यसरी बच्न सकिन्छ पसिनाको दुर्गन्धबाट

219

गर्मीमा पसिना आउनु स्वाभाविक प्रक्रिया हो, जुन आवश्यक पनि हुन्छ । तर त्यही पसिनाका कारण आउने दुर्गन्धले कहिलेकाहीा मानिसलाई सार्वजनिक स्थानमा जाादा लज्जास्पद बनाउाछ । जब गर्मी बढ्दै जान्छ, पसिना ग्रन्थिहरुबाट पसिना निस्कन सुरु हुन्छ । पसिना ग्रन्थिले छालामा पानीका स–साना बुादाहरु छोड्छन् । पसिनाका कारण शरीरले गर्मीबाट केही राहत महसुस गर्छ । खासमा पसिना आफौमा दुर्गन्धित हुादैन । तर जब यो ब्याक्टेरियाको सम्पर्कमा आउाछ, त्यसपछि दुर्गन्ध आउन सुरु हुन्छ । शरीर सफा नहुनु, छिद्रहरु बन्द हुनु तथा धूलोका कणहरु तथा छालामा जमेका जीवाणुहरुको मिलनबाट पसिनामा विकार तथा दुर्गन्ध उत्पन्न हुन्छ । यदि तपाईं पसिनाको दुर्गन्धबाट बच्न चाहनुहुन्छ भने स्याउ, ज्वानो र बन्दागोभीबाट बनेको ग्रीन जुस सेवन गर्नुहोस्, यसले फाइदा पुर्‍याउाछ ।
ग्रीन जुस यसरी तयार पार्न सकिन्छ :
१. एउटा स्याउ केही ज्वानो र थोरै बन्दागोभी, १/२ इन्च अदुवाको दुक्रा तथा आधा कागती जम्मा पार्ने । यी सबै सामग्रीहरुलाई राम्रोसाग सफा गर्ने र मिक्सिमा राखेर मसिनो गरी पिस्ने । जब जुस तयार हुन्छ, यसलाई प्रत्येक दिन बिहान एक गिलास खाली पेट सेवन गर्ने । सुरुमा यो जुसलाई कम मात्रामा सेवन गर्ने । यदि शरीरमा कुनै समस्या नदेखिएमा दैनिक सेवन गर्न सकिन्छ । यो जुसलाई ४८ घण्टाभन्दा धेरै भने स्टोर गर्नुहुादैन । यसको प्रभाव कम हुन्छ ।
२. ग्रीन जुसमा प्रयोग हुने सबै सामग्रीहरु छालामा पीएचको सन्तुलन बनाउन सहयोग गर्छ । साथै यसले शरीरमा ब्याक्ट्रियालाई घुस्न दिादैन, जसले गर्दा पसिनाबाट दुर्गन्ध आउन कम हुन्छ ।
३. स्याउमा साइट्रिक एसिड पाइन्छ । जुन नेचरमा एसिडिक नै हुन्छ । यो ब्याक्ट्रिया रोक्नमा सहायक हुन्छ । यति मात्र होइन, यसले अत्यधिक पसिनाका कारण ब्याक्ट्रियल या फंगल संक्रमणलाई फैलनबाट रोक्छ । ब्याक्ट्रियालाई नष्ट गर्नका लागि कागती पनि उपयोगी मानिन्छ ।
४. ज्वानोको सेवनले शरीरभित्र सफा राख्छ, जसले गर्दा दुर्गन्ध कम गर्न मद्दत गर्छ साथै ताजगीको महसुस गराउाछ । यसमा भिटामिन के, ए र सी भरपूर मात्रामा पाइन्छ । साथै यसमा एन्टी–अक्सीडेन्ट पनि पर्याप्त मात्रामा पाइन्छ ।
५. पानी कम पिउनाले पसिनामा धेरै दुर्गन्ध आउने सम्भावना हुन्छ । पसिनाको दुर्गन्धबाट बच्नका लागि दिनभरमा कम्तीमा आठ गिलास पानी पिउनुपर्छ । पानीले पेटमा रहेको विषादीलाई बाहिर निकालेर राहत दिन्छ ।
पसिनाबाट ब्याक्ट्रिया हुने डर हुन्छ । त्यसकारण पसिना आउने ठाउालाई सधौ सफा राख्नुपर्छ । शरीरका अंगहरु पसिनाका कारण लगातार चिसो हुने हुादा ब्याक्ट्रिया सलबलाउन सुरु गर्छन् । जसले गर्दा दुर्गन्ध आउाछ । त्यस्तै गर्मीमा जानुभन्दा पहिले खुल्ला सुती कपडा लगाउनु उपयुक्त मानिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here