रजश्वला भएपछि यौन सम्पर्क गर्ने परम्परा

295

मलावी । दक्षिणपूर्वी अफ्रिकी मुलुक मलावीमा एचआईभी संक्रमित सेक्स वर्कर एरिक एनिवालाई संस्कार पालना गर्दागर्दै पक्राउ गरिएको छ । अनौठो संस्कारले ठूलो संकट निम्त्याएको छ मलावीमा ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा उनको हर्कतको बारेमा समाचार प्रकाशित भएपछि त्यहााका राष्ट्रपति पिटर मुथारिकाले पक्राउ गरी कानुनी कारबाही गर्न निर्देशन दिएका थिए । उनले मलावीमा सयभन्दा बढी बालिकासाग यौनसम्बन्ध गरेको जनाइएको छ । रुढिवादी परम्पराका नाममा उनले १ सयभन्दा बढी बालिकासाग ‘यौन शुद्धीकरण’ का लागि भन्दै यौनसम्पर्क राख्दै आएका थिए । बालिकाका अभिभावकले नै आङ्खना छोरी लिएर आउने गरेको उनको भनाइ छ तर उनले आफूमा एचआईभी संक्रमण भएको बारेमा भने बालिकाका बाबुआमासाग भनेका थिएनन् ।
उनले बालिकासाग यौन सम्बन्ध राखेर उल्टै ४ देखि ७ डलरसम्म लिने गरेका थिए । यहाा स्थानीयले नै पहिलोपटक रजस्वला भएपछि ‘यौन शुद्धीकरण’ का नाममा यस्तो परम्परा बसालेका थिए । राष्ट्रपति मुथारिकाले केही व्यक्तिले चलाएको यस प्रकारको प्रथाले समग्र देशको छविलाई अन्तर्राष्ट्रिय क्षेत्रमा धमिलो पारेको भन्दै यसलाई रोक्न निर्देशन दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here