सार्कमा एक्लिादै भारत

137

छिमेकीहरूसाग के हुन् विवाद ?

               –निमकान्त पाण्डे
हाम्रो देश नेपाल छिमेकी देश भारतका शासकहरूको गिद्धे दृष्टिका कारणबाट विकासको बाटोमा अघि बढ्न सकिरहेको छैन । भारतका कारणबाट नेपाल मात्र नभएर भारतसाग सीमा जोडिएका सबै देशहरू पीडित भइरहनु परेको छ । भारतलाई छिमेकी देशहरूको पीडामा मनोरञ्जन मिल्छ सायद ! त्यसैले छिमेकीहरूलाई पीडा दिने काममा भारतका शासकहरू ब्रिटिशकालीन भारतका शासकहरूकै चरित्र अवलम्बन गरिरहेका छन् ।
सन् १९४७ देखि प्रत्येक वर्ष ५ फरवरीको दिन पाकिस्तानले भारत प्रशासित जम्मु र कश्मीरका जनताको समर्थनमा ऐक्यबद्धता दिवस मनाउने गर्छ । पाकिस्तानभित्र मात्र नभई विश्वभर बस्ने पाकिस्तानीले उक्त दिनमा जम्मु र कश्मीर विवादको ऐतिहासिक परिप्रेक्ष्यका विषयमा अन्तक्र्रिया कार्यक्रम गर्दै आएका छन् । यो वर्ष पनि ५ फरवरीका दिन भारत प्रशासित जम्मु कश्मीरका जनताको अधिकार, उनीहरूको आत्मनिर्णय एवं संयुक्त राष्ट्रसंघको संकल्पको निश्चितता हुनुपर्ने लगायतका विषयमा पाकिस्तानीहरूले आवाज उठाएका छन् ।
विगत ७ दशकदेखि जम्मु र कश्मीरका जनताले आफ्नो आत्मनिर्णयको अधिकारका पक्षमा आवाज उठाउादै आएका छन् । जवाफमा भारतले उनीहरूमाथि निरन्तर सैन्य दमन गर्दै आएको छ । परिणाम लाखौा जम्मु कश्मीरका जनताले ज्यान गुमाइरहेका छन्, लाखौा अंगभंग भएका छन् भने त्यत्तिकै संख्यामा महिलाहरू भारतीय सैनिकबाट बलात्कृत भइरहेका छन् । संयुक्त राष्ट्रसंघले कश्मीर विवाद टुंग्याउदै कश्मीरी जनतालाई आत्मनिर्णयको अधिकार दिनुपर्ने निर्णय गरेपनि संयुक्त राष्ट्रसंघको सदस्य मुलुक भारतले यस विषयलाई निरन्तर बेवास्ता गर्दै आएको छ । भारतले पाकिस्तानको बलुचिस्तानमा समेत सक्रियता देखाउने गरेको छ । चाइना–पाकिस्तान इकोनमिक करिडोरको केन्द्र बचुचिस्तानलाई अशान्त बनाउन ऊ निरन्तर लागिरहेको छ । भारतले बलुचिस्तानमा खटाएका गुप्तचर अधिकारी कुलभूषण यादव हाल पाकिस्तानको नियन्त्रणमा रहेबाट भारतको छिमेकी प्रतिको कुदृष्टि स्पष्ट हुन्छ । मृत्युदण्डको सजाय पाएका यादवलाई केही समय अघि मात्र पाकिस्तान सरकारले परिवारसाग भेट्ने अवसर दिएको थियो ।
हालैका दिनमा अर्काे छिमेकी देश माल्दिभ्समा राजनीतिक संकट उत्पन्न भइरहेको छ । त्यहााको सर्वाेच्च अदालतको आदेशपछि राष्ट्रपति अब्दुल्ला यामिनले संकटकाल घोषणा गरेका छन् । माल्दिभ्स संकट उनीहरूको आन्तरिक समस्या भए पनि भारतले यसलाई नजिकबाट हेरिरहेको र आवश्यक परे सैन्य हस्तक्षेपका लागि आफ्नो सेना तयारी हालमा रहेको समेत भारतले जनाएको छ ।
