काठमाडौ । स्क्रब टाइफस भन्ने नयाा रोगबाट पााच जनाको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले चितवनको भरतपुरमा पत्रकार सम्मेलन गरी यस्तो जानकारी दिएको हो । इपिडिमियोलोजी चितवन शाखाका प्रमुख डा.गुणनिधि शर्माले वैशाखदेखि भदौको पहिलो सातासम्ममा विभिन्न जिल्लाका गरी पााच जनाको मृत्यु भएको जानकारी दिएका हुन् । उनका अनुसार देशभरिमा एक सय ७६ जनामा संक्रमण पाइएको छ ।
नेपालका २९ जिल्लामा भएको संक्रमणमा चितवनमा सबैभन्दा बढी एक सय ४५ जनामा संक्रमण पाइएको शर्माले जानकारी दिए । मृत्यु हुनेमा चितवन र तनहुाका गरी दुई, संखुवासभाका दुई र भोजपुरका एक जना रहेको जानकारी दिइयो । मुख्य गरी मुसामा लाग्ने एक प्रकारको किर्नाजस्तै संक्रमित माइटले टोकेमा यो रोग लाग्दछ ।
माइट प्राय:जसो झाडी, खेतबारी, वनजंगल र घर वरिपरिको झाडीमा हुने भएकाले त्यसतर्फ जाादा सचेतना अपनाउनुपर्ने चिकित्सकले जनाएका छन् । टाउको दुख्ने, १०४ डिग्रीजति ज्वरो आउने, मसिना बिमिरा, पसिना आउने, ग्रन्थी सुन्निने यसका लक्षण भएको चिकित्सकले जानकारी गराएका छन् ।

















