एमालेको विजय अभियानको सकारात्मक पक्ष

151

देशभक्त बन्न सबै दलका नेतालाई सन्देश मिलेको छ

काठमाडौं/ गिरिजाप्रसाद कोइरालाको असामयिक निधनपछि सुशील कोइरालाले नेपाली कांग्रेस पार्टीको बागडोर सम्हाल्ने जिम्मेवारीसँगै सरकारको नेतृत्वसमेत गर्ने अवसर पाएका थिए । कोइरालाले नपत्याउँदो तरिकाबाट पार्टीको नेतृत्व र सरकार नेतृत्व कुशलतापूर्वक सम्हालेर आफ्नो कार्यकाल सम्पन्न गरेका थिए । सुशील कोइरालाको आकस्मिक र शंकास्पद निधनपछि पार्टीको बागडोर सम्हाल्ने मौका पाएका शेरबहादुर देउवालाई सरकारको नेतृत्व गर्ने अवसर पनि जुरेको छ । यसपटकको सरकारको नेतृत्व गर्ने अवसर देउवालाई चौथोपटक प्राप्त भएको हो । दुईपटकसम्म पूर्वराजा ज्ञानेन्द्रबाट ‘असक्षम’ ठहर गर्दै प्रधानमन्त्री पदबाट पदच्यूत गर्ने काम भएको थियो । पूर्वराजा ज्ञानेन्द्रबाट असक्षम ठहर गरिएका देउवाले दशवर्षे सशस्त्र युद्ध लडेर आमूल परिवर्तनको अभियानमा लागिरहेका प्रचण्डबाट सफलताको पगरी गुथ्न पाउँलान् त भन्ने प्रश्न जताततै सुन्न पाइन्छ ।
सत्ताखेलमा माहिर मानिने देउवा माओवादी केन्द्रको सहयोगमा चौथोपटक प्रधानमन्त्री बन्न पुगेका छन् । उनकै नेतृत्वमा स्थानीय तहको दोस्रो चरणको निर्वाचन सम्पन्न भएको छ । दोस्रो चरणको निर्वाचनमा नेपाली कांग्रेसले प्राप्त गरेको मत परिणामप्रति कांग्रेसभित्रैतीव्र असन्तुष्टि बढेको छ । सरकारको नेतृत्व पार्टीका सभापतिले गरिरहेको अवस्थामा पार्टीको तर्पmबाट उम्मेदवार बनेका व्यक्तिहरूको विरुद्धमा पार्टीपंक्तिबाटै प्रचार भएका घटनाहरू छताछुल्ल भएका छन् । यस्तो गतिविधिले नेपाली कांग्रेस पार्टीलाई राजनीतिक हैसियतमा निकै तल पु¥याउने सम्भावना बढाएको छ । शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि लगत्तै दोस्रो चरणको निर्वाचनमा उम्मेदवार तोक्ने काम भएको थियो । उम्मेदवार तोक्ने क्रममा पार्टी सभापतिले स्थानीय पार्टीको सिफारिशलाई भन्दा आफ्ना नजिकका मानिने व्यक्तिहरूलाई उम्मेदवार बनाउने काम गरेकाले पार्टीमा व्यापक असन्तुष्टि बढायो । जसको परिणामस्वरूप नेपाली कांग्रेसका उम्मेदवारहरूले जित्नुपर्ने ठाउँमा पनि पराजय भोग्नुपरेको स्थितिले पार्टी सभापति शेरबहादुर देउवाको आलोचना तीव्र भइरहेको छ ।
पछिल्लोपटक प्रधानमन्त्री भएपछि शेरबहादुर देउवाले राम्रो काम गर्लान् भन्ने आशा सर्वत्र देखिन्थ्यो । परन्तु प्रधानमन्त्रीको पदमा आसिन भएदेखि नै देउवाले पार्टीपंक्तिलाई असन्तुष्ट बनाउने काम गरिरहे । जसको परिणाम स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा देखिएको छ । देउवालाई प्रधानमन्त्री बनाउन सहयोग पु¥याएको माओवादी केन्द्रको