सन् १९८८ मा माल्दिभ्समा भएको सैन्य विद्रोह दबाउन पनि भारतले आफ्नो सेना माल्दिभ्समा पठाएको थियो । उसले त्यतिबेला आफ्ना सेनामार्फत त्यहााको सैन्य विद्रोहलाई दबाएको पनि थियो । उसको पछिल्लो संकेत पनि १९८८ मा जस्तै भारतीय सेना माल्दिभ्स पठाउन सक्ने भन्ने नै हो । तर यस पटक भारतीय संकेतलाई बुझेर चीनले पनि प्रतिक्रिया जनाउादै माल्दिभ्स संकट उनीहरूको आन्तरिक विषय भएकाले त्यसमा बाह्य हस्तक्षेपको आवश्यकता नभएको जनाएको छ । भारततर्फ इशारा गर्दै चिनियाा विदेश मन्त्रालयका प्रवक्ता गेङ शुआङले माल्दिभ्समा उत्पन्न समस्या उनीहरूको आन्तरिक मामिला भन्दै कसैको हस्तक्षेप आवश्यक नभएको प्रतिक्रिया चेतावनीका रुपमा दिएका छन् । उनीहरूको समस्या आन्तरिक छलफलबाटै समाधान हुने भन्दै प्रवक्ता शुआङले अन्तर्राष्ट्रिय समुदायलाई माल्दिभ्सको सम्प्रभूताको सम्मान गर्न आग्रहसमेत गरेका छन् । उनले त्यहाा हुने कुनै पनि किसिमको हस्तक्षेपले स्थिति थप जटिल हुनसक्ने जनाएका छन् । चीनको प्रतिक्रिया आएलगत्तै भारतले माल्दिभ्समा १९८८ मा जस्तै सहजै सैन्य हस्तक्षेप गरिहाल्ने परिस्थिति देखिादैन । पछिल्लो समय माल्दिभ्समा बढिरहेको चिनियाा लगानी भारतका लागि टाउको दुखाइको विषय बन्दै गइरहेको छ ।
यी त केवल हालैका दिनमा दुई छिमेकी मुलुकप्रति भारतको रवैयाका कारण देखिएका प्रतिनिधि घटना मात्र हुन् । भारतका त्यस्ता कुनै पनि छिमेकी मुलुक छैनन् जुन भारतबाट प्रताडित नभएका होउन् ।
भारतको लगभग सबैजसो छिमेकी मुलुकसाग असमझदारी देखिन्छ । कतिपय स्वतन्त्र मुलुकलाई आफैसाग गाभ्ने र त्यस्तो हुन नसकेको खण्डमा आन्तरिक कलह सिर्जना गरिदिने र आफ्ना स्वार्थ लाद्ने भारतको पुरानै प्रवृत्ति हो । जस्तो २६ अप्रिल १९७५ मा तत्कालीन स्वतन्त्र मुलुक सिक्किमलाई भारतले आफ्नो २२आौ राज्यका रूपमा विलय गराएको घटना, सन् १९४९ मा भूटानको विदेश नीतिलाई आफूअनुकूल सञ्चालन गर्ने सन्धिमा हस्ताक्षर गर्न भूटानलाई बाध्य बनाएको घटना होस् वा नेपालको तराई गाभ्ने कुत्सित योजना, यसले भारत छिमेकी मुलुकप्रति कति धेरै दुराशय राख्छ भन्ने पुष्टि गर्छ ।
भारतको संरक्षित राज्यका रुपमा रहेको भूटानकै कुरा गर्दा सन् २०१२ जुनमा चीनका तत्कालीन प्रधानमन्त्री वेन जियावाओ र तत्कालीन भूटानी प्रधानमन्त्री जिग्मे योसर थिन्लेका बीच भेट भएको थियो । भेटमा चिनियाा प्रधानमन्त्री वेनले शान्ति र सहअस्तित्वका पााच सिद्धान्तका आधारमा चीन भूटानसाग औपचारिक रूपमा सम्बन्ध विस्तारका लागि इच्छुक देखिएको जनाएका थिए । त्यसलगत्तै अगस्ट २०१२ मा चिनियाा उपप्रधान तथा विदेश मन्त्री फु इङ दुई देशबीच कूटनीतिक सम्बन्ध विस्तारका लागि छलफल गर्ने भन्दै थिम्पु पुगेका थिए । तर त्यसबाट असन्तुष्ट बनेको भारतले भूटानमा रहेका आफ्ना राजदूत असफल भएको भन्दै राजदूत