प्राधिकरणका अधिकृत सुन तस्करीमा

142

काठमाडौं÷ नेपाल नागरिक उड्डयन प्राधिकरणका आठौँ तहका अधिकृतसहित दुई जना ४० तोला सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । कतार एयरवेजको विमान हुँदै कतारको दोहाबाट काठमाडौं आइपुगेका यात्रु मनिष रिमाल विमानस्थलबाट ओर्लिएलगत्तै प्राधिकरणका अधिकृत किशोरकुमार खत्रीले रिमालको सो सुन आफ्नो साथमा लिएका थिए । विमानस्थल भन्सारका प्रमुख नारायण सापकोटाले शङ्कास्पद गतिविधि देखिएपछि भन्सारका कर्मचारीलाई खत्री माथि निगरानी राख्न लगाएका थिए । यात्रुहरू जाँच कक्षमा पुगेलगत्तै खत्रीलाई प्राधिकरणका कर्मचारीले नियन्त्रणमा लिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here