तर्पmबाट मन्त्री बनेका नेताहरू आफ्नो काममा कुशलतापूर्वक प्रस्तुत भइरहेका छन् । खासगरी उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा र गृहमन्त्री जनार्दन शर्मा दुवै जनाले देउवा नेतृत्वको सरकारलाई लोकप्रिय बनाउने कसरत गरिरहेका छन् । नेपाली कांग्रेसकै तर्पmबाट मन्त्री बनेका नेताहरूले भने आफ्नो कार्यकुशलता प्रदर्शन सकेको पाइएको छैन । स्थानीय तहको निर्वाचन परिणामले मन्त्रीहरूमा पनि निराशा छाएको जस्तो देखिएको छ ।
यसैबीच स्थानीय तहको निर्वाचनलाई तीन चरणमा गराउन बाध्य पार्ने शक्ति मधेस केन्द्रित राजनीतिक दल राजपाले शेरबहादुर देउवालाई समर्थन फिर्ता गर्ने चेतावनी दिएको छ । राजपाको यस्तो चेतावनीपछि प्रधानमन्त्री देउवाले राजपाका नेता महन्थ ठाकुरसँग गोप्य मन्त्रणा गरेका छन् । देउवा–महन्थ गोप्य मन्त्रणालगत्तै महन्थ ठाकुर लैनचौरस्थित भारतीय दूतावासमा छिरेको समाचार प्रचारमा आएको छ । यो स्थितिले राजपाको नेतृत्व भारतीय दूतावासको रिमोट कन्ट्रोलबाट सञ्चालित भइरहेको चर्चालाई पुष्टि गरेको छ । राजपाका संयोजक महन्थ ठाकुरसँग प्रधानमन्त्री देउवाले आफ्नो नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता नगर्न अनुरोध गरेपछि फिर्ता गरौं या नगरौं भनी राय बुझ्न नेता महन्थ भारतीय दूतावास पुग्नु लज्जाजनक स्थिति हो । नेपालको आन्तरिक मामिला नेपालकै नेताहरूबीचको संवादको विषय हो । संवादबाट जस्तासुकै समस्या पनि समाधान हुन सक्दछन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको अवस्थालाई पटक्कै ध्यान नदिएको आरोप लगाइरहेको अवस्थामा उनीमाथि सत्ता टिकाउने चुनौती पनि आइपरेको छ । स्थानीय तहको निर्वाचनमा प्रमुख प्रतिपक्षी दलले प्राप्त गरेको सफलताबाट पनि कांग्रेस पार्टीको अवस्था नाजुक देखिन्छ । सत्तामा रहेर चुनाव गराउँदा मात्र सफल भइन्छ भन्ने सोचाइलाई सत्ता बाहिर रहेर र छिमेकी देशको हस्तक्षेप विरुद्ध खुला रूपमा प्रस्तुत भएर निर्वाचनमा होमिएको नेकपा एमाले पार्टीको निरन्तर विजयले नेपालका राजनीतिक दलहरूलाई राष्ट्रिय स्वाधीनताप्रति सचेत बन्न सुखद सन्देश भने प्रवाह गरेको छ । यो निर्वाचन परिणामले नेपाली कांग्रेसको स्थितिलाई कमजोर तुल्याउने मात्र नभई शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको योजनाबद्ध गठबन्धनलाई समेत चुनौती दिएको छ र राष्ट्रिय स्वाधीनताको सवालमा कमजोर मनस्थिति बनाएर प्रस्तुत हुने राजनीतिक दल र नेताप्रति नेपाली जनताको विश्वास रहँदैन भन्ने सन्देश पनि स्थानीय तहको दुवै चरणको निर्वाचन परिणामले दिएको छ । जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here