पवनकुमार बर्मालाई राजीनामा दिन बाध्य पारेको थियो । भूटानले चीनसाग सम्बन्ध गाास्न खोजेको भन्दै भारतले भूटानमा दोस्रो चरणको निर्वाचन हुनुभन्दा पहिले भूटानलाई दिादै आएको अनुदान कटौती गरेको थियो । त्यस्तै पेट्रोल, ग्यास तथा केरोसिनमा दिादै आएको अनुदानलाई समेत कटौती गरिदिएको थियो, जसले गर्दा तत्कालीन भूटान सरकार समस्यामा पर्‍यो । भारतीय खेलका कारण तत्कालीन सत्तारुढ दलले निर्वाचनमा असफलता व्यहोर्नुपर्‍यो । अन्तत: तत्कालीन भूटानी प्रधानमन्त्री थिन्लेको आफ्नै तहबाट भूटानले अन्तर्राष्ट्रिय समुदायसाग जोड्न खोजेको कूटनीतिक सम्बन्धको प्रयास सफल हुन पाएन ।
सन् १९७५ मा सिक्किम मर्जरलगत्तै भारतले नेपालको तराईलाई समेत भारतमा गाभ्ने योजना बनाएको थियो । भलै त्यो योजना तत्काल भारतमा लागेको आपतकाल र तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीको शर्मनाक चुनावी पराजय पछि असफल भएको थियो । त्यसयता पनि भारतले नेपालको सानोसानो विषयमा समेत हस्तक्षप गर्दै आएको छ । भारतीयहरूकै भाषामा भन्दा नेपालमाथि भारतले विगत लामो समयदेखि ‘माइक्रो म्यानेजमेन्ट’ गर्दै आएको छ । नेपालको शासन व्यवस्थामा मात्र नभएर नेपालको ठूलो भूमि समेत भारतले अतिक्रमण गर्दै आएको छ ।
तराईसाग जिल्ला जोडिएका २६ जिल्लामध्ये २३ जिल्लामा भारतले नेपाली भूमि अतिक्रमण गरिरहेको छ । भारतसाग सीमा जोडिएका २३ जिल्लाका विभिन्न ७१ स्थानमा भारतले सीमा अतिक्रमण गरेको सीमाविद् बुद्धिनारायण श्रेष्ठको भनाइ छ । करिब १४ वर्ष पहिले विभिन्न ५४ स्थानमा अतिक्रमण भएकोमा हाल यो संख्या बढेर ७१ पुगेको छ । श्रेष्ठका अनुसार भारतले हालसम्म कुल ६० हजार ६ सय ६२ हेक्टर नेपाली भूमि अतिक्रमण गरिसकेको छ । यसमध्ये सबैभन्दा बढी दार्चुला जिल्लाको व्यास गाविसमा ३७ हजार हेक्टर जमिन भारतले अतिक्रमण गरेको छ भने नवलपरासीको सुस्तामा १४ हजार पााच सय हेक्टर नेपालीभूमि भारतले अतिक्रमण गरेको छ । भारतले नेपालको भूमि अतिक्रमण गरेका प्रमुख स्थानहरूमा कालापानी, सुस्ता, टनकपुर, पशुपतिनगर, लुना नदी, लक्ष्मणपुर बााध, महाली सागर बााध, सारदा बााध र कोइलाबास दाङ लगायतका स्थानहरू रहेका छन् । पछिल्लो पटक वीरगञ्जको छपकैयामा समेत नेपालको ५० बिगाहा जमिन भारतमा गाभिएको घटना सार्वजनिक भएको छ । सीमास्तम्भ राख्ने क्रममा नेपाली लालपुर्जा भएको र नेपालीहरूले भोगचलन गर्दै आएको उक्त जमिन भारतमा परेको हो । तर यसमा नेपालकै नापी विभागका कर्मचारीहरूले समेत उक्त जग्गा नेपालको हो भन्न सकिरहेको देखिादैन ।
