सन्दर्भ : भ्यालेण्टाईन डे
पदम श्रेष्ठ
दुई जीउकी उनी, प्रेमीले उपहार स्वरुप दिएको शिशुको पोस्टर, चिठीपत्र,,,
आफूसाग रहेका सबै राम्रा लुगा र केही बाटो खर्च लिएर बस चढिन्,।
धेरै टाढा अनि गहिरो ठूलो नदीमा हाम्फाली आफूलाई समाप्त गर्ने सुरमा ।
,,, उनी त्यो गन्तव्य पुगिन् ,,अनि पुलमाथिबाटै नदीको गहिराइ नियालिन् ।
अनन्तसम्म फैलिएको नदीको दूरीमाथि दृष्टि फैलाइन् ।,,,,
आफ्नो मृत्युका लागि त्यो नदी पनि सानो लाग्न थाल्यो ।
तर किन हो किन, पेटभित्र हुर्कदै गरेको शिशुप्रति उनको आत्मैदेखि अगाध माया जागेर आयो र आफ्नो इहलीला नदीमा समाप्त गर्ने विचार बदलेर टक्क अडिइन् । नयाा किनारको बगरैबगर छेउ, ठूल्ठूला ढुंगाको चेपमा बसी उनी डााको छाडेर रोइन्, धेरै रोइन् । विगतमा आफूले गरेका भूलका दस्तावेज सबै वस्तु उनले नदीमा बगाईन् र पुन: पेटमा हुर्कंदै गरेको शिशुका साथ आफूलाई नदीमा समाहित गर्ने सुर कसिन । आखिर आत्महत्याबाहेक विकल्प पनि केही त थिएन, उनले सोचिन् । कुरो एसएलसीपछिको जीवनबाट शुरु हुन्छ, जीवन बन्ने, भत्कने त्यो किशोरावस्थामा गाउाकै ठालुद्वारा काम र क्याम्पस मिलाइदिने आश्वासनका साथ शहर पुर्याइएकी थिइन् उनी । ठालुले उनीबाट के स्वार्थ पूरा गर्यो, कुरो अज्ञात छ तर उनलाई ठालुले सुागुरको खोर जस्तो कोठा र खानै नपुग्ने भतुवा काम दिएर अलपत्र बनाइदियो । गाउाको खुला आकाशमा चराझैं उडी हिाड्ने उनी ढिाडोफााडो भए पनि पेटभर खाई स्वच्छ हावापानी पिएर हुर्किएकी थिइन् । शहरको अभाव, प्रदूषण एउटै कोठामा सीमित जेलजस्तै लाग्थ्यो उनलाई त्यो वातावरण । यस्तैमा एक दिन भ्यालेन्टाइन हरियो कार्ड लिएर जीवनमा सूर्य किरणरुपी युवकको उपस्थिति हुन्छ । देश–विदेश घुम्दै हिाड्ने त्यो युवकले आध्यारो जीवनमा अलौकिक आशाका जाल फिाजाई उनको अस्मितामाथि खेलवाड गर्यो, जवानीमा पौडियो, ऊ सर्वस्व भएको सोच्न बाध्य तुल्यायो । एक दिन लागू पदार्थको कारोबारको अभियोगमा पश्चिमबाट आएका भ्यालेन्टाइन संस्कृति अर्थात् पश्चिमतर्फ सााझपख सूर्य अस्ताएझैं अस्तायो । यो कुरा उनलाई थाहासम्म भएन । उनी छट्पटाइन्, रोइन, चिच्याइन्, बिस्तारै दुब्लाउादै गइन् । उनको यस्तो अवस्थाप्रति सहानुभूति दिने कोही भएनन् । सूर्य किरणविहीन गुफाजस्तै उनको जीवन अध्याारो, अपूरो र अधुरो बन्न पुग्यो । यसै बीच अर्को भ्यालेन्टाइनमा उनको जीवनमा खट्किएको अभाव पूरा गरिदिन्छु भन्दै धन भएको तर मन नभएको अर्को युवक देखा पर्यो । जीवन ओइलाएको फूल हैन, संघर्षको विशाल मैदान हो ,,
प्रेम कुनै खेलौना होइन, दुई आत्माको मिलन हो ।
भनी लेखिएको भ्यालेन्टाइन कार्ड दिएरै उनको जीवनमा प्रवेश गरेको थियो,त्यो धनी युवक । तर किन हो कुन्नी, धनका धनीले पनि उनलाई खेलौनाबाहेक केही बनाएन । घर–व्यवहारको हावाला दिादै ऊ पनि उनीबाट टाढियो । भनिन्छ–
‘गरिबलाई दिन्छु नभन्नु, प्रेममा धोका पाएकालाई लान्छु नभन्नू ।’
तर यसबीच खुद्रा पुरुष उनको जीवनमा थुप्रै आए, आशा देखाए । कतिपयले भ्यालेन्टाइन मनाए र स्वार्थ पूरा भएपछि अलपत्र छाडेर आफ्नो बाटो लागे । यही क्रममा देवलोकबाट मेनका परी अनि अप्सराको नृत्य हेर्न इन्द्र देखापरे उनको जीवनमा । लेनदेन कारोबारको बेहिसाब इन्द्रसाग सारिका रत्तिइन्, त्यसैले त भ्यालेन्टाइन चिठीमै उल्ल्ेख थियो– तिमी र मसागै जिस्किएर सुत्दा स्वर्गीय आनन्द भएको …. ।
यसै बीच इन्द्रबाट मेनका परीरुपी सारिका धेरैपल्ट चाखिइन्, मुुसारिइन् र निचोरिइन् अनि थिलथिलो शरीरलाई त्यसै छाडी इन्द्र स्वर्गतिर लागे ।
यहाा सूर्य किरण अस्ताउनु,
धनको पोको हराउनु अनि इन्द्र स्वर्गतिरै लाग्नु ठूलो कुरा भएन ।
स्वर्गकी परीले अप्सराको नृत्य देखाएपछि नहेर्ने, नृत्यमा सहभागी नहुने को हुन्छ र ?
