सर्वाेच्चमा अर्बपतिको चलखेल

159

काठमाडौं / नेपालका एक मात्र अर्बपति भनेर अमेरिकी पत्रिकाले लेख्दै आएका विनोद चौधरी आपूmविरुद्धको बीमा ठगी मुद्दालाई प्रभावित तुल्याउन चलखेल सुरु गरेको जानकारी जनधारणालाई प्राप्त भएको छ । चौधरीको कम्पनी सीजी इलेक्ट्रोनिक्समा आगलागी भएको घटनामा चौधरीका तर्पmबाट दावी गरिएको बीमा रकममा चौधरीकै समेत स्वामित्व रहेको युनाइटेड इन्स्योरेन्स कम्पनीले भुक्तानी गरेको बीमा रकममध्ये उच्च अदालत पाटनले ३४ करोड रूपैयाँ बढी दावी भएको भनी चौधरीबाट ठगी भएको ठहर गरेको थियो । सो फैसलाविरुद्ध युनाइटेड इन्स्योरेन्स कम्पनी आपूmले सीजी इलेक्ट्रोनिक्सलाई गरेको भुक्तानी बढी नभएको भन्ने जिकिरसहित सर्वाेच्च अदालतमा पुगेको थियो । सोही मुद्दालाई आफ्नो पक्षमा पार्न अर्बपति विनोद चौधरीले एकजना कानुन व्यवसायी विचौलियामार्फत् चलखेल सुरु गरेको जानकारी प्राप्त भएको छ ।

(- जनधारणा साप्ताहिक)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here