भारतले वि.सं. २०७२ मा बनेको नेपालको नयाा संविधानमा आफ्नो महत्वपूर्ण भूमिका खोजेको थियो । तर नेपाली पक्षले भारतीय भूमिकालाई अस्वीकार गरिदिएपछि नाकाबन्दीको चरणसम्म पुग्यो । त्यसयता भारतले नेपालमा आफ्नो प्रभाव गुम्दै गएको ठानिरहेको छ । त्यसैले ऊ निरन्तर नेपाललाई पुरानै अवस्थामा लैजान प्रयासरत छ । पछिल्लो पटक भारतीय विदेशमन्त्री शुष्मा स्वराजको नेपाल भ्रमण त्यसैको निरन्तरता हो भन्ने कुरा छर्लङ्ग छ ।
सन् १९७१ मा पूर्वी पाकिस्तान टुक्र्याएर बंगलादेश बनाउन सहयोग गरेको भारतको सम्बन्ध बंगलादेशसाग पनि सुमधुर छैन । बंगलादेशलाई स्वतन्त्र सेना नबनाउन दबाब दिएको भारतले त्यो प्रस्ताव स्वीकार नगर्दा १५ अगस्ट १९७५ मा आफैले पाकिस्तान टुक्र्याउन प्रयोग गरेका सेख मुजीवर रहमानको हत्या गरेको आरोप लाग्ने गरेको छ । पछिल्लो समय बंगलादेशमा चिनियाा लगानी वृद्धि भएसागै भारतले बंगलादेशमा पनि थप आफ्ना स्वार्थलाई पूरा गराउन घनीभूत ढंगले लागिरहेको छ ।
त्यसैगरी सन् १९७६ मा श्रीलंकामा तमिल टाइगर लिट्टेको बीजारोपण भारतले नै गरेको आरोप लाग्ने गरेको छ । श्रीलंकालाई लामो समयसम्म गृह युद्धमा धकेलेर आफ्नो स्वार्थ लाद्न खोज्ने भारतले तत्कालीन राष्ट्रपति महेन्द्र राजापाक्षले तमिल टाइगर विद्रोहीलाई सिध्याएपछि सन् २०१५ मा भएको राष्ट्रपतीय निर्वाचनमा भारतले राजापाक्षलाई हराउन गुप्तचर संस्था रअको परिचालन गरेको आरोप लगाइन्छ । लिट्टेको अन्त्यसागै चीनसागको सम्बन्ध विस्तारमा महत्वपूर्ण उपलब्धि हासिल गरेका राजापाक्ष आफू अनुकूल नभएपछि भारतको निशानामा परेका थिए । भारतको बुझाइमा राजापाक्षले श्रीलंकामा भएको गृहयुद्धमा तमिल टाइगरहरूलाई परास्त गर्न चीनबाट हात हतियारलगायतका सैन्य सहयोग लिएको भन्ने थियो ।
भारतको तिक्तता तथा सीमा विदाद साना छिमकी मुलुकसाग मात्र होइन, विश्व शक्तिको रुपमा उदाउादै गरको चीनसाग पनि उत्तिकै छ । चीन र भारतकाबीच सीमा जोडिएका दर्जनौा ठाउामा सीमा विवाद छ । गत वर्षमात्र दोक्लाम सीमा विवादका कारण दुई मुलुकबीच युद्धको अवस्था सिर्जना भएको थियो । उक्त विवाद पनि भारत र चीनका बीचमा भन्दा पनि भूटानको सीमा क्षेत्रलाई लिएर भारतले चीनसाग विवाद गरेको थियो । तर पछि भारत आफौ पछि हट्न बाध्य बनेको थियो । अमेरिका र जापानको समेत सहयोगमा दोक्लाम विवादमा चीनलाई तर्साउन खोज्ने भारतीय रणनीति असफल भएपछि भारत आफौ पछि हटेको थियो ।

 

चिनियाा उपस्थितिले कमजोर बन्दै भारत
लामो समयदेखि शक्तिको आडमा कमजोर छिमेकी मुलुकप्रति आफ्नो प्रभूत्व कायम गर्दै आएको भारत पछिल्लो समय भने केही कमजोर हुादै गएको छ । सीमा जोडिएका छिमेकी मुलुकहरूमा सूक्ष्म व्यवस्थापन गर्ने तथा भूमिमा समेत अतिक्रमण गर्दै आएको भारतले पछिल्लो समय छिमेकी मुलुकको आन्तरिक मामिलामा जनाउने उपस्थिति भने कमजोर हुादै गएको छ । भारतले आफ्नो प्रत्यक्ष उपस्थिति जनाउादै आएको नेपाल पछिल्लो पटक नाकाबन्दीयता भारतको प्रभावबाट धेरै हदसम्म मुक्त भएको छ । एउटा स्वतन्त्र देशको संविधानमा आफ्नो उपस्थिति नभएको भन्दै नाकाबन्दी गरेको भारतले नेपालको विश्वास गुमाएको छ । पछिल्लो समय नेपालमा चिनियाा उपस्थितिले पनि भारतलाई पहिले जस्तै खेल्न असहज बन्दै गएको छ ।
