आठ पत्रकारहरू राज्यबाट सम्मानित

221

काठमाडौं ÷ निष्पक्ष, उत्तरदायी, व्यवसायिक, खोजमूलक र विश्लेष्णात्मक पत्रकारिताको माध्यमबाट राष्ट्रिय हितको प्रबद्र्धन र जनतालाई सुसूचित गराउन योगदान पु¥याएका पत्रकार वा आमसञ्चार माध्यमसम्बन्धी संस्थालाई प्रोत्साहन र सम्मानस्वरूप हरेक वर्ष नेपाल सरकारबाट वरिष्ठ पत्रकार सम्मान र राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गरिंदै आएकोमा यस वर्ष सूचना तथा सञ्चार मन्त्रालयले ४ जनालाई वरिष्ठ पत्रकार सम्मान र ४ जनालाई राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गरेको छ । जसअनुसार वरिष्ठ पत्रकार सम्मानबाट सम्मानित हुनेहरूमा मदनमणि दीक्षित, काठमाडौं, नारायणप्रसाद शर्मा दाङ, कृष्णा ताम्राकार काठमाडौं र विश्वबन्धु भण्डारी तनहुँ हुनुहुन्छ भने राष्ट्रिय पत्रकारिता पुरस्कारबाट सम्मानित हुनेहरूमा गणशेखर शर्मा, काठमाडौं, शिवबहादुर कार्की मोरङ, सिराज खान नेपालगञ्ज र गजेन्द्र बुढाथोकी उदयपुर हुनुहुन्छ ।

राष्ट्रिय पत्रकारिता पुरस्कार र वरिष्ठ पत्रकार सम्मान सिफारिश गर्न सूचना तथा सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङको संयोजकत्वमा प्रेस काउन्सिल नेपालका अध्यक्ष, नेपाल पत्रकार महासंघका अध्यक्ष, विज्ञ तथा पत्रकारहरू निमकान्त पाण्डे, गंगा पौडेल (बराल), जीवराम भण्डारी सदस्य र सूचना तथा सञ्चार मन्त्रालयका सहसचिव सदस्यसचिव रहेको पुरस्कार सिफारिश समिति गठन भएको थियो ।

यही वैशाख २४ गते सञ्चार मन्त्रालयमा आयोजित एक कार्यक्रममा पुरस्कारबाट सम्मानित पत्रकारहरूलाई जनही २ लाख रूपैयाँ नगद र सम्मानपत्रसहित सूचना तथा सञ्चार मन्त्री सुरेन्द्रकुमार कार्कीबाट सम्मानित गरियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here