काठमाडौं / नेपाली सेनाको पूर्वी पृतनामा कार्यरत दुई सैनिकको रहस्यमय मृत्यु भएको भनी पत्रपत्रिकामा आएका समाचारहरूबारे नेपाली सेनाले मुख खोलेको छ । सेनाले दुई सैनिकलाई पृतनाभित्रै कुटपिट गरी मारेको भन्ने समेतका टिप्पणी आइरहेका बेला नेपाली सेनाको मुख्यालयले स्पष्टीकरणसहित घटनाको यथार्थ विवरण सार्वजनिक गरेको छ ।
सेनाले सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा पुर्वी पृतनाअन्तर्गत ईटहरीस्थित श्री सवुज गणमा कार्यरत बर्दिया जिल्ला, नेउलापुर निवासी अम. भरत वि.क. र सल्यान जिल्ला, दमाचौर निवासी प्युठ दोलख चन्द यही चैत १२ गते करिब राती ९ बजे उक्त पृतना हे.क्वा. हाता भित्र रहेको स्विमिङ पुलको उत्तर पूर्वमा रहेको माछा पोखरीमा अचेत अवस्थामा फेला परेको जनाइएको छ । निजहरूलाई उपचारको लागि तत्कालै उक्त पृतना हाताभित्र रहेको फिल्ड अस्पतालमा पु¥याइएकोमा थप उपचारको लागि धरानस्थित बी.पी. कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पु¥याइएको सेनाले जनाएको छ ।
निजहरूको थप उपचारको क्रममा सोही दिन राती ११ मृत्यु भएको भनी उक्त प्रतिष्ठानबाट जानकारी प्राप्त भएको पनि सेनाले जनाएको छ ।
(- जनधारणा साप्ताहिक)

















