माओवादी केन्द्रको केन्द्रीय सचिवालय वैठक वीरगन्जमा

333

पर्सा। नेकपा (माओवादी केन्द्र)को केन्द्रीय सचिवालय वैठक पर्साको वीरगन्जमा सुरु भएको छ ।बैठकमा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नारायणकाजी श्रेष्ठ ‘बादल’लगायत शीर्ष नेताहरु तथा केन्द्रीय सचिवालय सदस्यहरुको उपस्थिति रहेको छ ।

बैठकमा २ नम्वर प्रदेशको स्थानीय तहको निर्वाचन, उम्मेदवार छनोट, आगामी संघ र प्रदेशको निर्वाचनको तयारी लगायतका विषयमा छलफल हुने बताइएको छ ।भर्खरै माओवादी केन्द्रमा प्रवेश गरेका नेताहरु नेताहरु देवेन्द्र पौडेल, रामचन्द्र झा, रामकुमार शर्मा, रामेश्वर राय यादव, पासांग शेर्पा, बलावती शर्मा, परशुराम तामांग लगायतका नेताहरुको पनि सहभागिता रहेको रहेका छन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here