युद्धकालका क्षणहरूलाई सम्झाउने चुनावी अभियान

222

 डा. दीपेन्द्र रोकाया
चुनावी अभियानमा जनताका बीच पुग्दा कता–कता युद्धकालको सम्झना आउँदोरहेछ । युद्धकालमा घुमेका गाउँहरू, बसेका घरहरू र जनतासँग भावना साट्दै गरेका क्षणहरू सम्झँदा आज आपूm अल्मलिएको यात्रुजस्तो हुनुपरेको अनुभव हुँदोरहेछ । युद्धकालको वर्गीय भावना जगाउने घटनासँगै एउटा प्रसंग याद आयो– प्रसंगवश, सुरेश र जैमल दाइले भाइ रेशमले गरेको एउटा फर्जी कामको खुलासा गरिदिनुभयो । म अपठ्यारोमा परें । के भनुँ के नभनुँ भयो । काकाले पनि कर गरेपछि मैले एउटा सर्तमा भन्न बाध्य भएँ । काका गम्भीर हुनुभयो । घटनाक्रम सुनेर जानकी बहिनीले ‘ददा, दादाको व्यवहारले हामी सबैलाई उस्तै नठान्नुहोला,’ भन्नथाल्दा म थप घाइते बनें । ‘यी ददा, मनका दुःख कुरा गरुँ भन्या यो एकै बसाइमा सम्भव हुनेनै कुरा त धेरै गर्न मन थियो । धेरै सल्लाह, सुझाव लिन मन थियो । तर, यो छोटो भेटघाट भएकाले क्या भनुँ क्या नभनुँ हुन्छ ? जानकारीले मनको गाँठो खोल्ने प्रयास गरेको देखें । काकाले कुरो स्पष्ट पार्दै भन्नुभयो, ‘कुरा स्पष्ट छ, पोहोर रेशमको समस्या पार गरियो, अहिले जानकी पार्नेछिन्, त्यस्तै आगु मेरै पर्ने हो जस्तो छ लाटा । अब के हुने हो, त्यही गरुँला । आङ्खनो ख्याल राम्रो गर्नु ।’

 
मैले गर्ने सम्भावित सहयोग र भन्ने कुरा राखें । आवश्यक विश्वास दिलाउने प्रयास गर्दै । राति एक बज्यो । सुत्न गयौं ।
बुवाले भन्नुभयो, ‘छोराबुहारी बाइजान्या (हिंड्ने) छन् । दिउँसो वन–जंगल डाँडाकाँडा हेरुँला । मान्छे भेटिए बोलुँला, अमन काटुँला । रात परेपछि कोही हुने होइनन् । हुक्कासँग बोलुँला ।’ दिउँसो देखिएका र भेटिएकासँग र राति हुक्कासँग कुरा गरेर हाम्रो झझल्को कम गर्ने ‘आइडिया’ निकाल्दै हुनुहुन्छ बुवा । पुनः भन्नुभयो, ‘सबैका दुईजना हुन्छन् । गुँड खोज्छन् । गुँड खोजेर घर आएका छोराबुहारी पार्टी योजनाअनुसार जान्या भया । म एक्लो यही घरमा बइन्या छु ।’ उहाँका भनाइ आफैंमा भावुकखालका छन् । जैमल दाईले क्यामेरा ल्याउनुभयो । धेरै आफन्तसँग बसेर फोटो खिच्यौं । गाउँभरिका आफन्तजन हाम्रो बिदाइ कार्यक्रममा आउनुभयो । हामीले हतारमा खाना खायौं । झोला मिलायौं । गाउँलेको बीचमा पुग्दा फूलमाला, दुबो र पातीसाथ प्रत्येकले दैचावले बटुको ल्याउनुभएको देख्यौं । नेकपा माओवादीका जिल्ला सदस्य कमरेड हंस रोकाया ‘विशाल’ले बिदाइ मन्तव्य राख्नुभयो । त्यसपछि मैले आङ्खनो मन्तव्य राखें ।

 

