नयाँ भिसा नदिन ट्रम्पको आदेश

162

न्युयोर्क÷ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मुस्लिम बाहुल्य रहेका ६ देशका नागरिकलाई नयाँ भिसा नदिने आदेश जारी गरेका छन् । ट्रम्पले सुडान, सिरिया, इरान, लिबिया, सोमालिया र यमनका नागरिकलाई नयाँ भिसा नदिने आदेशमा हस्ताक्षर गरेको बीबीसीले जनाएको छ । तर, यसअघि भिसा वा ग्रिन कार्ड लिइसकेका ती देशका नागरिकमाथि भने रोक लगाइएको छैन । भिसा र ग्रीन कार्ड भएकाहरु अमेरिका जान पाउने छन् । गएको जनवरीमा जारी गरिएका आदेशमा यो सूचीमा इराकलाई राखिएको भए पनि अहिले भने राखिएको छैन । राष्ट्रपति ट्रम्पले जारी गरेको नयाँ आदेश यही मार्च १६ तारिखदेखि लागू हुनेछ । यो आदेश ९० दिनका लागि जारी गरिएको हो । यसअघि मुस्लिम बाहुल्य रहेका राष्ट्रका नागरिकलाई रोक लगाएको भन्दै ट्रम्पको निर्देशनको सर्वत्र विरोध भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here