कलेजमै सिकाइन्छ विपरीत लिङ्गीलाई आकर्षण गर्ने तरिका

626

कलेज भन्नेवित्तिकै सामान्यतया उच्च शिक्षा अध्ययन र ज्ञानगुनका कुरा सिक्ने ठाउा भन्ने बुझिन्छ तर चीनमा एउटा यस्तो कलेज छ जहाा विद्यार्थीलाई कसरी विपरितलिङ्गीलाई आकर्षण गर्ने तथा उनीहरूसाग रमाईलो गर्ने भन्ने कुरा सिकाईन्छ । उक्त विश्वविद्यालयमा विद्यार्थीलाई युवायुवतीहरूले कसरी शारीरिक मनोरञ्जन गर्ने भन्ने कुरा सैद्धान्तिक र प्राक्टिकल रूपमा सिकाइन्छ ।
चीनको तियानजिन विश्वविद्यालयमा विद्यार्थीहरूलाई यस्तो कला सिकाइने गरेको पाइएको छ । उक्त कलेजमा विद्यार्थीहरूले शारीरिक मनोरञ्जनको भरपूर ज्ञान लिन पाउने छन् । ‘थेओरी एण्ड प्राक्टिस अफ रोमान्टिक रिलेसन’ कोर्स नामक उक्त पाठ्यक्रमअन्तर्गत विद्यार्थीहरूलाई विपरीतलिंङ्गीप्रतिको यौन आकर्षण बढाउने तरिका, आफुलाई विपरितलिङ्गी पार्टनरसामु प्रस्तुत गर्ने तरिका तथा विपरीतलिङ्गींलाई आफुतर्फ आकर्षित गर्ने विधिलगायतका कुरा समावेश छन् । उक्त विश्वविद्यालयका प्राध्यापक शी शू ले यो पाठ पढाउाछन् र सिकाउाछन् । उनी नर्दन पोर्ट सिटी क्याम्पसमा विद्यार्थीहरूलाई कक्षामा पावर प्वाइन्टमार्फत रोमान्सको प्रभावकारिताका लागि कसरी आफ्नो व्यक्तित्व बढाउने भन्ने कुरा पनि सिकाउाछन् ।
विपरीतलिङ्गींसाग तथा आफै साथीसंगीहरूसाग कसरी बोलचाल गर्ने, अरुलाई कत्तिको महत्व दिने लगायतका कुराहरूसमेत सिकाइने गरेको पाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here