तलेजु मन्दिरमा भक्तजनहरुको भिड

444

काठमाडौं / हनुमानढोका दरवार क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिर शुक्रबार सर्वसाधारणका लागि खुला गरिएको छ । तलेजु भवानीको मन्दिर हरेक वर्ष आश्विन शुक्ल नवमीका दिन मात्र सर्वसाधारणको लागि खुल्ला गरिन्छ । वर्षमा एक दिन मात्रै खुल्ला हुने तलेजु भवानीको दर्शनका लागि शुक्रबार बिहान २ बजेदेखि नै श्रद्धालु भक्तजनको मन्दिर परिसरमा लाइन लागेको थियो ।

वर्षमा एक दिन मात्रै खुल्ने र देवीहरुको महादेवीको रुपमा शक्तिशाली शक्तिपीठ मान्दै आएकाले पनि तलेजु भवानीको दर्शनका लागि धेरै भन्दा धेरै भक्तजनहरुको भिड हुन्छ ।

बिहान ५ बजेदेखि साँझ ६ बजेसम्म मात्रै मन्दिर सर्वसाधारणका लागि खुल्ला रहने गर्दछ । राती ९ बजेपछि विशेष पूजा गरिने भएकाले ८ बजेसम्म मन्दिर पूरै खाली गर्नुपर्ने भएकाले साँझ ६ बजेसम्म मात्रै सर्वसाधारणले पूजा गर्न पाउँछन् ।

राती ९ बजे पछि नवकुमारी गणेश, भैरव तथा जीवित देवीको रुपमा मानिने कुमारीसहित गरिने क्षमा तथा तान्त्रिक पूजामा सर्वसाधारणलाई प्रवेश निषेध गरिएको हनुमानढोका विकास समितिले जनाएको छ ।
विशेष प्रकारको तान्त्रिक विधिले पूजा गरिने भएकाले तलेजु भवानीको मन्दिर रहस्यमय मानिन्छ । प्यागोडा शैलीमा बनेको यो मन्दिर बनाउन मल्लकालमा ४० बर्ष लागेको किम्बदन्ती रहेको छ । तलेजु भवानीलाई देवीहरुको महादेवी भनी महाशक्ति पीठको रुपमा पूज्ने गरिन्छ ।

विशेष गरी काठमाडौंका नेवार सम्प्रदायले तलेजु भवानीको पूजालाई धेरै महत्वका साथ लिएको पाइन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here