देशको आवश्यकतामा एमालेले अवश्य सहयोग गर्छ

244

 जनार्दन शर्मा, ऊर्जामन्त्री

तपाईसाग चुुनौतीहरु धेरै छन्, लोडसेडिङ अन्त्य गर्न सक्नुहुन्छ ?
हाम्रो उर्जा क्षेत्र अहिले अत्यन्तै संकटग्रस्त अवस्थामा छ । यो अहिलेको प्रमुख चुनौती हो । उर्जाको विकासले मात्रै मुलुकलाई आर्थिक विकासको बाटोमा लान सकिन्छ । उर्जाको प्रशस्तै सम्भावना छ तरपनि सदुपयोग सही ढंगले भएको छैन । अहिले म यही बारेमा अध्ययन गर्दैछु । लोडसेडिङमात्रै अन्त्य गर्ने कुरा होईन, नेपालमा उर्जा क्षेत्रबाट देशलाई समग्र आर्थिक विकासमा कसरी अघि बढाउने भन्ने सोचिरहेको छु ।
उसो भए तपाई जनतालाई आध्यारोबाट उज्यालोतिर लैजान सक्नुहुन्छ ?
अवश्य पनि हो र म त्यो सक्छु पनि । अहिले जति ठाउामा विद्युत पुगेको छ तयहाा पनि तार पुगेको छैन त्यसैले तार नभइकन विजुली बाल्न नपाइने भएकाले त्यो समस्यामा म गम्भीर छु । यस क्षेत्रमा देखिएका समस्यालाई एकदमै तीव्र गतिमा निराकरण गर्नेतिर लागेको छु त्यसका लागि मन्त्रालयका साथीहरुलाई भनेको छु । मैले उहााहरुलाई प्रष्ट रुपमा भनेको छु कि ‘अब हामी तीव्र गतिमा दौडिनुपर्छ । सामान्य तरिकाले हामी अघि बढ्न सक्दैनौं ।’ लोडसेडिङ अन्त्य गर्दै अघि बढ्नुपर्ने आजको चूनौती हो ।
उसो भए तपाईको कार्यकालमा लोडसेडिङ हुादैन, होईन त ?
म के मात्र भन्न सक्छु कि लोडसेडिङ कमभन्दा कम गर्नेछु । जतिसक्दो थोरैमात्र लोडसेडिङ हुने गरी काम गर्छुृ ।
अहिले साउनमा पनि लोडसेडिङ भैरहेको छ नि मन्त्रीज्यू ?
साउन महिनामा पानी आएर लोडसेडिङ नहुने भन्ने कुरा होईन नि । पानी त पहिले पनि थियो तर बत्ती नै थिएन नि । त्यो पानीलाई त विद्युतमा परिणत गर्नुपर्‍यो नि । हाईड्रोपावरको विकास गर्नुपर्छ । त्यसलाई टा्रन्समिसन लाईनमार्फत सम्बन्धित ठाउामा पुर्‍याउनुपर्ने छ । पानी बढी भएर लोडसेडिङ नहुने होईन । खोलामा पानी बढ्दैमा विद्युत बढ्ने भन्ने होईन । यसको लागि हामीले जलविद्युत आयोजनाहरुलाई छिटोभन्दा छिटो निर्माण गर्ने काम गर्नुपर्छ ।
उसो भए तपाईको कार्यकालमा नेपालमा ठूलाठूला परियोजनाहरु बन्न सक्छन ?
मेरो कार्यकालमा आवश्यक पर्ने विद्युतको आयोजनाहरुलाई अघि बढाउाछुृ । लोडसेडिङ अन्त्य गर्ने मात्रै होईन, जनतालाई राहत हुने गरी नेपाललाई विद्युतीय नेपाल बनाउने गरी अघि बढ्छु ।
प्रधानमन्त्री प्रचण्डले देश र जनताको लागि केही गर्न सक्नुहुन्छ त ?
