आफ्नै बाबु आमालाई मुद्दा

271

एक किशोरीले फेसबुकमा फोटो सेयर गरेको भन्दै आफ्नै आमाबुबाविरुद्ध मुद्दा दायर गरेकी छिन् । यो घटना अस्ट्रियाको हो । आफ्नो बाल्यकालको फोटो फेसबुकमा सेयर गरेको भन्दै एक किशोरीले आफ्नो बाबुआमाविरुद्ध मुद्दा हालेकी हुन् ।

१८ वर्षीय ती किशोरीले सन् २००९मा खिचेको उनको फोटो उनका बाबुआमाले सोध्दै नसोधी फेसबुकमा पोस्ट गरेको भन्दै मुद्दा हालेकी हुन् । ती तस्बिरमध्ये कतिपय आफ्ना निकै निजी तथा गोप्य खालका तस्बिर पनि रहेको र त्यस्ता तस्बिर सार्वजनिक हुादा आफूले साथीहरूबाट निकै असहज व्यवहारको सामना गर्नुपरेको उनको दाबी छ ।

आफ्ना ती फोटोहरू फेसबुकबाट हटाउन आफूले कैयौापटक बुबाआमालाई अनुरोध गर्दा पनि नमानेको किशोरीको दाबी छ । पटक–पटक आग्रह गर्दा पनि आफ्ना निजी तस्बिरहरू बुवाआमाले फेसबुकबाट नहटाइदिएपछि उनले बाध्य भएर मुद्दा हालेको किशोरीका वकिल माइकल रमीले जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here