प्रियजनहरू,
हामी आउँदा तपाईंहरूले आत्मीयता देखाउनुभयो । हामी यहाँका बासिन्दा हुनुले, नयाँ नेपालका सहयात्री हुनुले र नाफाको जिन्दगी लिएर हिंडेका भाइ, छोरा, बुहारी हुनुले अनुभव सुन्न आउनुभयो । यसबीचमा निकै धेरै भावना साटेका छौं तर पनि कमै भएजस्तो लाग्दै छ । आज छुट्टिदै छौं । यो छुटाइ सदाका लागि होइन । तपाईहरू जस्तै प्रियजनका माझमा तपाईं हामीजस्तै उत्पीडित नेपाली जनताको मुक्तिका लागि आङ्खनो कार्यक्षेत्रतिर लाग्दै छौं । भलै, हाम्रो कार्यक्षेत्र तपाईंहरूभन्दा धेरै टाढा छ । संसारका बारेमा बुझ्न र बुझेपछि बदल्ने काम गर्नु खास मानवको कर्म हुनुपर्छ । तपाईंहरू हिउँदका लागि अन्नपात सम्हाल्न कात्तिकको काममा व्यस्त हुनुहुन्छ । आमा मरे पनि सुपोले छोपेर काम गर्ने समयमा तपाईंहरू हाम्रो बिदाइ कार्यक्रममा सरिक हुनुभएको छ । सर्वप्रथम, यो सद्भावका लागि तपाईंहरू सबैलाई धन्यवाद ।
पाकिस्तानमा भूकम्प गएपछि हाम्रो गाउँठाउँमा तीनपटक भूकम्प भइसक्यो । यसले भविष्यमा के–कति असर पर्ने हो ? थाहा छैन । तर, भू–गर्भशास्त्रीहरू चिन्तित छन् । यहाँ पाठामा महारोग फैलिएको छ । अब हुम्लाका ट्रकको भविष्य अन्योलमा छ । उनीहरू नबाँचे नुन केबाट ल्याउने ? समस्या थपिंदै छ । गाँस, बास, कपासको पीडा आङ्खनो ठाउँमा छ । शिक्षा, स्वास्थ्य र रोजगारको कुरा पनि छन् । विकास कुन चराको नाम हो भन्ने अवस्था छ । यसै असमानता मेट्न हामी जनयुद्ध लडिरहेका छौं । यो लडाइँ देश र जनताको मुक्तिका लागि हो । अन्ततः यो लडाइँ सारा संसारका सर्वहारा वर्गका निम्ति प्रेरणाको स्रोत बन्दै छ ।

 
लडाइँको भीषण चरणमा हामी घर भेटघाटमा आयौं । घर भेटघाटका क्रममा धेरै अनुभव साटिसकेका छौं । पार्टी र क्रान्तिका विषयमा थुप्रै भ्रम, थुप्रै अज्ञानता, थुप्रै नयाँ काम र थुप्रै चुनौतीकाबीचमा रहेका सम्भावनाका बारेमा बहस पनि गरिसक्यौं । पार्टीले ध्यान दिनुपर्ने कुरा ग¥यौं । ग्रामीण वर्गसंघर्षको ऐतिहासिक गाउँ रादेउलाई पार्टीले कहिल्यै बिर्सन सक्तैन । जीवनमा हामीले केही उपेक्षा, केही अपमान, केही हौसला जे बटुलेका छौं, ती सबैलाई हेर्दा क्रान्ति आवश्यक छ र क्रान्तिबिनाको भविष्य अन्धकार नै छ भन्ने निष्कर्ष निकाल्न पुगेका छौं । हुम्लाको वर्गसंघर्षको नमूना बेन्नु रादेउलाई कसले बिर्सन सक्छ र ? यहाँबाट सबैलाई नयाँ सन्देश के दिन जरुरी छ भने क्रान्ति चाहन्छौं, हाम्रो जीवन क्रान्तिकारी बनिरहोस् ।

 
पार्टीमा हामी लड्नका लागि लेख्छौं, लेख्नका लागि लडिरहेका छौं । यो अधिकार प्राप्तिको लडाइँ हो । अधिकार प्राप्त गर्न आ–आङ्खनो क्षेत्रमा लडाइँ लड्नुपर्छ । हामी कलमले लडिरहेका छौं । परम्परागत बन्दुकको सत्ता ढाल्न हामीहरू यतिबेला क्रान्तिको अग्रिम मोर्चामा रहेर कलमबाट इतिहासले एकै फायरमा लाखौं दुश्मनका मन, मस्तिष्कसँग लड्न परिरहेको छ । यो घर भेटघाट भने पनि यतिबेला हामी जनताबाट सिक्न आएका थियौं । हामी हाम्रो जन्मथलोमा घर बिदाका रूपमा विनाहिच्किचाहट तपाईंहरूबाट केही कुरा सिकेका छौं, यी सिकेका कुरा पार्टी र क्रान्तिका लागि महत्वपूर्ण शिक्षा हुनेछन् ।

 
विगतका वर्षहरू राजधानी काठमाडौंमा बसेर वैधानिक रूपमा क्रान्तिको काम गरिरहेका थियौं, त्यसपछि पाँच÷सात पटक सरकारी अपहरण, एक वर्षको जेलनेलपछि म पूर्वेली जनताको बीचमा ‘आवाजविहीनहरूको आवाज, जनआवाज घन्काउन रेडियो जनगणतन्त्र नेपाल पूर्वी प्रसारण सेवाको सेक्रेटरीमा कार्यरत छु । हुम्लाको यो कुवाबाट नेपाल हेर्दै जानेक्रममा पूर्वसम्म पुगेको छु । तपाईंहरूको यो छोरोले आत्तिने, मात्तिने र तात्तिने सिद्धान्त र कार्यशैलीको विरोध गर्छ । मबाट कहीँ–कतै पनि वर्गप्रति धोका हुने छैन । तपाईहरूले मबाट गर्नुभएको अपेक्षा पूरा गर्न हरतरहले लागि रहनेछु ।                                                                                                       (- जनधारणा साप्ताहिक)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here