भारतसागै सीमा जोडिएका श्रीलंका, बंगलादेश र माल्दिभ्समा समेत चिनियाा उपस्थिति सशक्त हुादै गएको छ । भारतीय व्यवहारबाट आजित भएका तीन मुलुकमा पछिल्लो समय चिनियाा लगानी पनि बढिरहेको छ भने कूटनीतिक सम्बन्धसमेत सुमधुर हुादै गइरहेको छ । पछिल्लो माल्दिभ्स संकटमा समेत भारतीय पक्ष कमजोर देखिएको छ भने वर्तमान सत्तापक्ष (जो चीनसाग निकट भएको मानिन्छ) हावी भएको देखिन्छ । राजनीतिक संकटकै बीचमा म्यानमारका राष्ट्रपति यामीनले चीन, पाकिस्तान र सउदीमा विशेष दूत पठाएका छन् । यसले माल्दिभ्सलाई आफ्नो पञ्जामा रहेको ठान्ने भारतका लागि ठूलो धक्का लागेको छ । पाकिस्तानसाग भारतको सम्बन्ध कहिल्यै सुमधुर भएन । पछिल्लो समय चीन र पाकिस्तानकाबीच इकोनमिक करिडोरलगायतका ठूला परियोजनामा साझेदारी बन्दै गएपछि भारतले आफूलाई थप असुरक्षित ठान्दै गइरहेको छ । कतिसम्म भने भारतको संरक्षित राज्यका रुपमा रहेको भूटानले समेत भारतको चाहनालाई मान्न छाडेको छ । भारतले पाकिस्तानमा हुन लागेको १९औं सार्क शिखर सम्मेलनलाई बहिष्कार गर्दै बीबीआइएन मुलुकका बीचमा मोटर भ्याइकल्स एग्रीमेन्ट सम्बन्धी योजना लागू गर्न खोजेको थियो । पाकिस्तानलाई एक्लो बनाएर सार्क मुलुकभित्रकै बंगलादेश, भूटान, भारत र नेपालकाबीचमा भारतले छुट्टै योजना बनाएको थियो । तर, भूटानको माथिल्लो सदन नेशनल काउन्सिलले १५ नोभेम्बर २०१६ मा भारतीय प्रस्ताव अस्वीकार गरिदियो । भारतकै संरक्षित राज्य ठानिएको भूटानले समेत भारतीय प्रस्ताव अस्वीकार गरिदिएपछि भारतलले अन्य छिमेकी मुलुकमाथिको आफ्नो प्रभाव कमजोर हुादै गएको महसुस गर्नु परिरहेको छ । यसका पछाडि दक्षिण एशियामा चिनियाा उपस्थिति हो भन्ने कुरामा भारत स्वयम् सहमत देखिन्छ ।
यसरी छिमेकी देशहरूमाथि आफ्नो दासत्व लाद्न खोज्ने भारतले विश्वास गुमाउने अवस्थाबीच आफ्नै देशभित्रका प्रदेशहरू स्वतन्त्रताको लडाइामा उत्रिादा दमन गर्दै जनविरोधी र मानवअधिकारविरोधी कित्तामा उभिनु पर्ने बाध्यता भारतीय शासकहरूमाथि आइपरेको छ ।
भारतको सेना यसरी पुगेको थियो माल्दिभ्समा
माल्दिभ्सका राष्ट्रपति मौमुन अब्दुल गयुम ३ नोभेम्बर, १९८८ मा भारतको भ्रमण गर्ने योजनामा थिए । उनलाई लिनका लागि भारतीय विमान दिल्लाबाट माल्दिभ्सको राजधानी मालेका लागि उडेको थियो । विमान आकाशमै थियो, त्यतिबेला नै भारतका प्रधानमन्त्री राजीव गान्धी अचानक चुनावको सिलसिलामा दिल्लीभन्दा बाहिर जानु पर्‍यो ।