सामाजिक परिवर्तन र विकासको कुरा एकैदिनमा चकाचक हुने कुरा होईन । अहिले अध्यक्ष कामरेड प्रचण्ड मुलुकको प्रधानमन्त्री हुनुभएको छ । उहााको नेतृत्वमा अहिले हामी सरकारमा छौं । उहााको नेतृत्वमा हामी जनताको हरेक चाहना अनुसार अघि बढ्छौं । जनताका हरेक चाहना र आवश्यकताहरुमा एकाकार भएर हामी अघि बढ्ने छौं । जनतामा छाएको निराशालाई अन्त्य गर्ने दिशामा हामी अघि बढ्छौं भन्ने मेरो विश्वास हो ।
उसो भए प्रधानमन्त्री प्रचण्डसाग त्यस्तो सञ्जिवनी बुटी छ ?
यसमा सञ्जिवनी बुटीको कुरा होईन । देशमा जहााजहाा समस्या छन्, तिनलाई हल गर्दै जनताको चाहनालाई पूरा गर्ने गरी अघि बढ्ने कुरा हो । त्यसैले प्रधानमन्त्रीज्यू यो कुरामा अत्यन्तै गम्भीर हुनुहुन्छ निकै संवेदनशील हुनुहुन्छ । राजनीतिक परिवर्तनसागै अब कसरी आर्थिक समृद्धिको बाटोमा मुलुकलाई डोर्‍याउने भन्ने नै उहााको चिन्ता हो । अहिलेको सरकार देश र जनताको चाहना पूरा गर्ने दिशामा ज्यादै नै गम्भीर छ । देशको समस्या समाधान गर्ने दिशामा प्रधानमन्त्री प्रचण्ड र गठबन्धन दल नेपाली कााग्रेसका सभापति शेरबहादुर देउवा अत्यन्तै गम्भीर हुनुहुन्छ त्यसैले पनि दुवै दल र नेताहरु मिलेर अरु दललाई पनि विश्वासमा लिएर अघि बढ्न सक्नुहुन्छ ।
संविधान संशोधन गर्न एमालेको समर्थन तपाईहरुलाई चाहिादैन ?
समर्थन सबै नेपाली जनताको चाहिन्छ । एमाले पनि दोस्रो ठूलो दल हो । सबैको समर्थन र समझदारीमा देश अघि बढ्न सक्छ । यो कुरामा सरकार ढुक्क छ ।
संविधान संशोधन गर्ने कुरामा एमालेले सहयोग गर्ला त ?
देशको आवश्यकतामा एमालेले सहयोग गर्छ । एमाले पनि देश र जनताप्रति जिम्मेवार भएकाले त्यस्तो कुनै गलत निर्णय नगर्ला ।
उसो भए मधेशी मोर्चाको माग पूरा हुने भयो होईन ?
मधेशी मोर्चाका जायज मागहरु पूरा हुन्छन् । मोर्चाका माग सम्बोधन भए राष्ट्रिय सहमति बन्छ । अहिले राजनीतिक दलहरुले पनि यसबारेमा साझा धारणा बनाउनुपर्छ ।
सडक दुर्घटनामा परी धेरै नेपालीको ज्यान गएको छ, तपाईहरु अब यसलाई रोक्न कस्ता कानून बनाउादै हुनुहुन्छ ?
हिजो भएका दुर्घटनाको बारेमा आजै कानुन ल्याउने भन्ने कुरा होईन । तर यस्तो दुर्घटना न्यूनीकरण गर्ने कुरामा हामी विस्तृत कानुन बनाउनेभन्दा पनि पहिलाका कानुनहरुलाई समेत कार्यान्वयन गर्दै अघि बढ्ने हो ।
उसो भए चीनसाग तपाईहरुको सुमधुर सम्बन्ध भएको हो ?
हाम्रो चीनसाग सुमधुर सम्बन्ध हिजोपनि थियो, आजपनि छ र भोलिपनि रहनेछ । त्यसैगरी हाम्रो छिमेकी भारतसाग पनि सुमधुर सम्बन्ध बनाउनको लागि अझै पनि प्रयास गरिरहेका छौं ।

– प्रस्तुति ऋषि धमला

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here