ट्रवाद मान्न सकिन्छ । परन्तु हाम्रा देशका राजनीतिक दलका नेताहरूले सामन्ती राष्ट्रवादलाई पनि उछिनेर छिमेकीको दलाली गर्दै सत्ता टिकाउनका लागि प्रगतिशील राष्ट्रवादको आवरणमा दलाल राष्ट्रवादको भद्दा स्वरूप प्रदर्शन गर्ने तयारी गरिरहेका छन् ।

 
नेपालमा खुल्लमखुल्ला भारतीय राजदूत नेपालको सार्वभौमिकतामा बहस गर्नुपर्छ भन्दै हिाडिरहेका छन्, नेपालका विकट जिल्लाहरूमा विकास निर्माणका काम गरेको बहाना गर्दै भारतीय झण्डा फहराउादै भारतको जयजयकार गराउने काम भइरहेको छ, मधेसी दलहरूलाई परामर्श दिादै नेपाल टुक्राउने आन्दोलनको तानाबाना बुनिरहेका छन् । भारतीय राजदूतका यस्ता क्रियाकलापलाई निषेध गर्नसमेत नेपाल सरकार असक्षम भइरहेको छ । चारैतिरबाट भारतले नेपालको सार्वभौमिकतामा प्रहार गरिरहेको छ भने नेपालमै रहेका कतिपय भारतभक्तहरू नेपालविरुद्ध नै आफ्ना अभिव्यक्ति सार्वजनिक गरिरहेका छन् । यस्ता गतिविधिले नेपालको सार्वभौमिकता, स्वाभिमान र स्वाधीनताप्रति नाङ्गो प्रहार भइरहेको स्पष्ट हुन्छ । यी गतिविधिलाई टुलुटुलु हेर्दै सत्ताको निम्ति आन्तरिक द्वन्द गरिरहने र थप विदेशीको दलालीका निम्ति लम्पसार परिरहने सबैभन्दा घृणित सामन्ती राष्ट्रवाद हो । यसलाई स्पष्ट शब्दमा भन्नुपर्दा परनिर्भरता सामन्ती राष्ट्रवाद हो भने आत्मनिर्भरताको प्रयास मात्रै पनि प्रगतिशील राष्ट्रवाद हो । सबैलाई चेतना भया !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here