सरकार निर्वाचन सार्ने षड्यन्त्रमा लागेको एमालेका भातृसंगठनको आरोप

166

काठमाडौं । नेकपा एमालेसँग आवद्ध विभिन्न भातृसंगठनले निर्वाचको मुखमा आएर प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गरेर निर्वाचन सार्ने षड्यन्त्रमा लागेको आरोप लगाएका छन्।

प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत, युवा संघ नेपालका अध्यक्ष राजीव पहारी, अनेरास्ववियुका अध्यक्ष नविना लामा र लोकतान्त्रिक खेलकुद महासंघ अध्यक्ष पुरुषोत्तम पौडेलले आज सयुक्त प्रेस विज्ञप्ति प्रकाशित गरी प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तार गरेर निर्वाचनलाई पर धकेल्ने षड्यन्त्रमा लागेको आरोप लगाएका हुन्।

चुनावको मुखमा सरकार शान्ति सुरक्षा कायम गर्न असफल देखिएको छ, विज्ञप्तिमा भनिएको छ– “चुनाव सार्न सक्ने मनसायकासाथ निर्वाचन आचार सहिंताविपरीत मन्त्रिपरिषद् विस्तार गर्ने काममा सरकार लागिपरेको छ ।”

“कुनै पनि वहानामा चुनाव सार्ने षड्यन्त्र नगर्न र संविधानलाई संस्थागत हुन नदिने देशी विदेशी प्रतिक्रियावादी शक्तिको योजनाअनुसार काम नगर्न हामी सरकारलाई सचेत गराउन चाहन्छौं,” विज्ञप्तिमा उल्लेख गरिएको छ।र

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here