ओली सामाजिक फासिष्ट बन्न नखोज !

208

हुकुमबहादुर सिंह
कम्युनिष्ट र वाम गठबन्धनको नाममा शासनसत्तामा पुगेका एमालेका प्रधानमन्त्री जो केही समयपछि एमाले र माकेको गठबन्धनमा सरकार बन्ने निश्चितप्राय: छ, उनी प्रधानमन्त्री भएको एक हप्ता पनि नबित्दै उनको भावी शासनसत्ता कस्तो हुनेछ भन्ने संकेत भर्खरै नेकपामाथिको ठाडो प्रहरी हस्तक्षेपबाट देखिएको छ । यही २०७४ फागुन ६ गते नेकपाको भातृसंगठन युवामोर्चाको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन कार्यक्रममाथि आफ्नो ठाडो निर्देशनमा ओलीले प्रहरी दमन गर्ने निर्देशन दिएर नेपाली जनतालाई उनको शासन कत्तिको फासिवादी हुनेछ भन्ने संकेत दिएका छन् । विराटनगरको प्रहरी प्रशासन स्वयम् भन्दै छ– प्रधानमन्त्रीको ठाडो निर्देशनमा यो भएको हो र उताकै निर्देशनमा छाड्ने वा मुद्दा चलाइने छ ।
गत फागुन १ गते २३औं जनयुद्ध दिवसमा सम्बोधनको क्रममा नेकपा(माओवादी केन्द्र)बाट विद्रोह गरेका लोकेन्द्र विष्ट, गोपाल किरााती र आहुतीले जोड दिादै भनेका थिए– अबको नेपाली क्रान्तिमा आम देशभक्त तथा जनतन्त्रवादी शक्तिहरू पनि गोलबन्द हुनु हुनेछ किनभने ओली नेतृत्वको ‘वाम गठबन्धन’ले देशलाई अझ बढ्ता विदेशी दलालहरूको इशारामा सञ्चालित गर्ने स्पष्ट देखिादै छ । नेकपा, जो भारतीय विस्तारवाद तथा विश्व साम्राज्यवादका विरुद्ध क्रान्तिको झण्डा उठाउने उद्देश्य राख्दछ, त्यसमाथि दमन भनेको आखिरमा माथि भनेझैं नेकपा एमाले र माके दुवै दिल्लीको आशीर्वाद र यसको हैकमलाई तोड्न सक्ने छैनन् भन्ने स्पष्ट भएको छ । किनभने ओलीको यो दमनलाई माकेले मौन स्वीकृत दिएको छ, विरोधको एक शब्द पनि खर्च गर्न आवश्यक ठानेन ।

 
यो दमनबाट ओली नेतृत्वको सरकार सही मानेमा कम्युनिष्ट वा वाम होइन, यो त कम्युनिष्ट वा वामको नाममा घोर दक्षिणपन्थी सरकार बन्ने स्पष्ट संकेत देखिएको छ । ओलीको सन्की स्वभावका कारण उनको शासनको एक हप्तामै नेपाली जनताले नेपाल बन्द जस्तो अप्रिय कार्यक्रमको सामना गर्न बाध्य हुनु परेको छ । शान्ति, स्थायित्व, उन्नति र प्रगति भन्ने लोकप्रिय नारा बेचेर नेपाली जनताको मत ल्याउन सफल ओली अहिले उनको शासनको सुरुवातमै अशान्ति, अस्थिरता, भ्रष्टाचार र कुशासनको संकेत आएको छ । देशभक्ति र राष्ट्रवादको मुखुण्डोमा जनमत पाएका ओलीले प्रधानमन्त्री हुनुभन्दा अगाडि नै भारतीय विदेशमन्त्री सुष्मा स्वराज र रअका एजेण्टसित गोप्य सम्झौता गरेको कुरा आम जनतालाई अवगत भएको छ । कम्युनिष्टको झण्डामुनि वाम गठबन्धनबाहेक बााकी सबै कम्युनिस्ट क्रान्तिकारीहरूलाई सखाप पार्ने ओली—प्रचण्ड रणनीतिका योजनाकार भारतीय दलाल नोकरशाहहरूको योजनामुताविक काम गर्ने सुरुवातको संकेत नेकपामाथिको यो दमन हो भन्दा कुनै अत्युक्ति हुने छैन । यदि ओली इमानदार भएको भए र नेपाली जनताप्रति जिम्मेवार भएको भए त मोदी र उनका दूतसित के गोप्यवार्ता भएको थियो, जनतालाई नढााटी सत्यतथ्य बाहिर ल्याउने साहस गर्नु पर्दथ्यो ।

 
ओलीको शासन कसरी फासिवादी बन्दै छ र त्यसलाई किन फासिवादी भन्ने त ? त्यसका लागि उनले अहिले सिरान हालेको नेपालको संविधान २०७२ नै काफी छ । जसमा शान्तिपूर्ण राजनीतिक कार्यक्रम गर्न पाउने, देशभर आवतजावत गर्न पाउने र व्यक्तिगत स्वतन्त्रताको मौलिक हकलगायत संवैधानिक कानुनी एवम् आधारभूत मानवअधिकार माथि उनले ठाडो हस्तक्षेप गरेका छन् र त्यसको बर्खिलाप गर्दै उनले नेकपाको भातृसंगठनको सम्मेलनमाथि हस्तक्षेप गरेर उक्त सम्मेलनमात्रै हुन दिएनन्, उक्त सम्मेलनमा सम्बोधन गर्न आएका नेताहरू तथा सहभागी कार्यकर्ताहरूलाई गिरफ्तार समेत गर्ने आदेश दिएका छन् । के यो आफैमा एउटा सामाजिक फासिवादतर्फको संकेत होइन ?
आशा गरौं ओली—प्रचण्डको सरकारले ज्ञानेन्द्रको सामन्ती लोकतन्त्रविरोधी मार्ग र नेपाली कांग्रेसको जस्तो भारतीय दलाली मार्ग अवलम्बन गर्ने छैन र उनीहरू र उनीहरूले पालन गर्ने भनेको लोकतन्त्रको मूल्यमान्यताभित्र रहेर विरोधी राजनीतिक दलहरूलाई निषेध गर्ने दुस्साहस गर्ने छैनन् । देशभक्त र जनतन्त्रवादी राजनीतिक दलहरूको नेपालजस्तो देशमा दीर्घकालका लागि समेत कत्तिको आवश्यकता र महत्व रहन्छ उनीहरूले राम्ररी आत्मसात् गर्नेछन् र आफूलाई विदेशी दलाल हुनबाट बचाउने छन् । हुन त उनीहरूबाट यी चीजको आशा गर्नु बालुवाबाट तोरीको तेलको आशा गरेजस्तै हो । तैपनि क्रान्तिकारी कम्युनिष्ट भएको हिंग नभए पनि हिंग बाधेको टालो भएको दाबी गर्न अझै उनीहरूले छाडेका छैनन् ।  singhhukum683@gmail.com

(- जनधारणा साप्ताहिक)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here