निर्वाचन खर्चिलो र भड्किलो बन्दै–अध्यक्ष दाहाल

180

हेटौँडा ः नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले निर्वाचन खर्चिलो र बोझिलो बन्दै गएको बताउनुभएको छ ।

हेटौँडामा आज आयोजित पत्रकारसम्मेलनमा अध्यक्ष दाहालले अहिलेको निर्वाचनले आर्थिक अराजकता ल्याउन सक्ने खतरा रहेको औल्याउँदै सबै चुनाव समानुपातिक प्रणालीबाट गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

उहाँले पाँच वर्षसम्म स्थिर सरकार चलाउने व्यवस्था भए राजनीतिक स्थिरता कायम भई आर्थिक उन्नतितर्फ मुलुकको ध्यान केन्द्रित गर्न सकिन्छ भन्दै इमान्दरिताका साथ काम गर्ने हो भने देशमा तीव्र आर्थिक विकास गर्न सकिन्छ भन्नुभयो ।

यसैबीच आजै जिल्ला समन्वय समिति मकवानपुरका संयोजक रघु खुलालले प्रदेश नं. ३ को राजधानी हेटाँैंडा बनाउन माग गर्दै अध्यक्ष दाहाललाई ज्ञापनपत्र बुझाउनुभयो ।

ज्ञापनपत्रमा हेटौँडामा क्षेत्रीयस्तरका सरकारी कार्यालय प्रशासन, सुरक्षा निकायका लागि आवश्यक भौतिक पूर्वाधार र तराईसँग निकट र बीच भागमा रहेको भौगोलिक कारणले पनि ३ नं. प्रदेशको राजधानी बनाउन हेटौडा उपयुक्त रहेको उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here