काठमाडौं÷ बा ४ ख ३२७३ नम्बरको टिपरले बा ३८ प ५२५३ को मोटरसाइकललाई ठक्कर दिएर मोटरसाइकल चालक बल्खु निवासी रोनित शाक्य सख्त घाइते भएका छन् । टिपर चालकले जानी जानी मोटरसाइकललाई ठोक्काएको आशंका गरिएको छ । दुर्घटनाग्रस्त अवस्थाको मोटरसाइकलको पछाडिको आधा भाग टिपरको मुनि पर्न गएको छ । त्यस्तो अवस्थाको दुर्घटनालाई छोडेर टिपर चालक फरार भएका छन् । घाइते शाक्यलाई उनकै साथीले शिक्षण अस्पतालमा पु¥याए पनि शिक्षण अस्पतालका चिकित्सकहरूको लापरवाहीका कारण उपचारमा ढिलाइ गरेर घाइतेलाई लावारिसजस्तै बनाइएको थियो । बेहोस अवस्थाका घाइतेलाई आफन्तहरूले नर्भिक इन्टरनेशनल अस्पतालमा पु¥याएर उपचार गराइरहेका छन् । टिपर धनी सुनिल पौडेलका अनुसार टिपर चालकको नाम अर्जुन कार्की हो । उनी सम्पर्कविहीन छन् । प्रहरीले टिपर चालकलाई पक्राउ गर्ने प्रयास नगरेको आरोप घाइते आफन्तहरूको छ । घाइते शाक्यको अवस्था सुधारोन्मुख रहेको चिकित्सकहरूले जनाएका छन् ।
यसैबीच काठमाडौं महानगरपालिका–१६ सोह्रखुट्टे उकालोमा बा. ३ ख ७५७९ नम्वरको बालुवा लोड गरेको टिपर गएराति पल्टदा सड्क छेउमा पार्किङ गरि राखको बा. १ ज ८८७३ नम्वरको ट्याक्सी माथी पर्दा ट्याक्सी चालक काभ्रे नागरेगर्गचे–४ घर भएका २१ बर्षीय श्याम बहादुर प्रधान च्याँपिएर घाइते भएकोले उपचारको लागी शिक्षण अस्पताल महाराजगंज पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको छ । फरार टिपर चालकको प्रहरीले खोजतलास गरिरहेको छ ।

















