प्रधानमन्त्रीको भारत भ्रमणलाई शुभकामना

173

राज्यलक्ष्मी शाक्य

आजको एकसातापछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमण गर्ने निश्चित भइसकेको छ । प्रधानमन्त्रीले भारत भ्रमण गरेलगत्तै भारतका राष्ट्रपति प्रणव मुखर्जीले नेपालको भ्रमण गर्ने चर्चाले व्यापकता पाएको थियो । यसले गर्दा नेपाल र भारतबीचको सम्बन्ध सुधारतर्फ जान थालेको अनुमान पनि गरिएको थियो । तर भारतीय राष्ट्रपतिको नेपाल भ्रमण निश्चित नभएको समाचार आउनुका साथै नेपालमा संविधान संशोधन नभएसम्म भारतीय राष्ट्रपतिले नेपाल भ्रमण नगर्ने सन्देश प्रवाह भइरहेको छ । यस्तो समाचारले नेपालप्रति भारतको नकारात्मक दृष्टिकोणलाई संकेत गरेको छ । भारत सबैभन्दा नजिकको नेपालको छिमेकी हो । भारतसाग नेपालको धर्म, संस्कृति, भाषा र भेषभुषा पनि मिल्ने भएकाले भारत र नेपालको सम्बन्धलाई दुवै देशले महत्व दिनुपर्ने हो । भारतप्रति नेपालले जतिसुकै सद्भाव देखाए पनि नेपालप्रति भारतको सकारात्मक दृष्टिकोण कहिल्यै पनि देख्न पाइएन । यो नेपाल र नेपाली जनताका लागि दु:खद् पक्ष हो ।

नेपालमा नयाा प्रधानमन्त्री निर्वाचित हुनेबित्तिकै छिमेकी मुलुक भारत र चीनको भ्रमण गर्ने विगतको परम्पराअनुसार प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तय भएको छ । दुवै छिमेकी देशहरूसाग असल सम्बन्ध कायम गर्ने मनशायकले प्रधानमन्त्री प्रचण्डबाट आफ्ना दूतहरू तोकेर दुवै देशमा पठाउने काम पनि भएको थियो । चीनबाट नेपालसागको सम्बन्धलाई नकारात्मक रूपमा प्रस्तुत गरेको पाईदैन । तर, भारतमा पठाइएका दूत उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि विशेष चर्चाका पात्र मात्र नभएर भारतले नेपालमाथि केही विषयहरूमा दवाव सृजना गर्ने चाहेको स्पष्ट भएको छ । नेपालका प्रधानमन्त्रीले छिमेकी मुलुकसागको सम्बन्ध विस्तारका लागि भ्रमण गर्ने भनिएपनि विगतमा भएका कतिपय प्रधानमन्त्रीले गरेका भारत भ्रमणबाट नेपालले निकै ठूलो मूल्य चुकाउनु परेका उदाहरणहरू छन् । त्यसैले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण विशेष उत्सुकताको विषय बन्न पुगेको छ ।

प्रधानमन्त्री प्रचण्डले गर्न गइरहेको छमेकी देश भारतको भंमणका बेला नेपालको हितमा नहुने सन्धि सम्झौता गरिने आशंका नेपाली जनमानसमा व्याप्त छ । यो स्थिति नेपालका निम्ति मात्र नभएर भारतकै निम्ति पनि राम्रो होइन । दुई छिमेकी देशबीचको सम्बन्ध सद्भाव र मैत्रीपूर्ण हुनु आवश्यक हुन्छ । तर, भारतले नेपाललाई जबर्जस्ती आफ्नो स्वार्थमा डोर्‍याउन खोज्ने प्रवृत्तिले गर्दा नेपाली जनमानसमा भारतप्रति आशंका बढ्ने गरेको छ । प्रधानमन्त्री प्रचण्डको भ्रमणको तयारी हुादै गर्दा पनि नेपाली जनतामा त्रास र आशंकाले डेरा जमाउन सुरु हुनु दु:खद पक्ष हो ।

