काठमाडौं÷ गोविन्द गौतमको हत्याको विरोधमा कञ्चनपुरमा जनसागर नै सडकमा उर्लियो । गौतमको शव ¥यालीले हत्याराहरुको मुटुमा पक्कै पनि ढ्यांग्रो ठोकेको हुनुपर्दछ । सबै जातजाति र वर्गका मानिसले हातहातमा नेपाली झण्डा बोकेर राष्ट्रियताको पक्षमा नारा लगाउँदै भारतीय विस्तारवादको विरोध गरेका थिए । भारतीय सुरक्षाकर्मीको गोली प्रहारबाट ज्यान गुमाएका गौतमको शवयात्राका क्रममा जनसागर उर्लिएपछि सडक रंगीन बनेको छ ।
गौतमको गत आइतबार कञ्चनपुरस्थित दोदा नदीमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरियो । उहाँको पार्थिक शरीरमा नेपाली झण्डा ओढाउनुका साथै नेपाल प्रहरीले ११ तोपको सलामी दिएको थियो । प्रहरीको सलामीपछि गौतमका पार्थिक शरीरमा उहाँका ७३ वर्षीय पिता खिमलाल गौतमले दागबत्ती दिनुभएको थियो । अन्त्येष्टिका क्रममा महिला, वृद्धवृद्धा, बालबालिकाको उल्लेख्य सहभागिता थियो ।


