राजीव गान्धीले गयुमसाग कुरा गरेर के निश्चित गरे भने उनी पछि कुनै समयमा फेरि भारत आउने छन् । तर गयुमकाविरुद्ध विद्रोहको योजना बनाएका माल्दिभ्सका व्यापारी अब्दुल्ला लुथुफी र उनका साथी सिक्का अहमद इस्माइल मानिकले विद्रोह स्थगित नगर्ने निश्चय गरे । पहिलो, राष्ट्रपति गुयम मालेमा नभएको समयमा विद्रोहको सुरुवात गर्ने उनको योजना थियो । उनले श्रीलंकाका चरमपन्थी संगठन पिपुल्स लिबरेसन अर्गनाइजेसन अफ तमिल इलमका भाडाका लडाकुलाई पर्यटकको भेषमा स्पिड बोट्सबाट पहिला माले पुर्‍याए । त्यो समयमा माल्दिभ्सका लागि एके बैनर्जी भारतका उच्च आयुक्त थिए । उनी पहिले नै गयुमको निर्धारित भारत भ्रमणको सिलसिलामा दिल्ली आएका थिए ।
एके बेनर्जी सम्झन्छन्, ‘म दिल्लीस्थित आफ्नै घरमा सुतेको थिएा । बिहान करिब साढे छ बजे फोनको घण्टी बज्यो ।’ उनले अगाडि भने, ‘मालेबाट मेरा सचिवले भने, उनी विद्रोही भइसकेका छन् । सडकमा मानिसहरू गोली चलाउादै यताउती घुमिरहेका छन् । राष्ट्रपति गयुम एउटा सुरक्षित घरमा लुकेका छन् र उनलाई बचाउन तुरुन्त सेना पठाउनु भनेर भारतसाग अपिल गरिरहेका छन् ।’
उता विदेश मन्त्रालयमा संयुक्त सचिव कुलदीप सहदेवलाई पनि मालेमा भएको भारतीय उच्च आयोगबाट फोन आयो । उनले तुरुन्त यसको सूचना प्रधानमन्त्री कार्यालयका संयुक्त सचिव रोनेन सेनलाई जानकारी गराए । उनलाई साउथ ब्लगमा हुने आर्मी अपरेसन रुममा हुन गइरहेको उच्च स्तरीय बैठकमा बोलाइयो, जसमा कलकत्ताबाट फिर्ता हुने बित्तिकै प्रधानमन्त्री राजीव गान्धी सहभागी हुादै थिए ।
इन्डियन एक्सप्रेसका सहसम्पादक सुशान्त सिंहले आफ्नो पुस्तक मिसन ओवरसिज : डेयरिङ अफरेसन्स बाई द इन्डियन मिलिट्रीमा लेख्छन् ‘राजीव गान्धी रोनेन सेन र कुलदीप सहदेवसाग मिलिट्री अपरेसन रुममा प्रवेश गरे । गृह उपमन्त्री पी चिदम्बरमले त्यहाा नेसनल सिक्योरिटी गार्ड पठाउने प्रस्ताव गरे तर सेनाले त्यसलाई अस्वीकार गर्‍यो ।’ उनले अगाडि भने– ‘रअ’ प्रमुख आन्द स्वरूप वर्माले मालेको हुलुले एयरपोर्टमा सयौा विद्रोहीले कब्जा गरेको भन्ने सूचना आएको छ । रोनेन सेनले उनलाई चुप बस्न भने । वास्तवमा मालेमा जे भइरहेको थियो त्यसको सत्य सूचना रोनेन सेनसाग थियो ।’
सुशान्त सिंह लेख्छन्, ‘माल्दिभसका विदेश सचिव जकीले आरसीआरमा सीधै फोन गरेका र त्यसलाई सेनले उठाएका थिए । जकीले उनलाई विद्रोहीहरूले घर अगाडिका टेलिफोन एक्सचेन्जमा कब्जा गरेका छन् भनेका थिए । सेनले उनलाई के सल्लाह दिए भने टेलिफोन नराख्नु, फोन राख्नेबित्तिकै टेलिफोन एक्सचेन्जको स्विच बोर्डको बत्ती बन्द हुनेछ । यसबाट विद्रोहीहरूले उनी कसैसाग टेलिफोन गरिरहेका छन् भन्ने थाह ापाउने छन् । यो टेलिफोन १८ घण्टासम्म पूरा अभियान खतम नहुादासम्म क्रेडिलमा राखिएन ।’
