एनसेलको ‘डबल सापटी’ अफर

227

काठमाडौं । एनसेलका ग्राहकमाझ लोकप्रिय रहेको सापटी सेवाअन्तर्गत प्रिपेड ग्राहकले अब अझै बढी रकम सापटी लिन सक्ने भएका छन् । सापटी सेवा सञ्चालन गरेको ५ वर्ष पूरा भएको उपलक्ष्यमा एनसेलले ‘डबल सापटी’ योजना ल्याएको छ । योजनाअन्तर्गत अब ग्राहकले उही सेवा शुल्कमा ४० रूपैयाँ सापटी लिएर दूरसञ्चार सेवा प्रयोग गर्न सक्नेछन् ।
यो योजना बुधवारदेखि लागू हुनेछ । सापटी सेवाअन्तर्गतको रकममा वृद्धि गरी दोब्बर बनाइए पनि ग्राहकले पुरानै सेवा शुल्क २ रूपैयाँ (करबाहेक)मा यो सेवा लिन सक्ने एनसेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । मेन ब्यालेन्स ५ रूपैयाँभन्दा कम भएको अवस्थामा लिन सकिने गरी एनसेलले सन् २०१२ देखि सापटी सेवा प्रदान गर्दै आइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here