काठमाडौं/ पूर्व पोर्नस्टार एवं बलिउड अभिनेत्री सन्नी लियोन यतिबेला आफ्नो परिचय सुधार्ने तयारीमा छिन् । एकपछि अर्को गर्दै हिन्दी फिल्ममा समेत ‘बेड सिन’ र ‘किस सिन’ दिादै आएकी उनले यस्तो दृश्य अब फिल्ममा नदिने प्रतिबद्धता व्यक्त गरेको एजेन्सीहरूले जनाएका छन् ।
आफ्नो पछिल्लो एक फिल्ममा अभिनेता रजनिश दुग्गलसाग चुम्बनको दृश्य दिन चाहिनन् । सो फिल्मका निर्देशकले कथाको माग भन्दै चुम्बनको दृश्य दिनुपर्ने दबाब दिादा उनले फिल्म छाड्ने चेतावनी दिइन् । त्यसपछि ती निर्देशकले उनको चुम्बन दृश्य खिचेनन् । आफूलाई प्रस्ताव आउने फिल्महरूका यौनजन्य दृश्य र चुम्बन दृश्य अत्यधिक हुने गरेको र यस्ता दृश्यले आफ्नो पुरानै छवि कायम हुने भन्दै उनले अब यस्तो दृश्य आफूले नगर्ने उद्घोष गरेकी छिन् । ‘बलिउडका अरू अभिनेत्रीजस्तै छवि म बनाउन चाहन्छु । त्यसैले अब हरेक फिल्ममा पुरानै शैलीका यौनजन्य र चुम्बनयुक्त दृश्यहरू नगर्ने निर्णय लिएकी छु’, यी अभिनेत्रीले भनेकी छिन् । पछिल्लो समय सन्नी लियोनप्रति बलिउडका सलमान खान, शाहरूख खान, आमिर खानसहित चर्चित अभिनेताहरू सकारात्मक छन् । आमिर खानको एउटा फिल्ममा त सन्नी लियोनले आइटम डान्ससमेत गरेकी छिन् । उनले शाहरूख र सलमानसाग पनि फिल्म खेल्ने चाहना व्यक्त गरेकी छिन् । सोही कारण पनि उनी आफ्नो पछिल्लो छविलाई मेटेर नयाा छविको रूपमा परिचित हुन चाहन्छिन् । सोनाक्षी सिन्हाले अभिनय गरिरहेको फिल्म नुरमा सन्नी लियोन पनि देखिने भएकी छिन् । उनले यो फिल्ममा अतिथिको भूमिका पाएकी छिन् । यसरी बलिउडका अग्रस्थानमा रहेका अभिनेता अभिनेत्रीसाग काम गर्न थालेकी उनी बलिउडमा आफूलाई यिनै अग्रणी अभिनेता अभिनेत्रीसाग स्थापित गर्न चाहन्छिन् ।
















