ग्लोबल आईएमई बैंक राजस्व संकलन सेवामा

233

काठमाडौं/ ग्लोबल आईएमई बैंकले चारवटा आन्तरिक राजस्व कार्यालय लाहान, जनकपुर, धरान र तुल्सीपुर दाङको राजस्व संकलन सेवा सुरु गरेको छ । लाहान, जनकपुर, धरान र तुल्सीपुर दाङमा रहेका आन्तरिक राजस्व कार्यालय परिसरमा काउन्टर स्थापना गरी राजस्व संकलन सुरुआत गरेको जनाएको छ । यसअघि बैंकले यातायात व्यवस्था कार्यालयहरु गण्डकी अञ्चलको पोखरा, नारायणी अञ्चलको वीरगञ्जमा पनि राजस्व संकलन गरिरहेको जनाएको छ । देशका हरेक क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु¥याउने उद्देश्यले बैंकले आफ्ना ११ शाखा, ११४ एटीएम, ५ वटा एक्स्टेन्सन काउन्टर, ४६ वटा शाखारहित बैंकिङ सेवामार्फत सात लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here