अर्थतन्त्रमा महिला उद्यमीहरूको भूमिका

415

राज्यलक्ष्मी शाक्य

गत महिना मकवानपुरको हेटौंडामा ‘नेपालको अर्थतन्त्रमा महिला उद्यमीहरूको भूमिका तथा नेपाली महिला उद्यमीहरूको प्रवद्र्धनसम्बन्धी राष्ट्रिय अन्तत्र्रिmया कार्यक्रम’ सम्पन्न भयो । नेपाल उद्योग वाणिज्य महासंघ, महिला उद्यमी विकास समिति र मकवानपुर उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा हेटौंडामा अन्तक्र्रिया भएको थियो । असार २३ र २४ गते भएको दुई दिने कार्यक्रम ३७ बुँदे प्रतिबद्धतापत्र जारी गर्दै सम्पन्न भएको थियो ।
पछिल्लो समय अर्थतन्त्रमा महिलाहरुको सहभागिता चौतर्फी चर्चाको विषय बनेको छ । देशको जनसंख्याको आधा हिस्सा ओगटेको महिला जनशक्तिको नेपाली अर्थतन्त्रमा योगदान भने अत्यन्त न्यून नै देखिएको छ । यसले गर्दा पनि नेपालको आर्थिक वृद्धिदर सोचेअनुरुप हुन सकिरहेको छैन । यो समयमा महिलाको आर्थिक अवस्था सुधार्ने तथा उनीहरुलाई उद्यमशील बनाउने विषय अहं रहेको छ । उक्त अन्तक्र्रियामा पंक्तिकार पनि सहभागी हुने मौका पायो । पंक्तिकार स्वयं उद्यमी भएका कारण पनि त्यो अन्तक्र्रिया मेरा लागि अत्यन्त महत्वपूर्ण रह्यो । अन्तक्र्रियाबाट धेरै कुरा जान्ने, बुझ्ने र आफ्ना धारणाहरु साटासाट गर्ने मौका पाइयो । त्यसका लागि आयोजकप्रति धन्यवाद ज्ञापन गर्न चाहन्छु ।
१ सय २० जना महिला उद्यमीहरु सहभागी रहेको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका सम्पूर्ण जिल्ला उद्योग वाणिज्य संघहरुको प्रतिनिधित्व र ३९ वटा उद्योग वाणिज्य संघहरुको प्रत्यक्ष सहभागिता रहेको थियो । महिला उद्यमीहरुको बृहद् सहभागितामा काठमाडौं बाहिर सम्पन्न यो कार्यक्रम ऐतिहासिक रहन गयो । महिला उद्यमीका धारणा, समस्या तथा समाधानका उपायबारे पनि छलफल भयो ।
अन्तक्र्रियापश्चात् ३७ बुँदे प्रतिबद्धतापत्र पनि सार्वजनिक भएको छ । प्रतिबद्धतापत्रमा महिलाहरुका लागि विशेष करलगायत उद्योग स्थापनामा ५० प्रतिशत सम्मको छुट, व्यावसायिक तालिम, संविधानमा महिलाहरुका लागि विशेष व्यवस्था रहेको धारा ५१, ५२, ५९ को १ को संवैधानिक व्यवस्थालाई समेत व्यावहारिक रुपमै लागू गर्न सरकारलाई ध्यानाकर्षण लगायतका बुँदाहरु उल्लेख गरिएका छन् । औद्योगिक नीति २०६७ ले पनि महिला उद्यमीहरुको लागि विशेष सहुलियतको व्यवस्था गरेको छ भने औद्योगिक व्यवसाय ऐन २०७३ मा समेत महिलाहरुको लागि सुविधा रहेको छ । ती विषयमा पनि अन्तक्र्रिया भएको थियो ।

कार्यक्रममा महासंघको महिला उद्यमी समितिका सभापति कमला श्रेष्ठले घरघरमा उद्यमशीलता प्रवद्र्धन गर्न नसकेसम्म देश विकास अगाडि बढ्न नसक्ने बताउनु हुँदै महासंघले मुलुकभर महिला उद्यमशीलता प्रवद्र्धनलाई विशेष रुपमा अगाडि बढाएको र यो कार्यक्रम पनि यसैको निरन्तरता भएको स्पष्ट पार्नुभयो । साथै उहाँले हेटौंडा घोषणापत्रलाई अक्षरशः कार्यान्वयनका लागि महासंघले सम्बन्धित निकायमा बारम्बार दबाब दिने प्रतिबद्धतासमेत जनाउनु भयो ।
जारी प्रतिबद्धतापत्रमा मुलुकको आर्थिक क्रान्तिमा महिलाको समान सहभागितालाई सुनिश्चित गर्दै आर्थिक रूपमा आत्मनिर्भर बनाउन महिला उद्यमशीलताको विकास गर्न अनिवार्य भएको तथ्यप्रति विश्वास राख्दै यससम्बन्धी कार्यक्रमहरू अगाडि बढाउने उल्लेख गरिएको छ । त्यस्तै, समाजमा लामो समयदेखिको असमान व्यवहार एवं कुरीतिकोे चपेटामा परेका र सशक्तीकरण कार्यक्रम, उपयुक्त शिक्षा र जागरणबाट वञ्चित नेपाली महिलाहरूलाई आजको प्रतिस्पर्धात्मक समाजमा व्यावसायिक क्रियाकलापहरूतर्फ उन्मुख गराई सोतर्फ प्रोत्साहित गर्न गराउन सरकार र समाजलाई सहजीकरण तथा समन्वयीकरण गर्र्ने पनि प्रतिबद्धतापत्रमा उल्लेख गरिएको छ ।
महिला उद्यमीहरूको विकास, विस्तार एवं प्रवद्र्धनका लागि सञ्चालन गर्नुपर्ने नीति तथा कार्यक्रमहरूबारे व्यापक छलफल भई प्राप्त सुझाव एवं धारणाहरू महिला उद्यमीहरूको विकास, विस्तार एवं प्रवद्र्धनको लागि अत्यन्त उपयोगी भएको, सहभागीहरूको सुझाव एवं धारणाहरू अनुरूप नेपालको अर्थतन्त्रको सुधारका लागि महिलाहरूको उद्यमशीलता विकासमा गम्भीरतापूर्वक पहल गर्नु अपरिहार्य भएको महसुस कार्यक्रम आयोजनापश्चात् गरिएको छ । महिला वर्ग केन्द्रित उद्योग व्यवसायको विकासमा सरकार, व्यावसायिक संघसंस्था, गैरसरकारी संघसंस्था, सहकारी संघसंस्था, दातृनिकायहरू र सबै सरोकारवाला निकायहरूबाट आवश्यक पाइला चाल्नुपर्ने अन्तक्र्रियाबाट देखिएको छ ।
यसरी अर्थतन्त्रमा महिलाको भूमिकालगायत विषयमा बृहत् अन्तक्र्रिया हुनु सकारात्मक पक्ष हो । यसले भोलिको नेपालको भविष्यलाई पनि समुन्नत बाटोमा डोहो¥याउनेमा कसैको दुईमत छैन । तर, अन्त्यमा कुरा आएर रोकिने सरकारी इच्छाशक्ति नै हो । सरकारले यदि चासोपूर्वक महिला वर्गको उत्थानमा लागे यो सम्भव पनि छ । तर, त्यसो भन्दै गर्दा हामी उद्यमी महिलाहरु पनि सक्रिय र आफ्नो अधिकारप्रति सजग हुन आवश्यक छ ।

-स्वाभिमान नेपाल मासिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here