आगराको ५० प्यारा बिग्रेडका सैनिकलाई प्यारासुटद्वार मालेमा उतारिने कुरा बैठकमा पहिला नै निश्चित भयो । तर यस योजनामा एउटा समस्या थियो । उनी एक यस्तो ड्रपिङ जोनको खोजीमा थिए, जहाा उनका प्यारासुट तितरबितर भए पनि समुद्रमा नभई जमिनमा रहुन् । उनलाई सुरक्षित उत्रनका लागि १२ वटा फुटबल मैदान जतिको क्षेत्रको आवश्यकता थियो तर मालेमा यो सम्भव थिएन । के कुराको सम्भावना बढी थियो भने प्यारासुट समुद्रमा खस्ने र यस्तो भएमा सेनाहरू तेज बहावको पानीमा आफ्नो प्यारासुट खोल्न नसक्ने र गह्रौ ढुङ्गाजस्तै समुद्रको सतहमा पुग्नेछन् ।
यसकारण यो योजना कार्यान्वयन नगर्ने फैसला भयो । बैठकमा सहभागी भएकाहरूलाई हुलहुले एयरपोर्टको लम्बाइ कति छ भन्ने पनि थाह थिएन । यद्यपि त्यो एयरपोर्ट भने भारतकै एउटा कम्पनीले बनाएको थियो । राजीव गान्धीले रोनेन सेनालाई मालेमा प्लेन उडाएका इन्डियन एयरलाइन्सका पाइलटसाग सम्पर्क गर्नु भनी निर्देशन दिए ।
बैठकपछि उपसेनाध्यक्ष लेफ्टिनेन्ट जनरल रोडरिग्स्ले ब्रिगेडियर फारुक बुल बलसारालाई फोन गरेर प्याराड्रप्सलाई तयार रहन भने । बलसाराले योभन्दा पहिला माल्दिभ्सको नाम पनि सुनेका थिएनन् । उनको इन्टेलिजेन्स अफिसर लाइब्रेरीबाट एक एटलस लिएर आए । यसबाट उनलाई माल्दिभ्स १२ हजार द्विपहरूको एउटा समूह हो, जुन भारतको सुदूर दक्षिण किनाराबाट ७ सय किमि दक्षिण पश्चिममा पर्छ भन्ने थाह भयो ।बुलसाराले आफ्ना दुई अफिसरलाई आगराको पर्यटक केन्ऽमा पठाएर माल्दिभ्सका बारेमा सम्भव भएसम्म जानकारी जुटाउन लगाए । यसबीच ब्रिगेडियर बीपी मलिक (जो पछि सेनाध्यक्षसमेत बने) माल्दिभ्समा भारतीय उच्च आयुक्त एके बेनर्जीलाई सैनिक विमानमा लिएर आगरा गए ।
एके बेनजी भन्छन्, ‘जब म अपरेसन रुममा पुगो त टेबलमा हुलहुल एयरपोर्टको सट्टा गान एयरपोर्टको नक्सा फैलिएको थियो । यो एयपोर्ट मालेबाट ३ सय किमी टाढा थियो । देख्ने बित्तिकै म कराएा, यो गलत नक्सा हो । यति ठूलो अभियानका लागि भारतीय सेनाको तयारी पर्याप्त छैन । बेनर्जीलाई यो कुरा भनेपछि उनी जान तयार भएनन् । बेनर्जी भन्छन्, ‘मैले साथै जानका लागि दुईवटा शर्त राखो । पहिलो तपाईंले यसका लागि विदेश मन्त्रालयबाट अनुमति माग्नुपर्छ । दोस्रो, मलाई एक सेफ्टी रेजर उपलब्ध गराइयोस्, किनकि म सधौ दाढी नकाटी कुनै काम गर्दिना । पहिलो शर्त तुरुन्त पूरा भयो तर दोस्रो शर्त पूरा गर्न राति नै आर्मी क्यान्टिन खोल्न लगाइयो र मेरो लागि सेभिङ किट, टुथ ब्रस र तौलिया निकालियो ।’
