काठमाडौं÷ नेपालमा भएको राजनीतिक परिवर्तनपछि सरकारले अपनाएको गलत राजनीतिका कारण गैरनागरिकलेहरुले पनि नेपाली नागरिकता लिने गरिरहेको फेला परेका छन् । विगतकालमा तराई क्षेत्रका विभिन्न जिल्लाहरुबाट भारतीय नागरिकहरुले नक्कली विवरण पेश गरी नेपाली नागरिकता लिएका र कारबाहीमा परेका घटनाहरु पटक–पटक पर्दाफास हुँदै आएका छन् । हालै मात्र जिल्ला प्रशासन कार्यालय बाराले १२ जनाले नक्कली विवरण पेश गरी नेपाली नागरिकता लिएको ठहर गर्दै उनीहरुको नागरिकता खारेज गरेको छ ।
नौ जनाले आफैँ नागरिकता परित्याग गरेका छन् । झुठो विवरण पेस गरी नेपाली नागरिकता लिनेहरु बारा गोलागञ्ज–२ निवासी लक्ष्मीनारायण जैसवालको छोराहरु सुरेशशरण जैसवाल, शंकरशरण जैसवाल, पिप्राढी–४ शिवशंकर साहका छोरा रिपुकुमार साह, मधुरीजब्दी ४ रामचन्द्र ठाकुर लोहारका बुहारी रिझण ठाकुरका पत्नी सरस्वती देवी, प्रस्टोका १ अलिदिन मियाको छोरा मोसाफिर मिया, महेन्द्रआदर्श ८ पासपत पासवानको छोरा उपेन्द्रकुमार पासवानको नागरिकता खारेज भएको छ । त्यसैगरी, दोहरी १ भरत पुडासैनीका छोरा अभिशेष पुडासैनी, पिप्रासिमरा ६ मनहरी फुँयालका छोरा माधव फुँयाल शर्मा, प्रस्टोका २ शेष नसुकदिनका छोरा शेष ओहब, नाम ठेगाना नभएका जनक दुबे, वशिष्ठ दुबे र सुदिपकुमार दुबेको नागरिकता खारेज गरिएको जनाइएको छ ।
यसैगरी, भारत, अमेरिका, दुबई, बेलायतलगायतका वैदेशिक रोजगारमा ग्रिनकार्ड प्राप्त भएर उतै बस्नेहरुले आफैँ नेपाली नागरिकता परित्याग गरेका छन् ।
परित्याग गर्नेहरुमा कनपा–८ सन्तोष सर्राफ, सोही वडा निवासी बिन्दुदेवी सर्राफ, बगही–२ सुकेश कुमार, हरिहरपुर– ७ बबलुकुमार यादव, कनपा–१० रवीन्द्रकुमार साह, कनपा–४ भवानीपुर टोलका अरुणकुमार कण्ठ, दहियार–१ का गोपालप्रसाद यादव, फूलबरिया ८ सन्फुलवा टोलका जीतेन्द्र यादव, पुरैनिया–९ का भालामिया अन्सारी रहेका छन् ।

