यहाा सारिकाको सारै नबुझी भ्यालेन्टाइन मनाउने पुरुषप्रति क्षमाभाव दर्शाउनु अनौठो कुरा हुन पुग्यो । भनिन्छ –पुरुषद्वारा त्यागिएकी वा छुटिटएकी स्त्रीलाई पुन: पुन: अर्को पुरुष खेलाउनु, नयाा–नयाा एक्लो विवाहित वा अविवाहित पुरुषसाग भ्यालेन्टाइन मनाउादै हिाड्नुलाई सामान्य रुपमा लिइन्छ । उनी पनि त्यस्तै भइन् र उनका प्रत्येक भ्यालेन्टाइन कार्डमा त्यो सामान्य कुरा भयो । मैले त्यसलाई ठूलो मानेकी छैन भन्ने जवाफ फर्काएकी हुन्थिन् उनले । सम्भवत: प्रत्येक भ्यालेन्टाइनमा उनी आफूलाई पहिलो र अविवाहित भन्न खप्पिस भइसकेकी थिइन् भने पुरुषबाट प्राप्त आर्थिक, भौतिक उपहार थ्याङ्क्स भन्दै स्वीकार्ने मामलामा पनि । तर उनी भित्रैदेखि खुसी थिइनन् । ‘बाह्र घुस्सा त्रिपन्न ठक्कर’ भोगेकाले होला उनीभित्र प्रेमभाव,सहयोगी भावना हराउादै गएको थियो । बोलीमा कडापन,गुणको बदला नगदमा लेखिराख्ने बानी ।
जुन पुरुषले ग्रिन सिग्नल दिए पनि भ्यालेन्टाइन स्वीकार्ने संस्कारकै बीच हिलोमा कलमको फूल फुलेझैं उनका प्रत्येक अवगुणलाई थााती राखी नयाा जीवन शुरुआत गर्ने प्रस्तावसहित उदायो अर्को पुरुष । विनाआदर्शको भ्यालेन्टाइनले उनलाई दुई जीउकी बनाइसकेको थियो । आगामी दिन कसरी अगाडि बढाउने भन्ने बारे जब–जब चौथो पुरुष उनीसामु उभिन्थ्यो,व्यावहारिक कुरा गर्न उनी कहिल्यै तयार हुादैन थिईन् । उनीमा देखिएको अव्यावहारिक शैली, शारीरिक बनावट, बोलीचाली, हाासोठटटा आदिका बारे चौथो पुरुषले जब शंकास्पद अनुगमन थाल्यो । उनले विगतमा भ्यालेन्टाइन मनाएका सबै कुरा प्रमाणसहित खुलस्त हुन पुगिन् । प्रतिवादमा उनीभित्रको कोख खाली गर्न दवाव दिन थाल्यो चौठो पुरुषले । त्यो दिन उनी कोख भरिएकी आमाका रुपमा उभिएकी थिइन् र विगतमा मनाएका भ्यालेन्टाइनलाई बिर्सिएर कोख भरिएको नयाा युगलाई उनी यस धर्तीमा बिसाउन चाहेकी थिइन्, तर समाजले माग्ने नयाा युगको परिचय दिन नसक्ने भएपछि उनी बालकको पोस्टर, भ्यालेन्टाइन चिठीपत्र, राम्रा लुगाफाटा र दुई जीउकी आफूलाई विशाल नदीको गर्भमा सेलाउन पुगेकी थिइन् ।
















