संसारमै पहिलो पोर्न युनिभर्सिटी इटालीमा

182

युनिभर्सिटी अर्थात् विश्वविद्यालय भन्ने शब्द सुन्नासाथ सबैको मस्तिष्कमा पढाइ लेखाइको कुरा आउँछ । तर यो दुनियाँमा यस्तो पनि विश्वविद्यालय छ, जहाँ विद्यार्थीहरूलाई औपचारिक शिक्षाको डिग्री होइन पोर्न उद्योगमा प्रवेशका लागि तालिम तथा डिग्री प्रदान गरिन्छ । पोर्न उद्योगमा छिर्न लालायित युवायुवतीहरू यो विश्वविद्यालयमा भर्ना हुनका लागि हानथाप गर्छन् ।
इटालीका पोर्नस्टार रोको सिपफ्रेदील इटालीमा युनिभर्सिटी अफ पोर्नकोे स्थापना गरेका हुन् । दुनियाँको पहिलो तथा एकमात्र पोर्न विश्वविद्यालय हुनुको नाताले यहाँ भर्ना हुनका लागि सुरुमै हजारौँ आवेदन परेका छन् । तर पहिलो ब्याचमा केवल २१ जना मात्र विद्यार्थी भर्नाका लागि छनोट गरियो । त्यसमध्ये १४ पुरुष र ७ महिला छन् । आफ्नो विश्वविद्यालयले बनाबटी कुरा नसिकाउने र विश्वविद्यालय उत्तीर्ण गरेका विद्यार्थीहरू क्यामराको अगाडि पूर्ण रूपमा असली देखिने बताउँछन् । आफ्नो पहिलो ब्याचका २१ विद्यार्थी भविष्यमा चर्चित पोर्नस्टार बन्ने विश्वास रोकोले गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here