सबै क्षेत्रमा महिलाको उपस्थिति बढाउन जरुरी

139

राज्यलक्ष्मी शाक्य 

नेपालको कुल जनसंख्यामा पुरुषभन्दा महिलाको संख्या बढी छ । तर, हरेक क्षेत्रमा महिलाको उपस्थिति भने शून्य छ । हालै मात्र मिस नेपालको फाइनल चरणमा मिस नेपालका प्रतिस्पर्धीहरूलाई नेपालको आर्थिक विकासमा महिलाको भूमिका कस्तो हुने विषयमा प्रश्न सोधिएको थियो । त्यसमा सबैभन्दा राम्रो उत्तर दिए मिस नेपाल बन्न सफल भएकी निकिता चन्दकले महिलालाई पनि पुरुषले जस्तै आर्थिक क्षेत्रमा योगदान गर्न सक्ने बनाउनुप¥यो भनेर जवाफ दिएकी थिइन् । उनले भनेजस्तै अहिले नेपालको आर्थिक विकासमा जसरी पुरुषहरूले योगदान गरिरहेका छन् त्यसरी नै योगदान दिनसक्ने ठूलो संख्याको महिला जनशक्ति भने उपेक्षामा परेको छ । उनीहरूले पनि राज्यलाई योगदान दिन सक्छन् । अवसर पाए नेपालको आर्थिक क्षेत्रमा नेतृत्वकारी भूमिका निर्वाह गर्न सक्छन् भनेर उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाबाट पनि सिक्न सकिन्छ ।
तर, एक÷दुई महिला नेतृत्वकारी भूमिकामा पुगे भन्दैमा सबै महिलाको अवस्थामा सुधार आयो भनेर सोच्नु गलत हुन्छ । किनभने अझै पनि नेपालका दूरदराजका महिलाहरूको अवस्था दयनीय नै छ । उनीहरूको पुरुषहरूको आयआर्जनको आश गरेर बस्नुपरिरहेको छ । त्यस्तै, उनीहरूलाई विभिन्न तालीम तथा अवसरको पनि खाँचो रहेको छ । उनीहरूलाई तालीम दिएर मात्र हुँदैन, काम गर्न लगानी, वातावरण र प्रोत्साहनको पनि खाँचो छ ।
राज्यमा विभिन्न क्षेत्रमा महिलाको उपस्थिति बढाउन अहिले आवश्यक छ । त्यसका लागि राज्यले प्रोत्साहनको वातावरण निर्माण गर्न जरुरी छ । अहिले राजनीतिक क्षेत्रमा ३३ प्रतिशतको व्यवस्था गरिएको छ भने लोकसेवा आयोगमा पनि महिलाको लागि आरक्षणको व्यवस्था गरिएको छ । यो सकारात्मक कुरा हो । तर, जबसम्म महिलालाई राजनीतिक नेतृत्व सक्षम बनाउने प्रयास हुँदैन अथवा लोकसेवा लड्नसक्ने रूपमा महिलालाई शिक्षित बनाइँदैन तबसम्म यी आरक्षण पनि केवा योजनामा मात्र सीमित हुन्छ । त्यसकारण महिलाको पहिलो प्राथमिकता शिक्षा हुनुपर्छ । राज्यले पनि महिलाका लागि सहज रूपमा शिक्षाको पहुँच बढाउन सकिन्छ । त्यसका लागि कलेज लेभलमा नै महिलालाई निःशुल्क अथवा निश्चित प्रतिशत छात्रवृत्तिको व्यवस्था किन नगर्ने ? राजनीति जस्तै, पत्रकारिता, उद्यम, सेवा क्षेत्रहरूमा महिलाका लागि निश्चित कोटा प्रणाली किन विकास नगर्ने ? यदि त्यस्तो व्यवस्था नगर्ने हो भने महिला विकासको हाम्रो योजना फगत नारामा मात्र सीमित हुन्छ । महिलाहरूको विकासका लागि गरिने खर्चको पनि कुनै महत्व हुनेछैन र अबका केही वर्षपछि हामीले खाली महिलालाई पुरुष समान सोच्न र व्यवहार गर्न आग्रह गर्दै गरेको अवस्था हुनेछ ।
हामीले केवल देशको आर्थिक समृद्धि नभएको कुरामा बहस गर्छौं । कसरी आर्थि विकास गर्न सकिन्छ भनेर योजनाहरू पनि बनाउँछौं । तर, राज्यको अर्थतन्त्रमा ठूलो उथलपुथल ल्याउन सक्ने महिलाशक्तिको विकासमा भने नाक खुम्च्याउँछौं । महिला पनि गर्न सक्छन् र भनेर पूर्वाग्रही मानसिकता बोक्छौं । महिलामैत्री कार्यालय, विद्यालय, कलेज, सार्वजनिक स्थान बनाउनेतर्फ हाम्रो ध्यान कत्ति पुनि पुग्न सकेको छैन । पुरुषजस्तै महिलालाई आर्थिक समृद्धिको ठूलो हिस्साको रूपमा जहिलेसम्म हामी लिँदैनौं तबसम्म आर्थिक विकासको विषय बहस मात्र बन्नेछ ।
rajyalaxmishakya@gmail.com

जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here