एनसीसीमा राष्ट्र बैंक पुनः प्रवेश

121

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी)मा पुनः नेपाल राष्ट्र बैंक प्रवेश गरेको छ । यसअघि पनि राष्ट्र बैंकले एनसीसीको व्यवस्थापन आफ्नो हातमा लिएको थियो । राष्ट्र बैंकका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाको संयोजकत्वमा एनसीसीको व्यवस्थापन चलेको थियो ।

पछिल्लो समय बैंक सञ्चालकहरूको विषयलाई लिएर राष्ट्र बैंक र सीआईबीमा उजुरी परेपछि राष्ट्र बैंक एनसीसीमा प्रवेश गरेको हो । एनसीसीमा तत्कालीन एपेक्स डेभलपमेन्ट बैंकसहित इन्टरनेशनल डेभलपमेन्ट बैंक, इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक, सुप्रिम डेभलपमेन्ट बैंक मर्ज भएका थिए । तर, एपेक्सका कारण बैंक समस्यामा परेको हो । एपेक्समा नक्कली ऋणी खडा गरेर खोला र बगर धितो लिएर १८ करोड रूपैयाँभन्दा बढी कर्जा प्रवाह भएपछि समस्या उत्पन्न भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here