चीन र भारत दुवै छिमेकी मुलुकबीच समदूरी सम्बन्ध बनाउने प्रतिबद्धता व्यक्त गर्दै आउनुभएका प्रधानमन्त्री प्रचण्ड आफ्नो बिगतको प्रतिवद्धता अनुसार सम्बन्ध विस्तारका लागि दुई मुलुकका राष्ट्रपतिलाई नेपाल भ्रमण गराउने प्रयासमा हुनुहुन्थ्यो । प्रधानमन्त्री प्रचण्डको यो सदाशयतालाई भारत पक्षले सकारात्मक रूपमा लिन नसक्नु दु:ख लाग्ने विषय हो । भारतीय राष्ट्रपतिको भ्रमण नेपालमा गराउनु भनेको यहाा बढिरहेको भारतविरोधी भावनालाई पनि कम गर्न सहयोग पुर्‍याउने हुन्छ । छिमेकी देशका नेताहरूले एकअर्काको देशमा भ्रमण गर्दा दुवै देशको हितका सवालमा सहयोगी भावना राख्नु पर्दछ । तर भारतले यो आफ्नो कर्तव्य निर्वाह गर्न नचाहनु आश्चर्यको विषय हो ।

भारतले नेपालको संविधान आफू अनुकुलसंशोधन हुनुपर्ने दबाब दिादै आएको छ । संविधानमा संशोधन नभएसम्म भारतले नेपालमा राष्ट्रपतिको भ्रमण नगराउने भनी दिएको दवाव प्रधानमन्त्री प्रचण्डका लागि पनि प्रतिष्ठाको विषय हो । भ्रमण तय भइरहेका बेला संविधान संशोधनका शर्त तेस्र्याएर छिमेकी देशका प्रधानमन्त्रीको भ्रमणलाई महत्वहीन बनाउने काम भारत पक्षले गर्नु उसको दास मानसिकता हो । यस्तो मानसिकताले दुई देशबीच सम्बन्ध राम्रो बन्न सक्दैन ।

हुन त प्रधानमन्त्री प्रचण्डले सरकारको नेतृत्व गर्ने समयसीमासमेत तोकिएको छ । सत्ताको आयु पहिले नै निश्चित भएकाले प्रधानमन्त्री प्रचण्डलाई सत्ता टिकाउन कुनै असमान सन्धि तथा सम्झौता गर्नुपर्ने अवस्था छैन, त्यस्तै आफू कसैको ‘एसम्यान’ बन्न नचाहने अभिव्यक्ति दिादै आउनुभएका प्रधानमन्त्री प्रचण्डलाई भारतले ‘एसम्यान’ बनाउन सक्ला भनेर आशंका गर्नुपर्ने अवस्था पनि छैन । सरकार निर्माणका बेला प्रधानमन्त्री प्रचण्डमाथि भारत परस्त आरोप लगाउने काममा तत्कालीन प्रधानमन्त्री केपी ओली पक्षधरहरू नाङ्गो रूपमा प्रस्तुत भएका थिए । आफूविरुद्ध उत्पन्न भएका आशंकाहरूलाई चिर्नका लागि पनि प्रधानमन्त्री प्रचण्डले राष्ट्रको हितमा काम गरेर देखाउनैपर्ने अवस्था उहाासामु देखिएको छ । छोटो समय प्रचण्डका सामु राम्रो गरेर देखाउने अवसर पनि बनेको छ । त्यसैले प्रचण्डबाट राष्ट्रको अहितमा कुनै पनि सन्धिसम्झौता हुने छैन भनेर नेपाली जनताले विश्वास गरेको अवस्थालाई प्रचण्डले अवश्य पनि बुसझ्नु भएको हुनुपर्दछ । कामना गरौं प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण अत्यन्त राष्ट्रिय हित र स्वाधीनताको सवालमा अविचलित र अटल हुन सकोस् !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here