२१औं शताब्दीमा पनि भूतसँग विवाहको चलन

226

परम्पराको नाममा अहिले पनि दुनियाँमा अनेकथरि कार्य हुन्छन् । त्यसमध्ये चीनको घोस्ट म्यारिज अर्थात् भूत विवाह पनि एक हो । चीनका केही ग्रामीण भागमा अहिलेपनि ३ हजार वर्ष पूरानो यो परम्परा चल्दै आएको छ । भूत विवाह सुन्दैमा अनौठो लाग्दछ । अझ यो विवाहका पछाडिको कारण चाहिँ झनै डरलाग्दो छ ।

चीनको साङ्सी प्रान्तमा भूत विवाहको चलन रहेको छ । यो परम्पराअनुसार यदि कुनै परिवारमा अविवाहित पुरुषको मृत्यु भएमा त्यसलाई अशुभ मानिन्छ र त्यस्तो मरणलाई श्राप ठानिन्छ । मृत्यु भएको अविवाहित पुरुषलाई एक्लै अन्त्येष्टि गरिँदैन । मृतक पुरुषका लागि ऊ जस्तै अविवाहित कुनै मृतक महिलाको खोजी गरिन्छ । जब अविवाहित मृतक महिलाको लास फेला पर्दछ, तब ती शवहरुबीच बिहे गराइन्छ र दुवै शवलाई सँगै गाडिन्छ । यो परम्परालाई भूत विवाहको नामले चिनिन्छ ।

यो परम्पराका पछाडि मृतक अविवाहित पुरुषको आत्माले शान्ति पाओस् र उसलाई एक्लोपन महसूस नहोस् भन्ने कामना गरिएको हुन्छ । यद्यपि अहिलेको समयमा अविवाहित मृतकको बिहेका लागि अविवाहित मृतक महिलाको शव फेला पार्न निकै कठिनाइ पर्ने गरेको छ । त्यसैले अवैध रुपमा महिलाका लास खरीदविक्री गर्ने धन्दा पनि निकै मौलाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here