काठमाडौं । दीपाश्री निरौला निर्देशित चलचित्र ‘छक्का पन्जा’ले नेपाली चलचित्रको इतिहासमा नै अहिलेसम्मको धेरै कमाइ गर्ने रेकर्ड गरेको छ । प्रदर्शनको ५१ दिन मनाउने क्रममा रहेको चलचित्रले हालसम्म १३ करोड रूपैयाा कमाइ गरिसकेको यसको निर्माणपक्षले जानकारी दिएको छ । यस चलचित्रले २ वर्ष अगाडि रिलिज भएको चलचित्र ‘कोहिनुर’को व्यापारलाई पनि उछिनेको हो ।

कोहिनुरको व्यापारले सबैलाई चकित बनाएको थियो । नायक श्रीकृष्ण श्रेष्ठको निधनपश्चात् यो चलचित्र हेर्नका लागि दर्शकको भीड हलमा लागेको थियो । श्रीकृष्णप्रति अन्तिम श्रद्धाञ्जली दर्शाउादै दर्शक हलमा पुगेका थिए । चलचित्रले ११ करोड हारहारीको व्यापार गरेको वितरकहरूले बताएका थिए । तर, यो चलचित्र रिलिज भएको २ वर्षपछि अर्को चलचित्रले यसको किर्तिमानी व्यापारलाई उछिनेको छ । चलचित्र ‘छक्का पन्जा’ले रिलिजको छैटौं हप्तासम्म आइपुग्दा ‘कोहिनुर’को व्यापारलाई उछिनेको हो । काठमाडौंमा ७ करोडको व्यापार गरेको यो चलचित्रले मोफसलमा भने ५ करोडमाथिको व्यापार गरेको वितरकहरूले बताएका छन् । १२ करोड माथिको व्यापार गर्दै नेपाली चलचित्रको इतिहासमा दीपाश्री निरौलाको डेब्यू निर्देशन रहेको चलचित्रले नयाा रेकर्ड कायम गरेको हो ।

चलचित्रले अधिकांश हलमा ५१ दिन मनाउने देखिएको छ । तिहारमा रिलिज हुन लागेका २ ठूला हिन्दी चलचित्रको व्यापारले पनि यसको मल्टिप्लेक्सको समयसिमा निर्धारण हुनेछ । काठमाडौंका मल्टिप्लेक्समा यो चलचित्र अझै पनि उच्च शोका साथ चलिरहेको छ । उच्च व्यापारका लागि काठमाडौंका मल्टिप्लेक्सको योगदान बढी छ । योसागै यो चलचित्रले बलिउडका केही चलचित्रले नेपालमा गरेको उच्च कलेक्शनलाई पनि उछिनेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here