नेपालको समस्याको कारण हाम्रा छिमेकी होइनन् हामी आफै हौं

231

 वसन्तकुमार चौधरी, उद्यमी

वसन्तकुमार चौधरीको परिचय दिइरहनु पर्छ जस्तो लाग्दैन । देशको सफल प्रतिष्ठित उद्यमी चौधरी नेपालका चर्चित कवि पनि हुन् । चौधरीलाई मोरक्कोले नेपालमा महावाणिज्यदूतको जिम्मेवारी दिएको छ । देशको समसामयिक विषयहरूमा केन्द्रित रहेर चौधरीसाग गरिएको सम्वाद यहाा प्रस्तुत छ :–

तपाई सफल उद्यमी, कवि तथा साहित्यकारको स्थानमा चर्चित व्यक्तित्व हुनुहुन्छ । राजनीतितिर किन लाग्नु भएन ?
कुनै राजनीतिक दलमा संगठित नभएर पनि देशको सेवा गर्न सकिंदोरहेछ भन्ने लाग्छ मलाई । सबै राजनीतिक दलका नेता र कार्यकर्ताहरूसाग समान किसिमको सम्बन्ध रहेको छ मेरो । तर प्रत्यक्षरूपमा राजनीतिमा उत्रिने प्राथमिकता हैन मेरो जीवनको ।
दलीय व्यवस्थामा दलबिनाको राजनीति ?
यसैमा रमाइलो लागिरहेको छ मलाई । म कुनै दलको नेता वा कार्यकर्ता भएको भए सबै दलका नेताहरूसाग समान खालको सम्बन्ध हुन सक्ने थिएन होला ? मेरो दायरा अलि संकुचित बन्न पुग्थ्यो कि ! आफ्नै दलका कार्यकर्ताहरू मात्र मेरा आफ्ना हुन्थे कि ! मलाई सबैको बन्न रमाइलो लाग्छ ।
देशको राजनीतिलाई कसरी नियालिरहनु भएको छ त ?
देशको राजनीतिक अवस्था चिन्ताजनक त छ नै ! आशाभन्दा निराशा बढ्दो छ । ज्यादै कहालीलाग्दो अवस्थातिर उन्मुख भइरहेको छ जस्तो लागिरहेको छ मलाई हाम्रो देशको राजनीति । दलका नेताहरूले प्रयास गरिरहनु भएको छ । अब केही आशा पनि पलाइरहेको छ ।
तपाई कत्तिको आशावादी हुनुहुन्छ, राजनीति सही दिशातिर जाला भन्नेमा ?
मैले चाहादा–चाहादै पनि राजनीतिबाट आफूलाई अलग्याउन सकेको छैन । तपाईले मलाई राजनीति किन नगरेको भनेर माथि सोध्नु भएको छ । राजनीतिमा चासो राख्नु पनि राजनीति गर्नु नै हो । नेताहरूसाग भेट हुादा देशको अवस्थाबारे छलफल हुन्छ, त्यो पनि राजनीति नै हो । छलफलका क्रममा आफूलाई लागेको सुझाव पनि दिइन्छ । कतिपय सुझावहरू लागू भएकै पनि हुन्छन् । त्यसैले राजनीति सही दिशातिर जाला भन्ने आशा त गर्नै पर्‍यो, तैपनि निराशा बढी छ ।
प्रधानमन्त्री प्रचण्ड भदौ ३० गतेदेखि भारत भ्रमणमा जाादै हुनुहुन्छ, भारतसित सम्बन्ध सुध्रिनेमा कत्तिको आशा गर्नुहुन्छ ?
हाम्रो सम्बन्ध छिमेकी देशहरूसाग सुमधुर बन्नैपर्छ । दुई ठूला छिमेकी देशहरूका बीचमा रहेको हाम्रो देशलाई दुवै छिमेकी देशले आफ्नो अनुकूलतामा हेर्न चाहनु नराम्रो होइन । तर हामीले दुवै छिमेकीलाई हाम्रो अनुकूलतामा सदुपयोग गर्न सफल हुनुपर्छ भन्ने मलाई लाग्छ ।
हाम्रो अनुकूलतामा दुवै छिमेकीलाई सदुपयोग गर्नका लागि के गर्नु पर्ला । प्रधानमन्त्री प्रचण्डको आसन्न भ्रमणलाई महत्वपूर्ण सुझाव हुने गरी भनिदिनुस् न ?
प्रधानमन्त्री प्रचण्डज्यूलाई मैले सुझाव दिइरहनु पर्छ जस्तो मलाई लाग्दैन । हाम्रो देशको अवस्थाप्रति म भन्दा बढी जानकार उहाा नै हुनुहुन्छ । देशको राजनीति सागसागै सामाजिक, आर्थिक र सांस्कृतिक क्षेत्रमा रूपान्तरण गर्नका लागि हतियार उठाएर दश वर्षसम्म सशस्त्र युद्धको नायकत्व गर्नुभएका व्यक्तित्वलाई कसैको सुझाव होइन उहााको इच्छाशक्ति आवश्यक हो । हाम्रो देशले यतिबेला वास्तवमै नेपाल बुझेको नेतालाई प्रधानमन्त्रीका रूपमा पाएको छ । देशका विकट जिल्लाहरूमा पुगेका, हाम्रो समाजको तल्लो वर्गका वास्तविक अवस्थासमेत बुझेका र छिमेकी देशहरूसागको सम्बन्धलाई कसरी सुमधुर बनाउन सकिन्छ भन्ने विषयमा समेत अनुभव हासिल गरेका व्यक्ति देशको प्रधानमन्त्री भएकाले आशा पलाएको छ, देशले केही फड्को मार्छ कि अब !
