बाबुछोरीको बिहे हुने अनौठो परम्परा

235

यो शीर्षक सुनेरै पाठकहरू आश्चर्यमा पर्नुभएको होला । यो कुनै बनावटी कथा नभएर वास्तविकतामा हुने अनौठो परम्परा हो । सामान्य अवस्थामा पूर्वीय होस् वा पश्चिमा समाज यस्ता कुराहरू सोच्न पनि सक्दैन तर यस्तो परम्परा टाढा नभई दक्षिण एशियाली मुलुक बंगलादेशको हो । बंगलादेशको एक जनजाति समुदायमा पुरुषहरूले आफ्नै छोरीसाग बिहे अनौठो परम्परा रहेको छ । बंगलादेशको मन्डी जनजाति समुदायमा यस्तो परम्परा प्रचलनमा रहेको छ । उक्त ठाउाका युवतीहरू सानै उमेरदेखि आफ्नै बाबुसागै बिहे गरेको सपना देख्छन् । किनकि अलिक उमेर बढेपछि उनीहरूको आफ्नै बाबुसाग बिहे गराइन्छ ।
आफूलाई जन्म दिने बुबाको मृत्यु भएर आमाले अर्कै पुरुषसाग बिहे गरेमा पनि छोरीहरूले आफ्नो सौतेलो बुबासाग बिहे गर्दछन् । प्राय: आफ्नो लोग्नेको उमेरमै मृत्यु भएको खण्डमा महिलाहरूले आफ्नै परिवारको अर्को पुरुषसाग बिहे गर्ने परम्परा उक्त जातिमा रहेको छ । भारत र बंगलादेशमा गरी झण्डै २० लाख जनसंख्या रहेको मन्डी जातिमा रहेको अनौठो परम्पराका कारण पछिल्लो समय उक्त जातिका बारेमा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले समेत उच्च महत्वका साथ उनीहरूको परम्पराको बारेमा समाचार प्रकाशन तथा प्रशारण गरिरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here