कमेडी कथामा आधारित ‘हिटलर’ निर्माण हुाद

237

अष्टनारायण पिक्चर्सले रोमान्टिक कमेडी कथामा आधारित चलचित्र ‘हिटलर’ निर्माण गर्ने भएको छ । चलचित्रको निर्माणमा अल्टरनेट मोसन पिक्चर्स र लोचन घिमिरे फिल्म्सले पनि सहकार्य गर्ने जनाइएको छ ।
सौरभ ढकालको निर्देशनमा बन्न लागेको चलचित्रमा नायकको भूमिकामा सोहित मानन्धरले अभिनय गर्ने जनाइएको छ । ढकालले यसअघि चलचित्र ‘सुपरहिट’ निर्देशन गरेका थिए । चलचित्रमा नायिकाको बारेमा भने अझै निश्चित नभएको निर्माण पक्षले जनाएको छ । केही दिनभित्रमै नायिकाको पनि तय हुने र त्यसलगत्तै पत्रकार सम्मेलनको आयोजना गरिने जनाइएको छ ।
चलचित्रको छायांकन ए.आर पौड्यालले गर्नेछन् । हाल बलिउड चलचित्र छायांकनमा व्यस्त रहेका ए.आरले हालसम्म थुप्रै अन्तरराष्ट्रिय प्रोजेक्टका बलिउड चलचित्रमा काम गरिसकेका छन् । चलचित्रको संगीतकार लोचन घिमिरे हुन भने कथा लेखन किच्चामान चित्रकार रहेको छ । चलचित्रको प्रोडक्शन टिमले ए.आर सिने सर्भिससाग मिलेर चलचित्र वितरणको कामलाई पनि अगाडि बढाएको जनाएको छ । चलचित्र २०७४ साल वैशाख १५ गतेबाट देशभरका हलमा लगाउने निर्माण पक्षले जनाएको छ । चलचित्रको संगीतको काम मुम्बइमा नै सम्पन्न भएको छ । चलचित्रमा कृष्ण के अच्छामीको कोरियोग्राफी रहने छ । चिनिमाया मानन्धर निर्माता रहने चलचित्रमा त्रिरत्न मानन्धर कार्यकारी निर्माता रहने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here