पूर्वमाओवादीबाट एक्लिंदै प्रचण्ड

164

काठमाडौं / नेपाल कम्युनिष्ट पार्टीको जनवर्गीय संगठन अखिल (क्रान्तिकारी) रूपन्देहीले ध्रुवीकरण तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेको छ । रूपन्देहीको भैरहवामा विभिन्न संगठन परित्याग गरी केन्द्रीय सदस्य लगायत १३ जना विप्लव नेतृत्वको नेकपा निकट अखिल (क्रान्तिकारी)मा प्रवेश गरेका छन् ।

 

प्रवेश गर्नेहरूमा तत्कालीन प्रचण्ड नेतृत्वको (माओवादी केन्द्र) निकट विद्यार्थी केन्द्रीय सदस्य हबिब खान, फोरम विद्यार्थीका केन्द्रीय सदस्य देवराज लोध, फोरमकै विद्यार्थी उपाध्यक्ष मनोहर चौधरी, फोरमकै विद्यार्थीका सचिव अंकित चौधरी, माओवोदी केन्द्रका जिल्ला सदस्य खुर्सिद आलम, माओवादी केन्द्रका महेन्द्र माझी, जङ्गबहादुर हरिजन, निरमाया रागा, उदय गौतम, अनिल हरिजन, रमेश हरिजन, प्रेंका यादव र राजेन्द्र यादव रहेका छन् ।

 

नेकपा रूपन्देही इन्चार्ज शरद ओलीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा अतिथि २ नं. क्षेत्रीय इन्चार्ज विनोद खनाल, अनेमसंघ अध्यक्ष रेखा खनालको आतिथ्यतामा भएको कार्यक्रमको सञ्चालन तथा अध्यक्षता रमेश गैरे, स्वागत मन्तव्य जिल्ला उपाध्यक्ष गोपाल रोकाले गरेका थिए भने ध्रुवीकरणबाट आएका जङ्गबहादुर हरिजनले मन्तव्य राखेका थिए ।
यसैबीच देशव्यापी रूपमा भइरहेको विप्लव नेकपाको विस्तार अभियानबाट सरकार आतंकित बनेको पाइएको छ । सरकारले बिना कारण विप्लव नेकपाका कार्यकर्ताहरूलाई गिरफ्तार गर्ने र बेपत्ता पार्ने काम गरिरहेको छ । विप्लव नेकपामा खासगरी प्रचण्ड निकट रहेर काम गरेका नेता, कार्यकर्ताहरू प्रवेश गर्ने लहर चलेको छ । यो स्थितिले प्रचण्डलाई पूर्व माओवादीहरूले एक्लो बनाइरहेको अवस्था संकेत गरिरहेको छ ।

 

प्रवेश लहरलाई रोक्न ओली नेतृत्वको सरकारले गरिरहेको धरपकड अन्तर्गत विप्लव निकट अखिल क्रान्तिकारीका सहसंयोजक रमेश साउद गिरफ्तार धनगढीमा गत मंगलबार गिरफ्तार गरिएको जनाइएको छ ।
साउद २०औं जिल्ला सम्मेलनको तयारीमा जुटिरहेको बेला सरकारले असार २५ गते साँझ धनगढी बजारमा हिँडिरहेको अवस्थामा पक्राउ गरेको जनाइएको छ ।

(- जनधारणा साप्ताहिक)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here