युवतीको मोबाइल नम्बर छानी छानी खरिदविक्री हुन्छ । युवतीको मोबाइल नम्बर पाएर के गर्ने ? किन खरिद गर्ने, बेच्नेले पनि किन बेच्ने ? भन्ने लाग्ला । तर यस्तो ठाउँ छ जहाँ युवतीको मोबाइल नम्बर भटाभट खरिदविक्री हुन्छ । त्यो पनि सुन्दरता र शालिनता हेरेर फरक फरक मूल्यमा । राम्री युवतीको मोबाइल नम्बर धेरै मूल्यमा र अलि कम राम्रीको कम मूल्यमा बिक्री हुन्छ । यस्तो विचित्रको ठाउँ हो भारतको उत्तर प्रदेश जहाँ खुलेआम रूपमा युवतीको मोबाइल नम्बर खरिदविक्री हुने गरेको छ ।
मोबाइल रिचार्ज गर्ने ठाउँबाट यसरी युवतीको मोबाइल नम्बर बिक्री भइरहेको प्रहरीले पत्ता लगाएको छ । पसलमा मोबाइल रिचार्ज गर्न आउने युवतीको नम्बर टिप्दै राख्ने र तिनै पसलेले राम्री युवतीको नम्बरलाई बढी मूल्यमा गाउँका युवाहरूलाई बेच्ने गरेको पाइएको हो । युवाहरू पनि राम्री युवतीलाई मिस्डकल गर्न, मायाजालमा पार्न र दुःख दिन यसरी मोबाइल नम्बर किन्न लालायित हुने गरेको प्रहरीको निष्कर्ष छ ।