लामखुट्टेबाट टोकाउने पर्व

133

रुसको बेरेज्निकी सहरमा हरेक वर्ष अगष्ट महिनामा लामखुट्टे पर्वकै आयोजना गरिन्छ । जहाा मानिसहरूबीच आफ्नो जिउमा धेरैभन्दा धेरै लामखुट्टेलाई टोकाउन प्रतिस्पर्धा नै हुन्छ । यो वर्ष रसियन लामखुट्टे फेस्टिबलअन्तर्गत सबैभन्दा स्वादिलो मान्छेको उपाधि ९ वर्षकी इरिना ल्यूखिनाले प्राप्त गरिन् । उनले आफ्नी आमासाग जंगलमा फलफूल टिप्न गएको बेला लामखुट्टेले ४३ पटक टोकेको जिउका खत देखाउादै उपाधि उचालेकी हुन् । युराल पर्वत श्रृंखला क्षेत्रमा रहेको यो सहरमा निकै शुष्क तथा तातो मौसम छ । तथापि यो वर्ष लामखुट्टेको संख्या निकै नै घटेको पाइयो । जसका कारण आयोजकले लामखुट्टे पर्वअन्तर्गत आयोजना गरिने परम्परागत लामखुट्टे सिकार रद्द नै गर्नुपर्‍यो । जसमा प्रतियोगीहरूलाई बढीभन्दा बढी लामखुट्टे पक्रिन लगाइन्थ्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here