चितवनमा भेटिए आठ जना डेँगु रोगका बिरामी

348

चितवन । पछिल्लो दुई महिनाको अबधिमा चितवनमा आठ जनामा डेँगुको संक्रमण देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय भरतपुरले जनाएको छ ।
चितवनको खैरहनीमा शुक्रवार आयोजित डेँगुरोग नियन्त्रण सम्बन्धी अन्र्तक्रियामा कार्यालयले साउन महिना यता जिल्लामा आठ जनालाई डेँगु देखिएको कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले जानकारी दिए।

रत्ननगरमा मात्र गतवर्ष ४८२ जनामा डेँगु रोग लागेको थियो। पछिल्लो दुई महिनामा डेँगु रोग निकै कम भएपनि डेँगुको संक्रमण सुरु भएको केसीले बताए।

खैरहनी, राप्ती,गैंडाकोट,प्रेमबस्ती र रत्ननगरका विरामीमा डेँगुराग देखापरेको छ। गत वर्षमात्र चितवनमा ६सय ८७ जनालाई डेंगु संक्रमण भएको थियो।

पूर्वी चितवनको खैरहनीमा डेँगु रोगको महामारी फैलिन नदिन भदौं २६, २७ र २८ गते लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान चलाईने जानकारी कार्यक्रममा दिइयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here