१४औं हस्तकला व्यापार मेला आजदेखि

180

काठमाडौं÷ १४औं हस्तकला व्यापार मेला तथा १२औं हस्तकला प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । नेपाल हस्तकला महासंघको आयोजना तथा वाणिज्य मन्त्रालय र व्यापार तथा प्रवद्र्धन केन्द्रको सहयोगमा हुन लागेको मेला भोलिदेखि भृकुटीमण्डपमा सुरु हुन लागेको छ । मेलाको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । नेपालको हस्तकलाका सामग्रीहरूको बजार विकास तथा निर्यात प्रवद्र्धनमा समेत सहयोग पु¥याउने उद्देश्यले २०४८ सालबाट सुरु गरिएको व्यापार मेला हालसम्म आइपुग्दा १४आँै पटक आयोजना हुन लागेको छ ।
मेलामा ७ वटा प्याभिलियनसहित १७६ स्टल रहनेछन् । मेलामा रहने प्याभिलियनहरू मध्येबाट उत्कृष्ट हुने एक प्याभिलियन र एक स्टललाई आकर्षक नगद पुरस्कार दिइने आयोजकले जनाएको छ । मेलामा नेपालभित्र महासंघका जिल्ला हस्तकला संघहरू, वस्तुगत संघहरूको साथै ती संघमा आबद्ध करिब २५ वटा जिल्लाका सदस्य उद्यमी व्यवसायीहरू, काठमाडौं उपत्यकालगायत देशको विभिन्न भौगोलिक क्षेत्रको जाति जनजातिकै प्रतिनिधित्व गर्ने स्थानीय हस्तकला सामग्रीहरूलाई उच्च प्राथमिकता दिई प्रदर्शनीे तथा विक्रीको लागि राखिनेछ । मेलामा काष्ठकला, धातुकला, सुनचाँदी, फेल्टका सामान ऊनी तथा सुती एवं ढाकाका सामान, पश्मिना, हाते कागजका सामान, छालाजन्य सामान, प्राकृतिक रेसा र बाँसका सामानहरू साथै जडीबुटी, अर्थोडक्स चिया आदि प्रदर्शनी तथा विक्रीका लागि राखिने आयोजकले जनाएको छ । व्यापार मेलामा एकै छातामुनि हस्तकलाको बृहत् प्रदर्शनी तथा विक्री, १२औं हस्तकला प्रतियोगिता, उत्कृष्ट स्टल तथा प्याभिलियन प्रतियोगिता, परम्परागत तथा नवोदित हस्तकलाको जीवन्त सीप प्रदर्शनी लगायतका आकर्षकहरू रहेका छन् । मेलामार्फत अन्तर्राष्ट्रिय बजारमा पहुच पुग्न नसक्ने लघु एवं साना हस्तकला उद्यमी व्यवसायीहरूले देशभित्रका निर्यातकर्ता तथा विदेशी आयातकर्ताहरूसँग समेत व्यावसायिक सम्बन्ध स्थापित गर्ने अवसर प्राप्त गर्ने, हस्तकलाको क्षेत्रमा रहेको एक अर्को देशको सीप, कला र प्रविधिबारे जानकारी आदानप्रदान हुने तथा विदेशमा हुने अन्तर्राष्ट्रिय व्यापार मेलामा सहभागी बन्दा ठूलो धनराशी बचत हुने आयोजकले विश्वास लिएको छ । झण्डै २ लाख आगन्तुक आउने अनुमान गरिएको मेलामा झण्डै १० करोड रूपैयाँभन्दा बढीको कारोबार हुने अपेक्षा राखिएको छ । व्यापार मेला अवलोकन गर्नको लागि प्रवेश टिकटबापत ५० रूपैयाँ लाग्ने जनाइएको छ । जसमा विद्यार्थी वर्गलाई ५० प्रतिशत सहुलियतको व्यवस्था गरिएकोे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here