काठमाडौं/ नेकपा माओवादी विप्लवनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले साउन ३१ र ३२ गते दुई दिन आम शैक्षिक हड्तालको घोषणा गरेको छ । अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष पूर्णबहादुर सिंहले शिक्षा मन्त्रालयले सीबीएसईको पाठ्यक्रम संचालन गरिरहेका देशभित्रका शैक्षिक संस्थाहरूलाई सम्बन्धन दिएकोमा आपत्ति जनाउादै थिए । ‘ठूलो रकम घुस आएर शिक्षामन्त्रीले देशभित्रका भारतीय स्कूलहरूलाई सम्बन्धन दिएर राष्ट्रघात गरेका छन् । उक्त सम्बन्धन तत्काल खारेज गर्नुपर्छ,’ सिंहले भने, ‘आरेज नगरेसम्म यसविरुद्ध आन्द्योलनको आाधीबेहरी ल्याउाछौा ।’
सीटीईभीटीले जानीबुझी हजारौं विद्यार्थीलाई प्राविधिक कोर्स अध्ययन गर्नबाट बन्चित गरिरहेको भन्दै अध्यक्ष सिंहले सीटीईभीटीलाई चर्को शुल्क उठाउन बन्द गर्न आग्रह गरेका छन् । सरकार, सीबीएसई र सीटीएभीटीले जनतामाथि गरिरहेको अन्याय, अत्याचारको क्रान्तिकारीले राम्रोसाग हिसाबकिताब गरिएको चेतावनी दिए । सोही क्रममा क्रान्तिकारीले १८ देखि असोज १५ गतेसम्म तीन महिने ‘समान शैक्षिक अधिकारका लागि एकीकृत राष्ट्रिय विद्यार्थी अभियान संचालन ’ कार्यक्रम पनि सार्वजनिक गरेको छ ।
नेत्रविक्रम चन्द ‘विप्लव’को उपस्थितिमा सम्पन्न बैठकले भारतीय शैक्षिक बोर्ड सीबीएसईको पाठ्यक्रम संचालन गरिरहेका देशभित्रका मोर्डन इण्डियन स्कूललगायत दर्जनभन्दा बढी शैक्षिक संस्थालाई शिक्षा मन्त्रालयले दिएको स्वीकृति खारेज, मेडिकल कलेजहरूमा भइरहेको दलालीकरणको अन्त्य, विदेशी सम्बन्धन लिएका कलेजहरूको पूाजी र प्रतिभा पलायनजस्तो राष्ट्रघाती हर्कत रोक्न, सीटीईभीटीले प्राविधिक शिक्षा अध्ययन गर्न विद्यार्थीलाई बन्चित गरेको र चर्को शुल्क लिने कदमको अन्त्य, निजी कलेज तथा विद्यालयले गरेको चर्को शुल्क वृद्धिको खारेजी, शैक्षिक कन्सल्टेन्सीहरूले गरिरहेको भर्तिकेन्द्र र दलाली तत्काल बन्द गर्नुपर्ने मागसहित सशक्त संघर्ष गर्ने निर्णय लिइएको जनाइएको छ ।
सोही माग पूरा गराउन मंगलबार सरकारलाई असमान शैक्षिक प्रणाली र व्यापारीकरणबारे ज्ञापनपत्र बुझाइएको छ । साउन २८ गते अन्तक्र्रिया कार्यक्रम गर्ने, साउन ३० गते देशव्यापी प्रदर्शन गर्ने, साउन ३१ र ३२ गते दुई दिनसम्म देशभर आम शैक्षिक हड्ताल गर्ने अखिल क्रान्तिकारीका महासचिव दीपेन्द्र चलाउनेले जानकारी दिएका छन् । आगामी फागुन १४ गतेको लागि घोषित स्ववियू निर्वाचनमा समानुपातिक, निर्वाचन प्रणाली, स्ववियु नियमावली परिवर्तन र अधिकारसम्पन्न स्ववियू निर्माणको लागि आन्दाोलन चलाउनेसमेत बैठकले निर्णय गरेको महासचिव चलाउनेले जानकारी दिए ।
आखिल क्रान्तिकारीले अभियान संचालन गर्न १७ वटा केन्द्रीय टिम पनि गठन गरेको छ । भदौं मसान्तदेखि सहिद–बेपत्ता अक्षयकोष संचालन गर्ने निर्णय पनि बैठकले गरेको कार्यक्रममा जनाइयो । देशभर भइरहेको बाढीपहिरोबाट जनधनको क्षति न्यूनीकरण गर्न र पीडितहरूको उद्धार र उनीहरूलाई तुरुन्त राहतको व्यवस्था गर्न सरकारसाग जोडदार माग गरिएको छ ।


