भारतसाग हाम्रो सम्बन्ध सुमधुर हुनलाई भारतको चाहना पूरा हुनैपर्ने अवस्था देखिन्छ त ?
मलाई त्यस्तो लाग्दैन । हाम्रो समस्या भारत हुादै होइन । हाम्रो समस्या हामी आफै हांै । हामीलाई के चाहिएको हो ? त्यो भारतसाग स्पष्ट भन्न सकेका छैनौ हामीले । छिमेकीहरूसाग शीर ठाडो गराएर आफ्ना कुरा राख्न सक्नुपर्छ । चीनसाग हामीले प्रस्ताव नगरेरै व्यापार तथा पारवहन सम्झौता भएको त हैन । हामीले अनुरोध नगरेर नेपालसम्म रेलसेवा विस्तार गर्ने आश्वासन चीनले आफै दिएको त होइन । जसरी चीनसाग प्रस्ताव गरेर नेपालको हितमा सम्झौता गरिएको छ, त्यसैगरी भारतसाग पनि प्रस्ताव गर्नुपर्छ र सम्झौता गर्नुपर्छ ।
भारतले नेपालका जलसम्पदा सबै कब्जा गरिसक्यो, सीमा विवादले निरन्तरता लिइरहेको छ, कसरी सम्बन्ध सुमधुर होला ?
तपाईको भनाइसाग म सहमत छैन । भारतले नेपालका जलसम्पदा सबै कब्जा गरेको कहाा छ ? नेपालका नेताहरूले भारतको प्रस्तावलाई स्वीकार गरेर दिइएको हो । हामीले जस्तै भारतले पनि आफूलाई आवश्यक पर्ने जुनसुकै वस्तु जल, जमिन, आकाश छिमेकीसाग माग्न सक्छ । दिने कि नदिने ? हाम्रो इच्छा हो । हामीले नदिएर भारतले जबर्जस्ती कुनै जलसम्पदा मात्र हैन केही पनि लिएको छ जस्तो मलाई लाग्दैन । त्यसैले मलाई लाग्छ समस्या हामीमै छ ।
भारतसित नेपालको हितका लागि के कस्तो प्रस्ताव गर्दा ठीक होला तपाईको विचारमा ?
नेपालको हित के मा छ ? यो भनिरहनुपर्ने विषय होइन । नेपालको हित आत्मनिर्भर हुनुमा छ । हामी आत्मनिर्भर हुन सक्नु पर्‍यो । हामीलाई आत्मनिर्भर बन्न हाम्रो देशको अपार जलसम्पदाको सदुपयोग हुनुपर्‍यो । जलसम्पदाको सदुपयोग गरेर देशलाई उत्पादनशील मुलुकका रूपमा विकसित गर्नुपर्‍यो बचेको विद्युत शक्ति निर्यात गर्न सक्ने देशका रूपमा हामी विकसित हुनुपर्‍यो । देशमा भएको खानी उत्खनन् गर्नुपर्‍यो । यस्तो सोचका साथ हामी हाम्रो छिमेकी देशहरूसाग प्रस्तुत हुनुपर्‍यो । हामीले किन आयात मात्र गरिरहने ? किन निर्यात बढाउन नसक्ने ? हाम्रो गरिबी र पछौटेपनलाई हटाएर देशलाई शिक्षित र समृद्ध कसरी बनाउने भन्ने सोचाइ मनमा आउनु पर्‍यो । देश सञ्चालन गर्नेहरूमा इमान्दारिता र लगनशीलता हुने हो भने मैले असम्भव देख्दैन । हामीमा केवल इच्छाशक्तिको अभाव छ । अब राजनीतिक दलहरूले विशुद्ध राजनीति मात्र हैन आर्थिक कुटनीतिमा आधारित राजनीति गर्नु पर्यो । आदर्श र उपदेश दिएर हैन, आफूसाग भएको चिजको अधिकतम सदुपयोग गरेर मुलुकको आर्थिक अवस्था बलियो बनाउनु पर्‍यो ।
नेताहरूले पनि देश बनाउने, निर्यात बढाउने, आयात घटाउने, रोजगारी बढाउने लगायतका भाषण त गरिरहन्छन् तर केही गर्दैनन् किन होला ?
मैले भनिसकें, इच्छाशक्तिको अभाव हो । छिमेकी देशले आफ्नो हितका कुरा गर्नु नराम्रो होइन, तर हामीले हाम्रो हितका कुरा र काम गरेको खोई ? हामीले नेपालको हित हुने कुनै सम्झौताको प्रस्ताव चीन वा भारत कसैसाग गरेको र उनीहरूले अस्वीकार गरेको मेरो जानकारीमा छैन । हामीले प्रस्ताव गर्दै नगरेपछि हाम्रो आवश्यकता के छ भन्ने कुरा छिमेकीले आफै जान्ने कुरा हुादैन । छिमेकीले गरेको कुनै सम्झौताको प्रस्तावबाट नेपालको हित हुादैन भने त्यस्तो प्रस्तावलाई स्वीकार गर्नु हुादैन, नेपालको हितलाई ध्यान पुर्‍याउनै पर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here