विदेश मन्त्रालयका एक उच्च अधिकारी एउटा ठूलो सैनिक अभियानमा भारतीय सेनाको साथ भाग लिइरहेको यो पहिलो मौका थियो । जस्तै छाताधारी सेनाले भरिएको बिमानले आगराको खेरिया एयरपोर्टको रनवेमा गुड्न सुरु गर्यो, त्यसमा बसेका ६ प्याराका सेनाहरूले नारा लगाए ‘छाता माता कि जय ।’ विमान उड्ने बित्तिकै ब्रिगेडियर बुलसारा सुत्न गए । उनले आफ्नो प्यारा कमान्डोको सुरुवातका दिनमा नै कुनै पनि ठूलो अभियानभन्दा पहिला राम्ररी सुत्नुपर्छ भन्ने पाठ सिकेका थिए ।
त्यो विमानमा भएका लेफ्टिनेन्ट जनरल विनोद भाटिया भन्छन्, ‘जब हामी भारतको सीमाभन्दा बाहिर निस्क्यौा, हामीलाई ब्रिटिस एयरवेजको एउटा जहाजले देख्यो र हामी कहाा गइरहेका छौा भन्ने बारे जानकारी दिनु पर्‍यो । सायद यही कारण थियो, बीबीसीले आफ्नो सात बजेको बुलेटिनमा माल्दिभ्सका राष्ट्रिपतिलाई बचाउन भारतले सैनिक अभियान सुरु गर्‍यो भने समाचार प्रसारण गर्‍यो ।’ भारतीय विमान एयरपोर्टमा उत्रिएको बेला आध्यारो थियो । आईएल ७६ विमानमा रोकिएको केही मिनेटमा नै १५० भारतीय सेना र कैयाौ कारहरू बाहिर आए । केही समयपछि अर्को विमान उत्रियो र उसले तुरुन्त एटीसी, जेटी र हवाई पट्टीको उत्तरी र दक्षिणी किनार नियन्त्रण गर्‍यो । एटीसीबाट ब्रिगेडियर बुलसाराले राष्ट्रपति गयुमसाग उनको गोप्य ठाउामा रेडियोबाट सम्पर्क गरे ।
भारतीय सेना सेफ हाउसको नजिक पुग्दा त्यहाा जबरजस्ती गोलाबारी भइरहेको देखे । बुलसाराले राष्ट्रपति गयुमसाग आफ्नो सेफ हाउस बाहिर गार्डहरू तैनाथ गर्न भने । किनकि जब सेना त्यहाा पुग्छन्, उनीहरूलाई सीधा राष्ट्रपति भएको ठाउामा लैजाऊन् । तर माल्दिभ्सका नेसनल सिक्योरिटी सर्भिसका लेफ्टिनेन्टसम्म गयुमको सन्देश पुगेन । गयुमका सुरक्षा बलले भारतीय सैनिकलाई अगाडि बढ्न दिएनन् । बुलसारा गोली चलाउने आदेश दिन तयार थिए तर उनका गार्डले भारतीय सेनालाई अगाडि बढ्न दिए । भारतीय सेना राष्ट्रपति गयुम कहाा पुग्दा बिहानको २ बजेर १० मिनेट गएको थियो । उनले राष्ट्रपतिसाग उनीहरूसाग हुलहुले एयरपोर्ट जान अनुरोध गरे तर उनले त्यहाा जान मानेनन् । उनले नेसनल सेक्योरिटी सर्भिसको मुख्यालय लैजान जोड गरे । ३ बजेर १५ मिनेटमा बुलसारा र एके बेनर्जी एनएसएसको मुख्यालय पुगेपछि त्यो भवनको चारैतिर विद्रोहीका शव छरिएका थिए । भवनमा सयौा गोलीका निशानाले विद्रोहीले सो भवन नियन्त्रण गर्न पूरा कोसिस गरेको बताउाथ्यो ।
ठीक ४ बजे बिहान सेटेलाइट फोनबाट राजीव गान्धीसाग सम्पर्क भयो । रोनने सेनलाई अहिले पनि सम्झना छ, गान्धी त्यो समयमा आफ्नो कम्युटर अगाडि बसेका थिए एक हातले टाइप गरिरहेका थिए, जस्तो उनी सधौ गर्थे । राष्ट्रपति गयुमसाग कुरा गरेपछि मात्र राजीव सुत्न गए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here